तमु समाज युके आमा समूहको आयोजनामा भब्य तीज कार्यक्रम सम्पन्न।


तमु समाज युके आमा समूहको आयोजनामा भब्य तीज कार्यक्रम सम्पन्न।

शिवशरण गुरुङ – लण्डन

गत १९ अगष्ट २०१७ शनिबार लण्डनको हेरो बोरो फुटबल क्लबमा तमु समाज युके आमा समुहको आयोजनामा हरितालिका तिज २०१७कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो। नारिहरुको महान पर्व तिजको पवन अवसरमा हर्ष र उल्लासमय बातावरणमा आयोजना गरिएको उक्त कार्यक्रममा मुलत लण्डन वरपरका नेपाली नारिहरुको बिषेस उपस्थिति रहेको थियो। तमु समाज युके आमा समुहका अध्यक्ष माया गुरुङको अध्यक्षतामा, बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदीको धर्मपत्नी पुनम राज्यलक्ष्मी सुवेदी प्रमुख अतिथि र गैर आवशिय नेपाली संघ युकेका उपाध्यक्ष शान्ति थापा कुवार बिषेस अतिथि रहेको उक्त तीज बिषेस कार्यक्रमको संचालन सहिन के.सि. र आमा समुहका सचिब बिमला गुरुङले गरेको थियो।

002

तमु समाज युके आमा समुहका अध्यक्ष माया गुरुङ, प्रमुख अतिथि श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी, बिषेस अतिथि गैर आवशिय नेपाली संघ युकेका उपाध्यक्ष शान्ति थापा कुनवार र तमु सामाज युकेका उपाध्यक्ष बिजु गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरि समुदघाटन गरिएको तीज बिषेस कार्यक्रममा थुप्रै संघ संस्थाका महिला नेत्रि, प्रतिनिधी, समाजसेबि तथा नेपाली महिलाहरुको उपस्थिति रहेको थियो। तीज कार्यक्रमको बोल्ने क्रममा तमु समाज युके आमा समुहका अध्यक्ष माया गुरुङले स्वागत मन्तब्य, आम समुहका कोषाध्यक्ष मिरा गुरुङले धन्यबाद मन्तब्य राखेका थिए। यसैगरि प्रमुख अतिथि र बिषेस अतिथिले उपास्थित सबैलाई तिजको शुभकामना दिदै धन्यबाद व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा बिभिन्न किसिमका आकर्षक पुरस्कारहरुको राफल ड्र, तिजको बिषेस दरखाना खाने पिउने र संगसंगै चाँद म्युजिक ओर्ल्ड डिजेको तिज गितमा सबैले छमछमि तिज नृत्य नाचेर भरपुर मनोरंन्जन गरेका थिए।तिज नृत्यमा उत्कृष्ट नृत्यङ्गनाहरु पुरस्कृतपनि भएका थिए।उत्कष्ट नृत्य नाचेर पुरस्कृतहुनेहरुमा क्रमस: पुजा गुरुङ प्रथम, सपना गुरुङ द्वितिय र रितु गुरुङ तृतिय रहेको थियो।नृत्य प्रतियोगिताको प्रथम पुरस्कार लण्डन फेसन हाउसका प्रोपाईटर तथा निर्देसक मनिसा डंगोलले प्रयोजन गर्नु भएको थियो र राफल ड्रको प्रथम पुरस्कार अल्डरसटको लक्ष्मी ज्वेलरसले प्रयोजन गरेका थिए।

003

तिज कार्यक्रममा तमु समाज युकेका खाध्य संयोजक हरिमान गुरुङको संयोजनमा, कार्यसमितिका सदस्यहरु, स्वयंसेवक सल्लाहकारहरु तथा सदस्यहरुको सहयोगबाट तयार पारेका तीज बिषेस खानामा बिभिन्न महानुभावहरुले सेलरोटि, मिनेरल वाटर, खाध्य पदार्थ तथा आर्थिक प्रायोजन गरेर सहयोग गरेका थिए।यसैगरि खाध्य बस्तुको ओसार पसारमा हर्क गुरुङले सहयोग गरेका थिए। कार्यक्रममा बेलायतका नेपाली संचारकर्मिहरु गोर्खा च्यानल टिभिका बिमला सेने, लण्डन नेपाल न्युजका शिब भण्डारि, एभरेष्ट गौतम, भिडियोग्राफर बिसन गुरुङ र फोटोग्राफर सन्दिप राईको उपस्थिति रहेको थियो। यस बर्षको तीज बिशेष कार्यक्रम दिउसो १ बजे आरम्भ भएर बेलुका ११ बजे अन्त भएको थियो।

 

Previous तमु समाज युकेको १०औँ बार्षिक उत्सव कार्यक्रममा हार्दिक निमन्त्रणा ।
Next तमु समाज युके नेपालीज कम्युनिटि सेन्टरको भब्य समुदघाटन।