तमु समाज युके नेपालीज कम्युनिटि सेन्टरको भब्य समुदघाटन।


Tamu Samaj UK Nepalese Community  Centre  Officially Opened by Councillor Muhammed Butt Leader of the Brent Council on 9th September 2017.

शिवशरण गुरुङ – लण्डन

तमु समाज युकेको सामुदयिक भवन तथा तमु समाज युके नेपालीज कम्युनिटि सेन्टरको समुदघाटन गत शनिबार ९ सेप्टम्बर २०१७मा भब्यताका साथ सम्पन्न भयो। लण्डनको वेम्बली सडबरिमा अवस्थित उक्त समाजिक भवनको समुदघाटन प्रमुख अतिथि लण्डन बरो अफ ब्रेन्टका काउन्सिल लिडर, काउन्सिलर मोहमद बटले गर्नुभएको थियो।तमु समाज युके स्थापनाको दशौं बर्षगाँठको अवसर पारेर अपरहन्न ३:३० बजे समाजका अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षतामा महासचिब ज्ञान बहादुर गुरुङले संचालन गरेको समुदघाटन कार्यक्रममा समाजका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, निबर्तमान अध्यक्ष शिवशरण गुरुङ, आमा समुहका अध्यक्ष माया गुरुङ, युवा समुहका अध्यक्ष ओमकार गुरुङ, हाउजिङ संयोजक तथा सल्लाहकार सुबाससिङ गुरुङ बिईएम, तमु समाज युके नेपालीज कम्युनिटि सेन्टर भवन म्यनेजमेन्ट समितिका संयोजक तथा सल्लहकार बाबुराम गुरुङ लगायत समाजका अन्य सल्लाहकारहरु, कार्यसमितिका सदस्यहरु, आमा समुह, युवा समुह र थुप्रै सदस्यहरु उपस्थित थिए।यसैगरि समुदघाटन कार्यक्रममा लन्डन बरो अफ ब्रेन्टका डेपुटी लिडर तथा बरहाम पार्क ट्रष्टका प्रेसिडेन्ट काउन्सिलर मारग्रेट मकलिनन, हाउनस्लोका पूर्व डेपुटि मेयर काउन्सिलर बिष्णु बहादुर गुरुङ लगायत ब्रेन्ट काउन्सिलका काउन्सिलर मेरि डेलि, काउन्सिलर क्रुपा सेठ, यति नेपाल एसोसिएसनका युकेका पूर्ब अध्यक्ष उमेस राज मोक्तान, अई एम ई लन्डनका निर्देशक कमल पौडेल, कोडेक युकेका उपाध्यक्ष धन तामाङ, भेटरन क्लब बरहाम पार्कका अध्यक्ष रतिलाल पटेल र अन्य स्थानिय महानुभवहरु र नेपाली संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।कार्यक्रममा नेपाल बाट बेलायत भ्रमणमा अउनुभएका कास्की अवाज राष्ट्रिय दैनिक पत्रिकाको प्रमुख सम्पादक हुम बहादुर गुरुङ र अन्य नेपाली जनजाति पत्रकारहरु पनि अतिथिको रुपमा सरिक थिए।

Tsuk comunity hall opening ceremony 3jpg                 Tsuk comunity hall opening ceremony 5jpg

Speech  by Councillor Muhammed Butt Leader of the Brent Council on  the occasion of  Tamu Samaj UK Nepalese Community Centre Opening Ceremony at Baraham park  Harrow Road on 9th September 2017.

तमु समाज युकेले बिभिन्न सामाजिक, संस्कृतिक तथा परोपकारि कार्यहरुको संग संगै बेलायतको राजधानी लण्डनमा एक सामाजिक भवन खरिद गर्ने महत्वकांक्षी परियोजना केही वर्ष पहिलेनै सुरु गरेको थियो। यस परियोजनाको सहयोगार्थ च्यारिटी डिनर लगायत बिभिन्न आर्थिक संकलनका कार्यक्रमहरु पनि आयोजना गर्दै अईरहेको छ। बेलायतबासि नेपाली तथा तमुहरु बाट निरन्तर रुपमा प्राप्त भाईरहेको सद्भा व र सहयोग बाट तमु समाज युकेले भवन खरिद परियोजनाको निम्ति उल्लेख्य धनरासि संकलन गर्न पनि केहि हद सम्म सफल भएको छ।

