तमु समाज युकेको देउसी भैलो २०१८ कार्यक्रम भब्यताकासाथ सम्पन्न।


तमु समाज युकेको देउसी भैलो २०१८ कार्यक्रम भब्यताकासाथ सम्पन्न।

शिवशरण गुरुङ – लण्डन।

तमु समाज युकेले बिगतका बर्षहरुझै यस बर्षपनि नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको पावन अवसरमा गत ८ नेभेम्बर २०१८ (गोवर्धन पुजा)को दिन आफ्नै कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा भब्य संग देउसी भैलो कार्यक्रम आयोजना गरेको।

Deusi Bhailo 2018 -7

प्रवासमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नयाँ पुस्ताहरुमा स्वर्णिम संस्कृतिको सकरात्मक सन्देश प्रबहा गर्न, समाजका सदस्यहरु तथा शुभचिन्तक मित्रगणहरु बिच पारस्परिक सम्बन्धलाई सबल, प्रगाढ र सुमधुर बनाउनुको साथसाथै तमु समाज युकेको बहुउद्धेशिय समाजिक भवन खरिद परियोजनका निम्ति आर्थिक सहयोग संकालन गर्ने उदेस्य लिई आयोजना गरेको देउसी भैलो कार्यक्रममा सबैले मन खोलेर सहाभगिता जनाउदै दान दिएका थिए।

समय अभावका कारण भैलरिहरु सबैको घर घर जान सम्भव नभएपनि फुर्सद भएका सबै सदस्य र शुभचिन्तकहरु सामुहिकरुपमा आफ्नै कम्युनिटि सेन्टरमा भेला भएर धैरैले दान सहयोग प्रदान गरेका थिए। बिबिद कारणहरुबाट कार्यक्रममा सहभागि बन्न नसकेका कतिपय सदस्य तथा शुभचिन्तकहरुले उदार भाव बाट अनलाइन बैंकिङबाट पनि दान रकम दिएर सहयोग गरेका थिए। दान दिने सदस्य तथा शुभचिन्तकहरुलाई तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गुरुङ र आमा समुहका अध्यक्ष बिन्दु घलेले हार्दिक धन्यबाद सहित तिहारको शुभकामना कार्ड प्रदान गर्नुभएको थियो।

Deusi Bhailo 2018 -3

आफ्नो समाजको पबित्र उदेस्यका निम्ति सकेको सहयोग गरौं भन्ने भावना बाट उत्प्रेरित सबैको स्वस्फूर्त सहभागिता, सहयोग र योगदानले नै बिगतका बर्षहरुझै यस पटक पनि उल्लेख्य दान रकम संकलन गर्न सफल भएको छ। यसले समाजका सदस्यहरु र शुभचिन्तकहरु बिचको पारसपरिक समजदारि, लगनसिलता र दरिलो एकता प्रतिबिम्बित गरेको छ।

तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गुरुङको अध्यक्षतामा महा सचिब हर्क बहादुर गुरुङले संचालन गरेको देउसि भैलो २०१८ कार्यक्रममा मुलता फर्सद भएका सदस्यहरु र आमा समूहका आमाहरु, जेष्ठ नागरिकहरु तथा दिदिबहिनीहरु जातिय पहिरनमा सजिएर सकृय सहभागिता जनाएका थिए।

समाजका अध्यक्ष शिव चन्द्र गुरुङ, आमा समुहका अध्यक्ष बिन्दु घले र जेष्ठ नागरिक श्रद्धेय टुल्कि गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरि आरम्भ गरेको कार्यक्रममा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्ब अध्यक्ष शिवशरण गुरुङ र निबर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङको बिषेस उपस्थिति रहेको थियो।

Deusi Bhailo 2018 -5

 

उक्त कार्यक्रममा नेपाल देखि बेलायत भ्रमणमा अउनुभएका लोकप्रिया गायिका कला लम्साललाई स्वागत तथा सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो। सम्मान कार्यक्रम पछि गयिका कला लम्सालले बिबिद गितहरु प्रस्तुत गरेर देउसि भैलो कार्यक्रममा उपस्थित सबैलाई भरपुर मनोरंजन गराएका थिए।

Deusi Bhailo 2018 -6

 

दिउसो ४ बजे आरम्भ गरि बेलुका ११ बजे अन्त भएको देउसि भैलो कार्यक्रममा आमा समुहको संयोजनमा स्वस्फुर्तरुपले बिभिन्न सदस्यहरुबाट प्रायोजन गरिएका थुप्रै परिकारहरुको स्वदिस्ट खाना र पेया पदार्थ उपस्थित सबैलाई निशुल्क उपलब्ध गराएका थिए।

Deusi Bhailo 2018 -8

Previous लण्डनमा भब्य हरितालिका तीज २०१८ कार्यक्रम सम्पन्न।
Next The British Gurkha armed forces’ veteran members of Tamu Samaj UK took part in the London Borough of Brent Civic remembrance service on 11 Nov 2018.