तमु समाज युेकेको आयोजनामा त ल्होछार महत्सव ३ जनवरि २०२६ मा हुने भएको छ।


तमु समाज यूकेको विशेष सूचना!

तमु समाज यूकेको आयोजनामा “तमु ल्होछार / ल्होसार २०८२” आउँदो ३ जनवरी २०२६, शनिबार का दिन Harrow Leisure Centre मा भव्य तथा उल्लासमय रूपमा आयोजना हुन गइरहेको छ।

यस वर्ष सर्प वर्ग (सप्री–ल्हो) लाई बिदाइ गर्दै घोडा वर्ग (त–ल्हो) लाई स्वागत गर्ने पावन अवसरमा गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने विविध आकर्षक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।

कार्यक्रमका विशेष आकर्षणहरू :

लोकदोहोरी सांगीतिक प्रस्तुति

(तमु प्येल्हु संघ यूकेको प्रस्तुति समन्वयमा) नेपालबाट विशेष रूपमा आमन्त्रित ख्यातिप्राप्त लोकदोहोरी कलाकार चिज गुरुङ र निर्जला गुरुङको धमाकेदार सांगीतिक प्रस्तुति।

सांस्कृतिक नृत्य प्रस्तुति:

तमु समाज यूकेका प्रतिभाशाली युवक–युवतीहरूद्वारा मनमोहक तथा आकर्षक मौलिक सांस्कृतिक नृत्य।

पारम्परिक भेषभूषा तथा संस्कृति:

गुरुङ समुदायको मौलिक पहिचान झल्काउने पारम्परिक भेषभूषा र सांस्कृतिक झाँकी सहित ल्होछार लाई स्वागत गरिने छ।

राफल ड्र:

आकर्षक उपहार तथा पुरस्कारसहितको रमाइलो राफल ड्र गरिने छ।

हार्दिक अनुरोध:

यस पवित्र पर्वलाई सफल बनाउन, आपसी सद्भाव, शुभकामना र रमाइलो साटासाट गर्न सम्पूर्ण गुरुङ समुदाय तथा नेपाली दाजुभाइ र दिदीबहिनीहरूलाई स–परिवार कार्यक्रममा उपस्थित भई शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

कार्यक्रमको मिति, समय र स्थानसम्बन्धी विस्तृत जानकारी तलको ब्यानरमा भिडियो क्लिपमा हेर्नुहुन अनुरोध छ।

धन्यवाद।

तमु समाज यूके

TSUK Lhochar Advertisement 2026

Previous तमु समाज युकेको ल्होछार / ल्होसार कार्यक्रममा हार्दिक निमन्त्रणा
Next तमु समाज यूकेलाई तेश्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्डमा ऐतिहासिक सफलता