एक लाख नौ रुपैया राहत वितरण


हुम तमु पोखरा १० भदौ,

गत बैशाख २३ गते खारपानीमा गएको सेतीवाढीबाट पिडित तमुहरुलाई तमु धिं युके लण्डन इकाईले आज सार्दीखोला वडा नं. ९ चौरा स्थित सयपत्री युवा क्लवको प्रांगणमा एक कार्यक्रम आयोजना गरी एक लाख नौ रुपैया राहत वितरण गरेको छ ।

लण्डन इकाईबाट पठाइएको राहत रकम तमु धि युकेका नेपाल प्रतिनिधी मेजर लक्ष्मी प्रसाद तमु हुमकुमारी तमु वरिष्ठ फोटो पत्रकार सुदर्शन रिाजत अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु पत्रकार नविन सिग्देल र एकराज गिरीले १३ बाढी पिडित परिवारलाई जनही ७ हजार ६ सय ९३ रुपैया हस्तान्तरण गर्नुभएको हो ।

बाढीबाट ज्यान गुमाएका बलबहादुर तमु बुद्धिश्री तमु लक्ष्मी तमु खम्बासिंह तमु भैकुमारी तमु पुर्णशोभा तमु रश्मी तमु सरिन तमु र इन्द्रबहादुर तमुका परिवार र पसल पुर्णरुपले बगाएका व्यवसायीहरु गोलमान तमु सन्तोष तमु हितकाजी तमु र तोरण तमुलाई उक्त राहत रकम प्रदान गरिएको हो ।

राहत रकम ग्रहण गर्दै पिडित हितकाजी तमुले तमु िधं लण्डनबाट प्राप्त राहतले आउदो दिनमा केही साहस गरेको मिलेको बताउनुभयो ।

राहत प्रदान गर्दै गोर्खा कम्युनिटी पोखराका अध्यक्ष तथा तमु धिं युकेका नेपाल प्रतिनिधी मेजर लक्ष्मी प्रसाद तमुले तमु धिं युके अन्तरगतको लण्डन इकाईका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर तमुको विशेष पहलमा पठाइएको राहत रकम बाढी पिडित तमुहरुलाई उक्त क्षेत्रमा नै पुगी वितरण गर्न आग्रह गरे अनुरुप सयपत्री क्लवको सहयोगमा राहत वितरण गरेको र राहतले थोरै भए पनि पिडामा साथ दिएको बताउनुभयो । राहत रकम ग्रहण गर्दै पिडित हितकाजी तमुले तमु धिं लण्डनबाट प्राप्त राहतले आउदो दिनमा केही साहस मिलेको बताउनुभयो ।

सयपत्री युवा क्लवका वरिष्ठ सल्लाहकार हुकुमसिंह तमुले देश विदेशमा रहेका महानुभावले सेती बाढी पिडितलाई पिडामा साथ दिएकोमा धन्यवाद व्यक्त गर्नुहुदै क्लवकै तर्फबाट पिडितलाई तेह्र लाख रुपैया राहत प्रदान गरेको बताउनुभयो । कार्यक्रममा अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु र संचारकर्मी सरस्वती तमुले पनि बोल्नुभएको थियो ।

Previous हङकङ सरकारद्वारा नेपाली महिलालाई अवार्ड
Next तमु समाज युके द्वारा तमु समन्वय समिति यूरोपका संयोजक बिकास गुरुङको सम्मानमा आयोजित स्वागत तथा अन्तरकृय कार्यक्रम सम्पन्न।

No Comment

Leave a reply

Your email address will not be published.