तमु समाज युकेको पाँचौ महाधिवेशन २०१८ सम्पन्न, पाँचौ कार्यसमितिको अध्यक्षमा शिव चन्द्र गुरुङ निर्बाचित।


 

तमु समाज युकेको पाँचौ महाधिवेशन २०१८ सम्पन्न, पाँचौ कार्यसमितिको अध्यक्षमा शिव चन्द्र गुरुङ निर्बाचित।

शिवशरण गुरुङ – लण्डन

तमु समाज युकेको ११औं बार्षिक साधारण सभा तथा पाँचौं महाधिवेशन २०१८ आईतबार ६ मई २०१८का दिन तमु समाज युके नेपालीज कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा सम्पन्न भएको छ। तमु समाज युकेका अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षतामा बसेको उक्त बार्षिक साधारण सभा तथा पाँचौं महाधिवेशन २०१८, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पुर्ब अध्यक्ष शिवशरण गुरुङ, अध्यक्ष अर्जुन कुमार गुरुङ, उपाध्यक्ष त्रेय ले.री. मिम बहादुर गरुङ, शिव चन्द्र गुरुङ र बिजु गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरि शुभारम्भ गरिएको थियो।

annual meeting 2018

दुई चरणमा बिभाजित गरिएको कार्यक्रममा, पहिलो चरणको बार्षिक साधारणसभामा महासचिब ज्ञान बहादुर गुरुङले संस्थाको बार्षिक प्रतिबेदन तथा प्रगति बिबरण र कोषाध्यक्ष उदय गुरुङले आर्थिक प्रतिबेदन निर्णयार्थ प्रस्तुत गरेर सर्ब सम्मति बाट अनुमोदन गरेका थिए।यसैगरि साधारणसभामा बिधान शंसोधन र आगामि बर्षको कार्यक्रमहरुको बारेमा पनि छलफलगरि निर्णय गरिएको थियो। उपाध्यक्ष बिजु गुरुङले स्वागत मन्तब्य राखेको सभामा संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ र संस्थापक महासचिब तथा सल्लाहकार लेक्चरर लामा प्रेम गुरुङले शुभाकामना मन्तब्य राखेका थिए। लेरक्चरर लामा प्रेम गुरुङले तमु समाज युकेको कृयकलापहरुको बरेमा सकरात्मक टिका टिप्पणि सहित केहि सुझावहरु राख्दै तमु जातिको जन्म मत्यु संस्कार र त्यसमा गरिने धार्मिक कर्म काण्ड बारे प्रकाश पार्नु भएको थियो। हेल्थ एण्ड सेफ्टिको बारेमा उपाध्यक्ष शिब चन्द्र गुरुङले जानकारि गराएर महासचिब ज्ञान बहादुर गुरुङले संचालन गरेको पहिले चरणको कार्यक्रममै आमा समुहका अध्यक्ष माया गुरुङले आमा समुहको बार्षिक प्रतिबेदन, सल्लाहकार बाबुराम गुरुङले तमु समाज युके नेपालीज कम्युनिटि सेन्टरको प्रगति बिबरण र सल्लाहकार ईमान घलेले २५६२औ बुद्ध जयन्ति पुजा कार्यक्रमको बिबरण प्रस्तुत गरेका थिए।

सौहाद्रपुर्ण बातावरणमा संचालन भएको साधारण सभामा सदस्यहरुको बोल्ने क्रममा सबैले समाजको सर्बोपरि हित र भाबि कर्यक्रमहरुका निम्ति सकारत्मक सुझावहरु दिदै हाल सम्म भैरहेका कामहरुमा खुसि प्रकट गर्दै चौथो कार्यसमितिका सम्पुर्ण पदाधिकारिहरुलाई हार्दिक धन्यबाद ब्यक्त गरेका थिए।पहिलो चरण कार्यक्रमको अन्तमा सदसस्यहरुको बोल्ने समयमा उठेका केहि बिषयहरुको बुदागत छलफल र निर्णय गरिसकेपछि अध्यक्ष अर्जुन कुमार गुरुङले धन्यबाद मन्तब्य राखेर चौथो कार्यसमितिको पदावदि समाप्त भएको घोषण गरेका थिए।
बार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको दोस्रो चरणमा तमु समाज युकेको पाँचौं कार्य समिति निर्बाचन कार्यक्रम रहेको थियो। तमु समाज युके निर्बाचन समितिका २०१८का अध्यक्ष तथा पुर्ब अध्यक्ष शिवशरण गुरुङको अध्यक्षतामा निर्बाचन समितिका सचिब तथा सल्लाहकार ले. री. थम प्रसाद गरुङले संचालन गरेको दोस्रो चरणको कार्यक्रममा तमु समाज युके पाँचौं कार्य समिति निर्बाचन समिति २०१८बाट प्रकाशित कार्यतालिका अनुरुप सम्पुर्ण निर्बाचन प्रकृय पुरागरि सर्ब सम्मति बाट निर्बाचित गरिएको पाँचौं कार्य समिति गठनको परिणाम घोषणा गरेको थियो।नव गठित तमु समाज युके पाँचौ कार्य समितिको बिभिन्न पदहरुमा निम्म उल्लेख गरे अनुसार निर्बाचित भएका छन्।

