तमु समाज युके आमा समुहले बैशख पूर्णिमा तथा २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रम भब्य संग सम्पन्न गर्यो ।


तमु समाज युके आमा समुहले बैशख पूर्णिमा तथा २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रम भब्य संग सम्पन्न गर्‍यो ।

 

शान्तिका अग्रदुत, एशियाका तारा तथा नेपालका राष्ट्रिय बिभूती भगवान गौतम बुद्धको जन्म, बोधिलाभ (बुद्धत्व प्राप्ती) तथा महापरिनिर्वाण भएको पुण्य तिथि बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको पावन अवसरमा तमु समाज युके आमा समुहको आयोजनामा १४ मे २०१४का दिन २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रम लन्डन साउथ ह्यारो, ह्यारो बोरो फुटबल क्लबको हलमा भब्यताकासाथ सु-सम्पन्न गरेको छ।

 

आमा समुहको संयोजकत्वमा आयोजना गरिएको उक्त बुद्ध जयन्ती पुजा कार्यक्रममा बिषेस गरि लन्डन वरपरका जेष्ठनागरिकहरुको उल्लेख्या सहाभागिता रहेको थियो।कार्यक्रममा तमु समाज युकेका अध्यक्ष शिवशरण गुरुङ, संस्थापक अध्यक्ष तथ सल्लाहकार चित्र बहादुर गुरुङ लगायत तमु समाज युकेका अन्य सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारिहरु, सदस्यहरु, आमा समुहका सदस्यहरु, बिभिन्न संघ संस्थाका श्रद्धालु भक्तजन तथा शुभचिन्तक मित्रगणगरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो।1380641_286659188175325_6499931305397459732_n

 

तमु समाज युकेले स्थापनाकाल देखि निरन्तररुपमा बैशाख पूर्णिमाको आवसरमा बुद्ध जयन्ती पुजा   संचालन गर्दै आएको छ। गत बर्षझै यस बर्षको बैशख पुर्णिमा तथा २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रम आमा समुहको पहल, सकृयता र संयोजकत्वमा निशुल्क प्रवेश, निशुल्क खानापिन र खानापिनको ब्यबस्थापन पनि आमाहरु आफैले गरि आयोजना गरेका थिए। यसका निम्ति समुहका सबै आमाहरु दिलोज्यानले सकृयतका साथ मन बचन र कर्मले कार्यक्रम आयोजनामा जुटनु भएको थियो।उदहारणीय रुपमा आयोजित यस कार्यक्रममा तमु समाज युके आमा समुहले प्रदर्शन गरेको  अग्रसरता, सकृयता र सहभागितालाई कार्यक्रममा उपस्थित सबैले मुग्ध कण्ठले प्रसंशा गरेका थिए।

 

बैशख पुर्णिमा तथा २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रम आयोजनको निम्ति थुप्रै दानबिर महानुभावहरुले स्वस्फुर्त श्रद्धाभावले आर्थिक, भोजन, पेय पदार्थ तथा अन्य आवस्यक सामाग्रिहरु दान सहयोग स्वरुप उपलब्ध गराउनुभएको थियो।उदारभावले दिनु भएको दानबिरहरुको अनुदान बाट कार्यक्रम भब्यरुपमा सम्पन्न गर्नुको साथै संस्थाको भवन खरिद परियोजनालाई केहि आर्थिक सहयोगपनि उपलब्ध भएको थियो।

 

अहिंसा, सत्य र संमयम लाई मूल मंत्र ठानेर सदैब सदभाव र सत्कर्ममा लागी जिवन बिताउनुनै बुद्धधर्मको सार संक्षेप हो। यिनै कुरालाई बुझेर सत्यमार्गमा लागी कुबिचार, कुदृष्टी, कुसंस्कार र कुलत बाट टाढ रहे मात्र हामिले पबित्र र सरल जिवन प्राप्त गर्न सकिन्छ र साथैमनमा डाहा र डर बाट सहज ढंगले मुक्ति पनि पाउन सकिन्छ। पिडा र भय बाट मुक्त मानबको मनमा मात्रा सधै शान्ति छाउछ। शान्ति बाट मात्रा मानिसले बिकास र मोक्ष प्राप्त गर्दछ, बुद्धले भनेका छन्। यहि शान्ति, मोक्षा प्राप्ति र भगवान बुद्धको श्रद्धाका निम्ति आयोजना गरिएको बैशाख पूर्णिमा तथा २५५८औ बुद्ध जयन्ती पुजापाठ संचालन श्रद्धेय लामा गुरु धरम गुरुङ र लामा काजि गुरुङले गर्नुभएको थियो।

 

दउसो १ बजे आरम्भ गरिएको पुजापाठमा लामा गुरु धरम गुरुङले बुद्ध जयान्तीको महत्व र बुद्धको जिवनी बारेमा प्रवचान दिनुभएको थियो। प्रबचन सकिएपछि उपस्थित सबैभक्तजनहरुले लामा गुरुबाट अभिषेक र प्रसाद ग्रहण गरेका थिए। तमु समाज युकेका महासचिब रामचन्द्र गुरुङले संचालन गरेको औपचारिक कार्यक्रममा आमा समुहका अध्यक्ष श्रीमती माया गुरुङले स्वागत मन्तब्य राखेका थिए र समाजका अध्यक्ष शिवशरण गुरुङले शुभकामना मन्तब्य दिएका थिए र यसै गरि आमा समुहका सचिब श्रीमती बिमला गुरुङले कार्यक्रममा धन्यबाद मन्तब्य राखेका थिए।

