तमु समाज युके द्वारा नेपाली जनप्रतिनिधीहरुको स्वागत तथा सम्मान।


तमु समाज युके द्वारा नेपाली जनप्रतिनिधीहरुको स्वागत तथा सम्मान।

शिबशरण गुरुङ – लण्डन।

तमु समाज युकेले नेपाल बाट बेलायत भ्रमणमा पाल्नु भएका संघिय गणतण्त्र नेपालका प्रतिनिधि सभाका सदस्य द्वय माननिय लालकाजि गुरुङ, माननिय पदम गिरि र प्रदेश सभाका सदस्य माननिय ललित कला गुरुङलाई लण्डनको वेम्बली स्थित तमु समाज युके नेपालीज कम्युनिटि सेन्टरमा ६ जुन २०१८को दिन भव्य स्वागत तथा सम्मान गरेको छ।यसैगरि उक्त कार्यक्रममा कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी तथा वहाँका धर्मपत्नि गंगा गुरुङ जोशी र जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ललाई पनि स्वागत तथा सम्मान गरेको थियो।

6E1A6822-2    माननिय लालकाजि गुरुङ

6E1A6824

माननिय पदम गिरि

तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गरुङको सभापतित्वमा निरज गुरुङले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि द्वय प्रतिनिधि सभाका सदस्य माननिय लालकाजि गुरुङ, माननिय पदम गिरि, प्रदेश सभा सदस्य माननिय ललित कला गुरुङ, कुस्मा नगरपालिकाका मेयर राम चन्द्र जोशी तथा वहाँका धर्मपत्नि गंगा गुरुङ जोशी र जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ललाई समाजका अध्यक्ष शिव चन्द्र गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, आमा समुहका अध्यक्ष बिन्दु घले र आमा समुहका निबर्तमान अध्यक्ष माया गुरुङले खादा, पुष्प गुच्छ, दोसल्ला र मायाको चिनोस्वरुप तमु समाज युकेको प्ल्याक प्रदानगरि स्वागत तथा सम्मान गरेको थियो।

6E1A6830   माननिय ललित कला गुरुङ 

6E1A6840

कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी  

कार्यक्रममा तमु समाज युकेका पूर्ब अध्यक्ष शिवशरण गुरुङले संस्थाको बारेमा जानकारि गराउदै स्वागत मन्तब्य राखेको थियो भने कार्यक्रमका संचालकले सबै अतिथिहरुको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए।कार्यक्रममा हेल्थ र सेफ्टी सम्बन्धी कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष शिव कुमार गुरुङले जानकारी दिएका थियो र धन्यबाद मन्तब्य समाजका अध्यक्ष शिव चन्द्र गुरुङले राख्नु भएको थियो।

कार्यक्रममा उपस्थित तमु समाज यकेका पुर्ब अध्यक्ष शिवशरण गुरुङ, निबर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङ लगायत सल्लाहकारहरु, कार्य समितिका बिभिन्न पदाधिकारिहरु, अमा समुह, आजिवन सदस्यहरु र तनहुँ समाज युकेका अध्यक्ष लेख बहादुर गुरुङले पनि खादा लगाई सबै अथितिगणहरुको स्वागत तथा सम्मान गरेको थियो।

6E1A6850

कुस्मा नगरपालिकाका मेयर राम चन्द्र जोशी , वहाँका धर्मपत्नि गंगा गुरुङ जोशी र जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल

उक्त अबसरमा बेलायतको राजधानि लण्डनमा तमु समाज युकेले आयोजना गरेको भव्य स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुन पाउदा सबै अतिथिहरुले अत्यन्त खुशि ब्यक्त गर्दै तमु समाज युकेलाई आभार सहित हार्दिक कृतज्ञता ब्यक्त गरेका थिए।मन्तब्त राख्नेो क्रममा सबै अतिथिहरुले नेपालको बर्तमान राजनैतिक अवस्था र समसामयिक बिषय बस्तुको बारेमा जानकारि गराउदै समृद्ध नेपाल र सुखि नेपाली बनाउने अभियानमा सहभागि बनि सहयोग गर्नको निम्ति सबै बेलायतबासि नेपालीहरुलाई आग्रह गरेका थिए।

6E1A6784

अत्यन्तै सौहद्र तथा पारिवरिक बातावरणमा सम्पन्न औपचारिक कार्यक्रमको समापन पछि सम्पुर्ण अतिथिगण तथा उपस्थित महानुभवहरु रात्रि भोजमा सरिक भएका थिए।कार्यक्रमको फोटोग्रफि युवा समूहका अध्यक्ष ओमकार गुरुङ र अमित गुरुङले गरेका थिए।

6E1A6803

 

 

Previous हार्दिक बधाई तथा शुभकामना
Next लण्डन बरो अफ ब्रेन्टका काउन्सिलरहरुलाई तमु समाज युकेको आफ्नै समाज घरमा स्वागत तथा भेटघाट।