बेलायतमा बस्ने नेपालीहरुको सहयोगमा धारा निर्माण


 बेलायतमा बस्ने नेपालीहरुको सहयोगमा धारा निर्माण

आस गुरुङ (बाबु) २३ माघ, लमजुङ – उत्तरी लमजुङ घेर्मु स्थिति उपल्लो चिप्लाका बासिन्दाहरुलाई बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुले पानीको धारा निर्माण गरिदिएका छन् ।
२०७२ सालको भूकम्प र बर्षपिच्छे जाने पहिरोको त्रासले विस्थापित भएका उक्त गाउँ विगत १५ बर्ष देखी जाने गरेको पहिरो त्यसमाथि पनि भूकम्प पछि झनै गाउँ छेउमै आएको पहिरोबाट त्रसित भएका घेर्मु गाविसको वडा नम्बर १ उपल्लो चिप्लाका बासिन्दाहरु अहिले गाउँ देखी तल प्रोजु भन्ने ठाउँमा विस्थापित भएका छन् । दिनैजसो घरको आगनबाटै पहिरो जान थालेपछि घर समेत ढल्न पुगेको थियो । स्थानियले त्यो समस्याबाट बच्ने कुनै उपाय नभेटेपछि आफ्नो घर छाडेर अस्थायी टहरामा बस्दै आएका हुन् ।

रातको समयमा प्रोजुमा बस्ने गरेपनि दिउसको समयमा कामकाज गर्नका लागि गाउँमै जाने गरेका छन् । अस्थायी टहरमा बसोबास गर्दै आएका बासिन्दाहरुलाई पिउने पानीको उपलब्द नहुदा निकै समस्या झेल्दै आएका थिए । विभिन्न समस्या झेल्दै आएका स्थानियहरुले विदेशमा रहेको विभिन्न संस्थासस्था सँग सहयोगको माग गरेपछि उनीहरुको समस्यालाई मध्यनजर गरी, बाघेता समाज युकेको नेतृत्वमा बेलायतमा बस्दै आएका नपालीहरुले स्वस्च्छ पिउनेको लागि ब्यवस्थीत धारा र पधेरा निर्माण गरिदिएका हुन् । धारा र पधेरा निर्माणमा बेलायतमा रहेका संस्थाहरु लम्जुङ समाज युके, लमजुङ आमा समूह, मनाङ समाज युके, तमु समाज युके, र विभिन्न ब्यक्तीहरुको सहयोग गरी चन्दा बापत ५ लाख संकलन भएको थियो । सोही सहयोग र स्थानियबासिको एक लाख ५० हजार जनश्रमदान गरी ६ लाख ५० हजारको लागतमा निर्माण गरीएको हो । उक्त धारा निर्माण स्थानियहरुले १३ दिन जनश्रमदान गरेका थिए ।
उक्त खानेपानीको योजना सम्पन्न गर्नका लागि स्थानिय कुमिर गुरुङको नेतृत्वमा काम गरीएको थियो । खानेपानीको ब्यवस्था भएसँगै पहिरो पिडितलाई सहज भएको छ । स्थानियले सहयोग प्रती धन्यावाद ब्यक्त समेत गरेकाछन्।
बेलायतमा रहेका बाघेता समाजका अध्यक्ष एवं लमजुङ समाजका सल्लाहकार क्याप्टेन देब घले, बोघताका संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीकृष्ण गुरुङ, बाघेता समाजका सदस्य एवं लमजुङ समाज युेकेका साँस्कृतीक सचिव प्रेम गुरुङ, बाघेता समाज युकेका सचिव एवं तमु समाज युकेका सदस्य शुब घलेको नेतृत्वमा सहयोग रकम संकलन गरीएको थियो । यस्तै उपल्लो चिप्लाकै बासिन्दा हाल बेलायत निाबासी कर्ण गुरुङ र लोक गुरुङले मध्यस्थकर्ताको भुमिका निर्वाह गरेका थिए ।

 

Previous Congratulation to Mr. Ram Chandra Gurung and Mrs. Uma Gurung
Next शुभ-बिवाहकोहार्दिक बधाई तथा शुभकामना पत्र