 

उक्त पुजा क्रार्यक्रममा मिडिय कभरेजका निम्ति नेपाली टिभि युके, नमस्ते युरोप सप्ताहिक टिभि युके र एभरेष्ट टाईम्स युकेका संचारकर्मी, पत्रकार, फोटोग्रफर र भिडियोग्रफर बन्दुहरुको पनि उपस्थिति रहेको थिए।

 

पहिलो खण्डको पुजापाठ कार्यक्रम समापन भएपछि दोस्रो खण्ड बेलुकाको कार्यक्रममा खानपिन र मनोरंजन गर्ने ब्यबस्था गरिएको थियो। सम्पूर्ण कार्यक्रममा चाँद लामाले पि ए र साउन्ड सिस्टमको ब्यबस्थापन गरेको थियो।

 

एउटा फरक प्रसंग, तमु समाज युकेले बर्तमान मौजुदा सिमित स्रोत, साधन, ब्यस्त समय र थप्रै चुनौतीहरुमा पनि धेरैनै रचनात्मक सामाजिक, संस्कृतिक, धार्मिक र परोपकारि कार्यक्रमहरु संचालन गर्दै अईरहेका छ।भबिष्यमा यि कार्यक्रमहरुलाई निरन्तररुपमा सरल, सहज र प्रभवकारि रुपमा सम्पादन गर्न, परिबर्तनकारि हाम्रा युवाशक्तिको जोस, जाँगर र उत्साहलाई श्रृजनशिल कार्यमा रुपन्तरण गर्न र दिन दिनै बृद्धि भइरहेको हाम्र आदरणीय जेष्ठ नागरिक हरुको फुरसदलाई लन्डनमा आनन्दमय ढंगबाट ब्यतित गर्न एउटा उपयुक्त थलो आवस्यक भएको महसुस गरि तमु समाज युकेले एउट सामाजिक भवन खरिद गर्ने परियोजन आगाडि सारेको छ।यस परियोजनाका लागि निरन्तर रुपमा आर्थिक संकलन कार्य बिभिन्न तवर बाट गर्दै अईरहेको पुजा कार्यक्रममा उपस्थित सबैलाई समाजका अध्यक्षले जानकारि दिनु भएको थियो।10258897_286659951508582_1532855136682613392_n

 

तमु समाज युकेको उक्त सामाजिक भवन खरिद परियोजनाको निम्ति बिभिन्न संघ संस्था, शुभ चिन्तक मित्रगणहरु तथा समाजका सदस्यहरु बाट सदाचार, सदभाव र सहयोग निरन्तर प्राप्त भैरहेको, परियोजनाको लागि आवस्यक आर्थिक संकलनमा आमा समुह र समाजका सबै सदस्यहरु सकृय रुपमा निरन्तर लागिरहेको र यस पवित्र परियोजनालाई जति सक्दो छिटो मुर्त रुप दिनका निम्ति आर्थिक संकलनमा तिब्रता ल्याउने उदेस्यकासाथ आगामीजुन ७ तरिक २०१४का दिन ग्रिनफोर्ड टाउन हलमा सामाजिक भवन खरिद परियोजना सहयोगार्थ एक महत्वपुर्ण तथा भब्य च्यरिटि डिनर नाइट तमु समाज युकेले आयोजना गरेको पनि समाजका अध्यक्षले कार्यक्रममा सबैलाई बताए।उक्त  भवन खरिद परियोजना सहयोगार्थ आयोजना गरिएको च्यरिटि डिनर कार्यक्रममा आफ्नो आफन्तनज र स-परिवार सहित उपस्थित भईदिनुहुन र खुल्ला हिरदयबाट सक्दो भौतिक, नैतिक तथा आर्थिक सहयोग गरिदिनुहुन अध्यक्ष शिवशरण गुरुङले  सबैलाई बिनम्रताक साथ हार्दिक आग्रह गरेका थिए।

 

अन्तमा: आफ्नो मुललाई नबिर्सिकन भाषा, धर्म, संस्कार र संस्कृतिको संग्रक्षण र सम्बर्धन गर्ने पबित्र उदेस्य लिई नेपाली तथा तमु समुदयको सेवामा सदैब समर्पित भई बिकासको क्रममा निरन्तर अगाडि बढिरहेको तमु समाज युकेको आमा समुह द्वारा शान्ति, मोक्षा प्राप्ति तथा भगवान बुद्धाको श्रद्धाको निम्ति आयोजित बैशख पुर्णीमा तथा २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रम भब्य सफल्ताकासाथ सम्पन्न भएकोमा आयोजक समिति तथा सबै उपस्थीत भक्तजनहरुले खुसि ब्यक्त गरेका थिए।

 

तमु समाज युके आमा समुह।

 

Previous बैशाख पुर्णिमा तथा २५५८औ बुद्ध जयन्ती पुजा कार्यक्रममा सहयोग दाताहरुको नामावलि।
Next तमु समाज युकेको सामाजिक भवन खरिद परियोजना सहयोगार्थ आयोजित च्यारिटी डिनर नाईट कार्यक्रम भव्य रुपमा सम्पन्न।