तमु समुदायको महान् तथा गौरवशाली पर्व ल्होछार/ल्होसार त ल्हो को पावन अवसरमा, तमु समाज युकेले शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमको भव्य आयोजना गर्ने भएको छ।
यस गरिमामय समारोहमा बेलायतवासी सम्पूर्ण तमु तथा नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमा बुवा हरूलाई सपरिवार उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
तपाईंहरूको महत्त्वपूर्ण सहभागिताले कार्यक्रमलाई अत्यन्तै शोभायमान बनाउनेछ।
कार्यक्रमको मिति, स्थान र समय निम्नअनुसार रहेको छ:
मिति : ३ जनवरी २०२६ शनिबारको दिन
समय : साँझ ४:३० बजे देखि राती ००:३० बजे सम्म
स्थान : Byron Hall, Harrow Leisure Centre, HA3 5BD
आयोजक
तमु समाज युके