तमु समाज युकेको हार्दिक निमन्त्रणा
सन् २००७ मा स्थापना भएको तमु समाज युकेले ३० सेप्टेम्बर २०२५ मा आफ्नो १८ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको यो सुखद अवसरमा, स्थापना दिवसको विशेष कार्यक्रममा तपाईंको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।
यस कार्यक्रममा संस्थाका,केन्द्रीय कार्यसमिति पदाधिकारीहरू,संस्थापक अध्यक्ष,पूर्व तथा निवर्तमान अध्यक्षहरू,ट्रस्टीहरू,सल्लाहकारहरू,आमा समूहका अध्यक्ष, पूर्व तथा निवर्तमान अध्यक्षहरु तथा सदस्यहरू,युवा समूहका अध्यक्ष, निवर्तमान अध्यक्ष तथा सदस्यहरूसाथै तमु समाज युकेका आजीवन सदस्यहरूको उपस्थितिलाई विशेष अर्थपूर्ण मानिनेछ।
कार्यक्रमको मिति, स्थान र समय यस प्रकार छन्:
मिति: ४ अक्टोबर २०२५
स्थान: तमु समाज युकेको सामुदायिक भवन, बारहम पार्क, वोम्ब्ली
समय: साँझ ५:०० बजे
यस ऐतिहासिक दिनलाई अझ भव्य र स्मरणीय बनाउन तपाईंको सहभागिता अमूल्य रहनेछ।
धन्यवाद,
आयोजक: तमु समाज युके