बेलायतको राजधानि लन्डन सहरमा अवस्थित रहेको हुनाले भवन खरिद परियोजनाको निम्ति निकै ठुलो रकम अवस्यक पर्ने र पर्याप्त आर्थिक रकम संकलन गर्न लामो समय लाग्ने भएकोले तमु समाज युकेले भवन उपलब्ध गर्ने बिभिन्न बैकल्पिक उपायहरुको खोजि गरि बिभिन्न स्थानिय सरकारहरु संग समन्वयगरि सामुदयिक भवनका निम्ति पहल गरेको थियो।फलस्वरुप तमु समाज युकेलेले लण्डन बरो अफ ब्रेन्ट काउन्सिल बाट कम्युनिटि एसेट ट्रन्फर योजना अन्तरगत एक समुदयिक भवन लिजमा प्राप्त गर्न सफल भएका हो।लन्डनको एक महत्वपुर्ण स्थान वेम्बली सडबरिको बरहाम पर्कमा अवस्थीत रहेको पुरानो भवन गत जुलाई महिनामा समाजले प्राप्त गरेपछि संस्थाकै आर्थिक खर्च र सदस्यहरुको श्रमदान बाट पुर्ण रुपमा रिनोभेसन निर्माण कार्य सम्पन्न गरेर तमु समाज युके नेपाली कम्युनिटि सेन्टर नामाकरण गरि सुविधा सम्पन्न समुदयिक भवनको ब्रेन्ट काउन्सिल लिडरको बाहुलि बाट समुदघाटन गरिएको थियो। सम्भवता लण्डनमा स्थानिय सरकारबाट नेपाली समाजिक संस्थाले यसरि सामाजिक भवन प्राप्त गरेको यो पहिलो हो।

कार्यक्रममा तमु समाज युके समाजिक भवन परियोजनाको यो ऐतिहासिक तथा उदाहरणिय कार्यमा महत्वपुर्ण भुमिका निर्बहा गर्नुहुने भवन खरिद परियोजनाका संयोजक र समाजिक भवन म्यनेजमेन्ट समितिका संयोजक द्वया सुबससिङ गुरुङ बिईएम र बाबुराम गुरुङ लगायत समितिका अन्य सदस्यहरुलाई प्रमुख अतिथि ब्रेन्ट काउन्सिलका लिडर काउनसिलर मोहमद बटले खादा ओडाई सम्मान गरेका थिए। सदस्यहरुको श्रमदान, अथक मेहनत, परिश्रम र समाजकै दक्षा जनशक्ति परिचालन गरि निर्माण गरिएको उच्च स्तरको भवन रिनोभेसन कार्यको प्रसंशा गर्दै प्रमुख अतिथिले रिनोभेसन कार्यमा संलग्न सबै महानुभवहरुलाई हार्दिक धन्यबाद दिए।साथै तमु समाज युकेलाई उज्वल भबिष्यको शुभकामना पनि ब्यक्त गरेका थिए प्रमुख अतिथिले। बोल्ने क्रममा डेपुटी लिडर तथा बरहाम पार्क प्रेसिडेन्ट कउन्सिलर मर्ग्रेट मक्लिननले पनि तमु समाज युकेले गरेको कार्यको प्रसंशा गर्दै शुभकामना सहित हार्दिक धन्यबाद व्यक्त गरेका थिए।

Tsuk comunity hall opening ceremony 2                        Tsuk comunity hall opening ceremony 6jpg

उक्त कार्यक्रममा स्वागत तथा धन्यबाद मन्तब्य राख्दै तमु समाज युकेका अध्यक्ष अर्जुन कुमार गुरुङले कम्युनिटि ट्रन्सफर एसेट योजना अन्तरगत समाजिक भवन उपलब्ध गराईदिएकोमा ब्रेन्ट काउन्सिल र बरहाम ट्रष्टका पदाधिकारिहरुलाई तमु समाजको युकेको तर्फ बाट आभार सहित कृतज्ञता ब्यक्त गरेका थिए। यसैगरि भवनको नबिकरण कार्यमा अहोरात्र खटेर श्रमदान गर्नुहुने सम्पुर्ण सदस्यहरु, प्रतक्ष र अप्रतक्ष रुपमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्नुहुने सबै महानुभावहरुलाई हार्दिक धन्यबाद दिदै उक्त सामुदयिक भवन “तमु समाज युके नेपालीज कम्युनिटि सेन्टर” बाट लण्डन वारपरका सबै नेपाली कम्युनिटिहरु लाभान्दित हुने बताउनु भयो।

उक्त सम्क्षिप्त ऐतिहाँसिक तथा महत्वपुर्ण समुदघाटन कार्यक्रममा सल्लाहकार शिव कुमार गुरुङले तयार पारेको रिनोभेसन कार्य सम्बन्धि छोटो भिडियो पनि प्रदर्शन गरेको थियो।उल्लेख्य संख्याको उपस्थितिमा गडगडहाट तालिका साथ ताम्रापत्र अनावरण गरि स्यमपेन फोरेर गरिएको तमु समाज युके नेपालीज कम्युनिटि सेन्टरको भब्य समुदघाटन कार्यक्रम जलपान गरेर बेलुकि ५ बजे तिर अन्त भएको थियो। त्यसपछि बेलुकि आयोजना गरिएको तमु समाज युकेको दशौं बार्षिक उत्सवको बिषेस कार्यक्रममा सरिक हुन सबै ह्यारो लेजर सेन्टर तर्फ प्रस्थान गरेका थिए।

 

Previous तमु समाज युके आमा समूहको आयोजनामा भब्य तीज कार्यक्रम सम्पन्न।
Next तमु समाज युकेले दशौं बार्षिक उत्सव लण्डनमा धुमधाम संग मनायो।