तमु समाज यूकेका आजीवन सदस्यद्वयलाई पोखरामा भव्य सम्मान! 💐


तमु समाज यूकेका आजीवन सदस्यद्वयलाई पोखरामा भव्य सम्मान! 💐

नेपाल मगर सांस्कृतिक संघ, जिल्ला समन्वय समिति कास्कीद्वारा आयोजित एक विशेष समारोहमा तमु समाज यूकेका आजीवन सदस्यद्वय तथा प्रतिष्ठित व्यक्तित्वहरूलाई गरिएको सम्मानप्रति हाम्रो संस्था गौरवान्वित भएको छ।

२०८२ फागुन ७ गते (१९ फेब्रुअरी २०२६) का दिन पोखरामा आयोजित कार्यक्रममा उहाँहरूलाई फेटा, पुष्पगुच्छा र मायाको चिनोसहित सम्मान गरिएको थियो।

सम्मानित व्यक्तित्वहरू: १. श्री मिलन तमु गुरुङ: आजीवन सदस्य- तमु समाज यूके, प्रबन्ध निर्देशक- गोर्खा मिडिया यूके, समाजसेवी तथा फोटो पत्रकार। २. श्री कुलराज गुरुङ: आजीवन सदस्य- तमु समाज यूके, अध्यक्ष- दुर्लुङ समाज यूके तथा समाजसेवी। ३. श्री राजन ढकाल: समाजसेवी। ४. श्री कमल श्रीष: कलाकार तथा पूर्व सदस्य- नेपाल मगर सांस्कृतिक संघ कास्की।

मिनल तमु र कुल राज गुरुङ

आफ्ना सक्रिय सदस्यहरू मातृभूमिमा यसरी सम्मानित भएको खबरले तमु समाज यूके परिवारलाई अत्यन्तै हर्षित बनाएको छ। सम्मानित व्यक्तित्वहरूलाई हार्दिक बधाई दिँदै आयोजक नेपाल मगर सांस्कृतिक संघ, कास्कीप्रति हार्दिक आभार प्रकट गर्दछौँ।

शिब कुमार गुरुङ- लन्डन

तमु समाज यके

Previous केन्द्रीय तमु कलाकार संघ नेपालद्वारा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङसहित चार विशिष्ट व्यक्तित्व सम्मानित
Next A War of Arrogance in the Middle East, Tears of the Innocent, and My Unfinished Journey