तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको पोखरामा स्वागत


तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको पोखरामा स्वागत, तमु समाज युकेद्धारा ल्होछार सडक दौड अक्षयकोष स्थापना। हुम तमु – पोखरा,

२४ मंसिर तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र उहाँको धर्मपत्नी जयन्ती गुरुङलाई पोखरामा तमु धिं नेपाल र तमु प्ये ल्हुले स्वागत गरेको छ । तमु धिं नेपालले सोमवार र तमु प्ये ल्हु संघले आइतवार स्वागत गरेको हो । स्वागतसँगै तमु समाज युकेले तमुहरुको नयाँबर्ष, महान चार्ड ल्होछारको अवसरमा पोखरामा तमु धिं नेपालले आयोजना गर्दै आएको सडक दौड प्रतियोगितालाई प्रभावकारी बनाउन १ लाख ५० हजार रुपैयाको ल्होछार सडक दौड अक्षयकोष स्थापना गरेको छ । अक्षयकोष स्थापनाका लागि तमु समाज युकेका वर्तमान अध्यक्ष शिवशरण गुरुङ लगायतले भुमिका खेल्नु भएको थियो । युकेबाट पोखरा आउनुभएका तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र जयन्ती गुरुङको स्वागतमा सोमवार तमु धिं नेपालले आयोजना गरेको कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले ल्होछार सडक दौड अक्षयकोष स्थापनाका लागि उक्त रकम तमु धिं नेपालका अध्यक्ष कर्म तमुलाई हस्तान्तरण गर्नुभएको हो । उक्त अक्षयकोषको वार्षिक व्याजबाट ल्होछारको अवसरमा तमु धिं नेपालले आयोजना गर्ने तमु समाज युके ल्होछार सडक दौड प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिने भएको छ । युकेबाट पोखरा आउनु भएका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र उहाँको धर्म पत्नीलाई तमु धिं नेपालका अध्यक्ष कर्म तमुले भांग्रा, घलेक र खादाले स्वागत गर्नुहुदै आजीवन सदस्यता प्रदान गर्नुभयो । कार्यक्रममा स्वागत पछि बोल्नुहुदै तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले विदेशमा रहेपनि स्वदेश, आफ्नो जातिय मौलिकताको मायाले नै तमु जातिको महान चाडमा तमु धिं नेपालले युवा वर्गलाई लक्षित गरेको ल्होछार सडक दौड प्रतियोगिताका लागि साथ दिएको बताउनुभयो । तमु धिं नेपालका संरक्षक मेजर लक्ष्मीप्रसाद गुरुङले तमु र लाहुरे शब्दले आफुलाई मन छुने भएकाले आफु समर्पित भएको बताउनुहुदै पोखरेली तमु र युकेका तमुहरुको विचमा समन्वयको भुमिका निरन्तर गरिरहने बताउनुभयो । यसैविच तमु धिं नेपालले हालै स्थापना गरेको आकस्मिक स्वास्थ्य राहतकोषमा तमु धिं नेपालका संरक्षक सदस्य मेजर लक्ष्मीप्रसाद गुरुङ÷श्रीमती हुमकुमारी गुरुङले १ लाख १ हजार १११ रुपैया हस्तान्तरण गर्नुभएको भने तमुधिं नेपालका अध्यक्ष कर्म तमुले १ लाख १ हजार १११ रुपैया र आमा पुर्णकुमारी गुरुङ र छोरी तमु धिं नेपालका सहकोषाध्यक्ष सरस्वती गुरुङले १ लाख १ हजार १११ रुपैया राहतकोषमा प्रदान गर्ने घोषणा गर्नुभयो । यसैविच सामुहिक त ल्होछारका कार्यक्रम अन्र्तगत पौष १५ गते विहान पोखरामा आयोजना गरिने ल्होछार शुभकमना मोटर साइकल र्याली भव्यताका साथ सम्पन्न गर्नका लागि नागबेली तमु समाजका अध्यक्ष कर्णेल उदिम गुरुङको संयोजकत्वमा बरालडाडा तमु समाजका अध्यक्ष सुवेदार टंकबहादुर गुरुङ, सिमपानी तमु समाजका अध्यक्ष नायव सुवेदार गंगाबहादुर गुरुङ, फिर्के तमु समाजका अध्यक्ष क्याप्टेन डम्बरबहादुर गुरुङ, नादा तमु समाजका अध्यक्ष गमबहादुर गुरुङ, सोंपाल तमु समाजका अध्यक्ष क्याप्टेन धनबहादुर गुरुङ, ब्रेजमेश्रों घान्द्रुक तमु समाजका अध्यक्ष सुवेदार नरबहादुर गुरुङ र भिमकालीपाटन तमु समाजका उपाध्यक्ष दलबहादुर गुरुङ सदस्य रहेको मोटर साइकल र्याली व्यवस्थापन उपसमिति गठन गरेको छ भने पौष १६ गते आयोजना गरिने मौलिक पोशाक, बाजागाजासहित पोखरामा आयोजना गरिने ल्होछार शुभकामना र्यालीलाई भव्य र व्यवस्थित गर्न सोंपाल तमु समाज पोखराका अध्यक्ष क्याप्टेन धनबहादुर गुरुङ, तमु सहयोग समिति पार्दीका अध्यक्ष क्याप्टेन चेतबहादुर गुरुङ, बाँझापाटन तमु समाजका अध्यक्ष सुवेदार मेजर चेतबहादुर गुरुङ, नादा तमु समाजका अध्यक्ष गमबहादुर गुरुङ, सिमपानी तमु समाजका अध्यक्ष नासु गंगाबहादुर गुरुङ, दीप तमु समाजका अध्यक्ष सुवेदार मोतीप्रसाद गुरुङ र वगर तमु समाजका उपाध्यक्ष अमबहादुर गुरुङ रहेको उपसमिति गठन गरेकोछ । तमु धिं नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा सम्पन्न तमु धिंको बैठकले तमु धिं नेपालले ल्होछारको अवसरमा वितरण गर्ने आकृति छात्रवृत्ति वितरणका लागि खिलाङ तमु समाजका अध्यक्ष क्याप्टेन गणेशबहादुर गुरुङ, तमु धिं नेपालका अध्यक्ष कर्म तमु, महासचिव रुद्रकुमारी(मैना)गुरुङ रहेको छनौट समिति, स्वर्गीय कवि हर्कबहादुर तमु स्मृति पुरस्कार समितिमा तमु धिं नेपालका अध्यक्ष कर्म तमु, महासचिव रुद्रकुमारी(मैना) गुरुङ, सल्लाहकार सन्तबहादुर गुरुङ, अर्जुन गुरुङ र हिरा गुरुङ, डा.हर्क चन्द्र सन्त छात्रवृत्ति समितिमा संयोजक तमु धिं नेपालका सल्लाहकार डा.दीर्घमान गुरुङ, सिद्धार्थ तमु समाजका अध्यक्ष श्रीमान गुरुङ र तमु धिं नेपालका कार्यसमिति सदस्य राजेन्द्र गुरुङ, कर्णेल तीर्थकुमारी समाज सेवा पुरस्कार समितिमा तमु धिं नेपालका अध्यक्ष कर्म तमु, महासचिव रुद्रकुमारी(मैना) गुरुङ र सल्लाहकार सन्तबहादुर गुरुङ, तमु धिं एसएलसी उत्कृष्ठ छात्रवृत्ति समितिमा संयोजक ले.थमबहादुर गुरुङ, तमु धिं नेपालका सहकोषाध्यक्ष सरस्वती गुरुङ र कार्यसमिति सदस्य हुमबहादुर गुरुङ, भिमबहादुर तमु ठेलो प्रतियोगिता समितिको संयोजकमा तमु सहयोग समिति पार्दीका अध्यक्ष क्याप्टेन चेतबहादुर गुरुङ, अधयकोषदाता तमु धिं नेपालका निवर्तमान महासचिव देवीराज तमु, बगालेटोल तमु समाजका अध्यक्ष सुमे सुकबहादुर गुरुङ, सोंपाल तमु समाजका अध्यक्ष क्या.धनबहादुर गुरुङ, दीप तमु समाजका अध्यक्ष सु.मोतीप्रसाद गुरुङ चयन हुनुभएको छ । यसैगरी तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलाई एक कार्यक्रम आयोजना गरी तमु प्ये ल्हु संघ केन्द्रीय समिति र जिल्ला समिति कास्कीले स्वागत गरेको छ । स्वागत कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले तमु संघ संस्थाहरुको एकता, वर्तमानको आवाश्यकता हो भन्नुहुदै कर्मभुमिबाट जन्मभुमिमा फर्कदा आफुले पाएको स्वागत कहिल्यै नभुल्ने बताउनुभयो । तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष क्याप्टेन रुपबहादुर गरब्जा तमुको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष ले. इन्द्रबहादुर केप्छै तमुले तमु प्ये ल्हु संघका गतिविधीका बारेमा जानकारी गराउनुभएको थियो भने जिल्ला अध्यक्ष इन्द्रबहादुर च्हम्रु तमुले स्वागत र सञ्चालन केन्द्रीय महासचिव तेजबहादुर च्हाक्ली तमुले गर्नुभएको थियो । कार्यक्रममा तमु प्ये ल्हु संघका अध्यक्ष क्याप्टेन रुपबहादुर गरब्जा र आमा समितिका अध्यक्ष पुष्पा तेल्मै तमुले तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर तमु र उहाँका धर्म पत्नी जयन्ती तमु, कास्की आवाज राष्ट्रिय दैनिकका अध्यक्ष सरस्वती गुरुङलाई भांग्रा, घलेक र खादाले स्वागत गर्नुभएको थियो ।

There is no more story.
Next तमु समाज युकेले देउसी भैलो खेलि धुमधाम संग तिहार २०१३ मनाए।

No Comment

Leave a reply

Your email address will not be published.