(१) अध्यक्ष: श्री शिव चन्द्र गुरुङ
(२) उपाध्यक्ष द्वय:
(क) श्री शिव कुमार गुरुङ
(ख) श्री कन्य प्रसाद गुरुङ
(३) महासचिब: हर्क बहादुर गुरुङ
(४) सचिब: श्री ओमकार गुरुङ
(५) कोषाध्यक्ष: श्री यम बहादुर गुरुङ
(६) सह कोषाध्यक्ष: श्री पुर्ण गुरुङ
(७) संयोजक: श्री कमल बहादुर गुरुङ
(८) खेलकुद सचिब/खाध्य संयोजक: श्री हरि मान गुरुङ
(९) सुरक्षा अधिकारि: श्री बुद्धि गुरुङ
(१०) ह्यमसायर प्रतिनिधि: श्री हितमान गुरुङ
(११) रिडिङ प्रतिनिधि: श्री शुक बहादुर गुरुङ
(१०) पब्लिक फन्ड कोओर्डिनेटर द्वय:
(क) श्री क्याप्टेन तेसर जङ गुरुङ
(ख) श्री रुबिन गुरुङ

कार्य समितिका सदस्यहरु (Committee Members)को लागी तल उल्लेख गरे अनुसार एघारा जना निर्वाचन गरिएका छन्।

(१) कार्य समिति सदस्य: श्री टुक बहादुर गुरुङ
(२) कार्य समिति सदस्य: श्री खेम बहादुर गुरुङ
(३) कार्य समिति सदस्य: श्री दिनेश गुरुङ
(४) कार्य समिति सदस्य: श्री पुर्ण घले
(५) कार्य समिति सदस्य: श्रीमती चंचला गुरुङ
(६) कार्य समिति सदस्य: श्रीमती बिन्दु घले
(७) कार्य समिति सदस्य: श्रीमती मथुरा गुरुङ
(८) कार्य समिति सदस्य: श्री खुशिमान गुरुङ
(९) कार्य समिति सदस्य: श्री नर बहादुर गुरुङ
(१०) कार्य समिति सदस्य: श्रीमती कल्पना गुरुङ
(११) कार्य समिति सदस्य: सुश्री बिभा गुरुङ

chairman s

निर्बाचन परिणाम घोषणा पस्चात कार्यक्रममा निर्बाचन समितिका अध्यक्ष तथा पुर्ब अध्यक्ष शिवशरण गुरुङले पाँचौ कार्य समिति निर्बाचन २०१८मा उत्साहजनकरुपमा सहभागि बनि तमु समाज युके निर्बाचन २०१८ भव्य सफल बनाई दिएकोमा अभार प्रकट गर्दै सबैलाई हार्दिक धन्यबाद व्यक्त गरेका थिए।यसैगरि संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र निर्बाचन समितिका अध्यक्षले नव निर्बाचित पदाधिकारिहरुलाई सफथ ग्रहण पछि खादा लगाई बधाईतथा शुभकामना दिएका थिए।मनतब्य राख्ने क्रममा नव निर्बाचित पाँचौ कार्यसमितिका अध्यक्ष शिव चन्द्र गुरुङले सर्ब सम्मति बाट अध्यक्ष पदमा निर्बाचित भएकोमा खुशि ब्यक्त गर्दै सबैलाई आभार सहित हार्दिक धन्यबाद ब्यक्त गरेका थिए।उक्त कार्यक्रममै चौथो कार्यसमितिका अध्यक्ष अर्जुन कुमार गुरुङ लगायत सबै पदाघिकारिहरु र सल्लाहकारहरुलाई संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले धन्यबाद ब्यक्त गर्दै खादा लगाई बिदाई गरेको थियो।

कार्यक्रमको अन्तमा लोक दोहोरि गायिक ईन्द्र गुरुङलाई तमु समाज युकेले स्वागत तथा सम्मान गरेको थियो। रारा केटरिङ बाट खानको ब्यबस्थापन, आमा समुह बाट जलपानको ब्यबस्थापन र चाँद म्युजिक ओर्ल्डको सउण्ड सिस्टममा लोक दोहोरि कलाकर ईन्द्र गुरुङको उत्कृष्ट गित प्रस्तुतिले महाधिबेशनमा उपस्थित सबैलाई नचाएर मनोरन्जन गराएका थिए।

Previous तमु समाज युकेले लन्डनमा २५६२औ बुद्ध जयन्ती भव्यताकासाथ पूजपाठ गरि मनायो।
Next हार्दिक बधाई तथा शुभकामना