तमु समाज युकेले लन्डनमा २५६२औ बुद्ध जयन्ती भव्यताकासाथ पूजपाठ गरि मनायो।


Buddha jayanti puja celebration

तमु समाज युकेले लन्डनमा २५६२औ बुद्ध जयन्ती भव्यताकासाथ पूजपाठ गरि मनायो।

Article by  Shivsaran Gurung.

तमु समाज युकेले हिजो शनिबार २८ अप्रिल २०१८ का दिन २५६२औं बुद्ध जयन्ती भब्यताकासाथ मनायो। लन्डन वेम्बलीको बरहाम पार्क स्थित तमु समाज युके नेपालिज कम्युनिटि सेन्टरमा लामा गुरुहरु बाट बृहत पूजापाठ गरि शान्तिका अग्रदूत, एसियाका तारा तथा नेपालका राष्ट्रिय विभूति भगवान गौतम बुद्धको जन्म जयन्ती मनाइएको हो। बुद्ध जयन्ती पूजापाठको सञ्चालन नेपाल देखि बेलायत भ्रमणमा आउनुभएका श्रद्धेय लामा गुरु बज्र आचार्य जन्ता गुरुङ, देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष तथा प्रमुख लामा धरम गुरुङ र तमु समाज युकेका सल्लाहकार तथा लेक्चरर लामा गुरु प्रेम गुरुङले गर्नुभएको थियो ।

Buddajanti 4 Buddajanti 10

बृहत पुजा पाठ आरम्भहुनु अगाबै कार्यक्रममा नेपाल बाट आउनुभएको अतिथि लामा गुरु बज्र आचार्य जन्ता गुरुङलाई संस्थाको तर्फबाट तमु समाज युकेका अध्यक्ष अर्जुन कुमार गुरुङ उपाध्यक्ष बिजु गुरुङ र आमा समुहका अध्यक्ष माया गुरुङले संस्थाको प्लेक, खादा र पुष्प गुच्छा प्रदान गरि स्वागत तथा सम्मान गरेका थिए। यसै गरि देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष तथा प्रमुख लामा धरम गुरुङले पनि देवाचन बुद्धिष्ट सेन्टरको तर्फबाट अतिथि लामा गुरुलाई खादा बाट स्वागत तथा सम्मान गर्नु भएको थियो।

Buddajanti 7  Buddajanti 8  Buddajanti 9

बिहान ११:३० बजे तमु समाज युकेका अध्यक्ष अर्जुन गुरुङ र आमा समुहका अध्यक्ष माया गुरुङले संयुक्तरुपमा दिप पज्वलन गरि आरम्भ गरिएको पूजापाठमा श्रद्धेय लामा गुरुहरुले बुद्ध जयन्तीको महत्व, बुद्धको जिवनी, उपदेश, धर्म र संस्कार बारे प्रवचन पनि दिएका थिए।

पुजापाठ र प्रवचन पछि उपस्थित सबै भक्तजनहरुले लामा गुरुहरुबाट अभिषेक र प्रसाद ग्रहण गरेका थिए ।

तमु समाज युके आमा समूहको सकृयता, सहयोग र सल्लाहकार ईमान घलेको संयोजनमा गरिएको उक्त बुद्ध जयन्ती पूजा कार्यक्रममा मुलता लन्डन वरपरका जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

Buddajanti 18  Buddajanti 2

यसै गरि कार्यक्रममा तमु समाज यूकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङ, निबर्तमान अध्यक्ष तथा सल्लाहकार शिवशरण गुरुङ लगायत तमु समाज युकेका अन्य सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, आमा समूहका सदस्यहरु र श्रद्धालु भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो ।

Buddajanti 11   Buddajanti 15

तमु समाज युकेले स्थापनाकाल देखि नै निरन्तररुपमा बैशाख पूर्णिमाको अवसरमा बुद्ध जयन्ती पूजा सञ्चालन गर्दै आएको छ । बिगतका बर्षहरुझै यस वर्ष पनि बुद्ध जयन्ती पूजा कार्यक्रममा सबै भक्तजनहरुलाई निशुल्क प्रवेश र खानपिन व्यवस्था गरेको थियो ।

Buddajanti 13  Buddajanti 12

पूजा कार्यक्रमका लागि थुप्रै दानवीरहरुले स्वतस्फूर्त र श्रद्धाभावले अर्थ, खाजा, पेय पदार्थ तथा अन्य आवश्यक सामाग्रीहरु दान सहयोग स्वरुप उपलब्ध गराएका र खानाको ब्यबस्थापन रारा केटरिङले गरेका थिए।

महासचिब ज्ञान बहादुर गुरुङले संचालन गरेको कार्यक्रममा तमु समाज युकेका अध्यक्ष अर्जुन कुमार गुरुङले स्वागत मन्तब्य, आमा समूह   की अध्यक्ष माया गुरुङले धन्यबाद मन्तब्य र कार्यक्रम संयोजक ईंमान घलेले दानबिर चन्दादाता तथा सहयोग दाताहरुको नामावलि र बिबरण बाचन गर्दै सबैलाई धन्यबाद ब्यक्त गरेका थिए।

अहिंसा, सत्य र संमयम लाई मूल मंत्र ठानेर सदैब सदभाव र सत्कर्ममा लागी जिवन बिताउनुनै बुद्धधर्मको सार संक्षेप हो। यिनै कुरालाई बुझेर सत्यमार्गमा लागी कुबिचार, कुदृष्टी, कुसंस्कार र कुलत बाट टाढ रहेर मात्र हामिले पबित्र तथा सरल जिवन प्राप्त गर्न सकिन्छ र मनमा डाहा र डर बाट सहज ढंगले मुक्ति पनि पाउन सकिन्छ। पिडा र भय मुक्त मानबको मनमा मात्रा सधै शान्ति छाउछ। शान्ति बाट मात्रा मानिसले बिकास र मोक्ष प्राप्त गर्दछ, बुद्धले भनेका छन्। मनवता, शान्ति, प्रेम, खुसी, सदभव र मित्रताको सन्देश संसार भरि फैलाउने भगवान बुद्धको श्रद्धाका निम्ति र मानव जगतमा सबैको मोक्ष प्राप्तिका लागि आयोजना गरिएको बुद्ध जयन्ती पुजापाठ कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकोमा आयोजक समिति तथा उपस्थीत सबै भक्तजनहरुले खुसि ब्यक्त गरेका थिए।

तमु समाज युके।

Buddajanti 17  Buddajanti 21

Previous नव बर्ष २०७५ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना।
Next तमु समाज युकेको पाँचौ महाधिवेशन २०१८ सम्पन्न, पाँचौ कार्यसमितिको अध्यक्षमा शिव चन्द्र गुरुङ निर्बाचित।