देउसी भैलो खेलेर तमु समाज यूकेले उठायो११हजार पाउन्ड


 

deushi-bhailo-photo-3deushi-bhailo-photo-5

देउसी भैलो खेलेर तमुसमाज यूकेले उठायो११हजार पाउन्ड।

शिवशरण गुरुङ :लन्डन

तमु समाज यूकेले विगत वर्षहरु झै यस पटक पनि २९र३० अक्टोबर (कुकर तिहार र लक्ष्मी पूजा) को दिन देउसी भैलो कार्यक्रम गरेकोछ।

समाजले लन्डनमा सदस्य तथा शुभचिन्तक हरुको घर घर गई परम्परागत शैलीमा देउसी भैलो खेलेर वहुउद्देश्यीय सामाजिक भवन खरिद परियोजनाका निम्ति११हजार पाउन्ड भन्दा बढि आर्थिक संकलन गरेकोछ।

प्रवासमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नयां पुस्ताहरु समक्ष स्वर्णीम संस्कृतिको सकारात्मक सन्देश प्रवाहगर्न, समाजका सदस्य तथा शुभचिन्तक मित्रगणहरु बीच पारस्परिक सम्बन्ध सवल, प्रगाढ र सुमधुर बनाउनुका साथै तमुसमाज यूकेको वहुउद्देश्यीय सामाजिक भवन खरिद परियोजनाका निम्ति आर्थिक सहयोग संकलन गर्ने उद्देश्य ले देउसी भैलो खेलिएकोहो। कार्यक्रममा सबैले मनखोलेर भैलरीहरुको स्वागत तथा सत्कार गर्दैदान दिए।

deushi-bhailo-photo-8deushi-bhailo-photo-6

समाजका उपाध्यक्ष शिवचन्द्रगुरुङको संयोजनमा आयोजित उक्त देउसी भैलोमा जातीय पहिरनमा सजिएर तमु समाज यूके आमासमूहका आमा तथा दिदीब हिनीहरु उपस्थित थिए।२९ तारिख कुकुर तिहारका दिन उपाध्यक्ष तथा देउसीभैलो कार्यक्रमका संयोजक शिवचन्द्र गुरुङको निवास बाट आरम्भ गरिखेलकुद सचिव हरिमान गुरुङ को घरमा कार्यक्रम विसर्जन गरिएको थियो।यसै गरि३०तारिख लक्ष्मी पुजाको दिन दिउसो सल्लाहकार यम बहादुर गुरुङको निवासबाट सुरु भई मध्यरात मा सल्लाहकार तथा भवन खरिदपरियोजनाका संयोजक 
सुवसिंङ गुरुङ बी इ एम को निवासमा समापन गरिएको थियो।

deshi-bhailo-photo-1deushi-bhailo-photo-4

कार्यक्रमको दोस्रो दिन देउसी भैलो समूह लन्डन बरो अफ ब्रेन्टका डेपुटी मेयर तथा काउन्सिलर भगवान जी चौहान र कारिन्दा क्यारोलको घर पनि पुगेको थियो। पहिलो दिनको कार्यक्रममा अध्यक्ष अर्जुन कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्वअध्यक्ष शिब शरण गुरुङ र महासचिब ज्ञान बहादुर गुरुङको विशेष उपस्थिति थियो।

आरम्भ र समापनको समयमा भैलरीहरुका निम्ति घरमा विशेष भोजको ब्यवस्था गरिएको थियो।देउसी भैलो कार्यक्रममा भैलरीहरुको श्रृंगार, 
मालाको प्रवन्ध उपाध्यक्ष बिजु गुरुङ र आमा समूहकी अध्यक्ष माया गुरुङ लगायत आमा दिदी बहिनी हरुले गरेका थिए।त्यसै गरि दुवै दिन यातायातको व्यवस्थापन संयोजक केदार गुरुङ र फोटोग्राफी युवा समूहका अध्यक्ष ओमकार गुरुङर भिडियो ग्राफी यम बहादुर गुरुङले गरेका थिए।

deushi-bhailo-photo-7deushi-bhailo-photo-10

समय अभावका कारण भैलरीहरु सबैको घर जान सम्भव नभए पनि सबै सदस्य र शुभचिन्तकहरु नजिकको पायक पर्ने घर मा भेला भएर  दान गरेका थिए।विविध कारण बाट घरदैलो कार्यक्रममा 
सहभागी बन्न नसकेका कतिपय सदस्य तथा शुभचिन्तक हरुले अनलाइन बैंकिङ बाट पनि रकम दिएर सहयोग गरेकाछन्।दानदिने हरेक सदस्य तथा शुभचिन्तक हरुलाई तमुसमाजयूकेका अध्यक्ष अर्जुन कुमार गुरुङले हार्दिक धन्यवाद सहित शुभकामना कार्ड प्रदान गरेका थिए। 

तस्विरसौजन्यः ओमकारगुरुङ

Previous NEPAL VISIT BY THE PRESIDENT OF TAMU SAMAJ UK ON OCTOBER 2016
Next Tamu Samaj UK supports drinking water project in Ghermu V.D.C Lamjung, Nepal.