तमु समाज यूके आमा समूहद्वारा आयोजित हरितालिका तीज/लेडिज नाइट २०२५ भव्य रूपमा सम्पन्न
लन्डन, अगस्ट २३ – तमु समाज यूके आमा समूहद्वारा आयोजित हरितालिका तीज/लेडिज नाइट २०२५ कार्यक्रम शनिबार लन्डनस्थित वेम्ब्ली बार्हाम पार्कमा रहेको तमु समाज यूके नेप्लिज कम्युनिटी सेन्टरमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा तमु समाज यूके आमा समूहका ज्येष्ठदेखि युवा सदस्यहरू साथै लन्डनभरका नेपाली महिलाहरूको उत्साहपूर्ण सहभागिता रह्यो।
कार्यक्रम आमा समूहकी अध्यक्ष बिमला गुरुङको अध्यक्षतामा सचिव रामिला गुरुङले सञ्चालन गर्नुभएको थियो। प्रमुख अतिथि समाजकी ज्येष्ठ नागरिक आसा कुमारी गुरुङ, तमु समाज यूकेका अध्यक्ष बिन्दु घले, आमा समूह अध्यक्ष बिमला गुरुङ तथा पूर्व अध्यक्ष माया गुरुङले संयुक्त रूपमा दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो।
विशेष अतिथिहरूमध्ये तमु धीं यूके आमा समूह अध्यक्ष श्रीमती कमला गुरुङ, तमु प्ये ल्हु संघ यूके आमा समूह अध्यक्ष श्रीमती बबिता गुरुङ, मर्दिखोला समाज यूके आमा समूह अध्यक्ष श्रीमती ध्रुव गुरुङ तथा आसा फेसन हाउसकी प्रबन्ध निर्देशक आसा भुसालको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमका क्रममा सचिव रामिला गुरुङले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारी प्रस्तुत गर्नुभयो भने आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङले स्वागत मन्तव्य दिनुभयो। त्यसपछि प्रमुख अतिथि आसा कुमारी गुरुङ, तमु धी यूकेकी प्रथम महिला एवं आमा समूह अध्यक्ष कमला गुरुङ, तमु प्ये ल्हु संघ यूके आमा समूह अध्यक्ष बबिता गुरुङ, मर्दिखोला समाज यूके आमा समूह अध्यक्ष ध्रुव गुरुङ, र एनआरएन यूकेकी पूर्व प्रथम महिला तथा तमु धी यूके आमा समूहकी पूर्व अध्यक्ष सिता (मन्जु) गुरुङलाई आमा समूह अध्यक्ष बिमला गुरुङले खादा, पुष्पगुच्छा र पछ्यौरी ओढाइ सम्मान गर्नुभयो।
कोषाध्यक्ष बिबा गुरुङले कार्यक्रमका प्रायोजकहरूको नाम वाचन गर्दै आभार प्रकट गर्नुभयो। साथै, अध्यक्ष बिमला गुरुङले सम्पूर्ण उपस्थित पाहुना, सहयोगी र आयोजक टोलीप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
प्रतियोगिता तथा पुरस्कार:
यस वर्षको तीज कार्यक्रममा आयोजित राफल ड्र’ र नृत्य प्रतियोगिता विशेष आकर्षण बने।
राफल ड्र’तर्फ:
प्रथम पुरस्कार – लन्डन साउथ ह्यारोस्थित जय श्रीकृष्णा ज्वेलर्सका सञ्चालक प्रकाश गौतम र सञ्चालिका दुर्गा गौतमद्वारा प्रायोजित सुनको क्लिप
द्वितीय पुरस्कार – अश्मी ज्वेलर्सका प्रोपाईटर रन्जु श्रेष्ठ द्वारा प्रायोजित सुनजडित मोतीको माला
तेस्रोदेखि दशौंसम्मका पुरस्कार – आमा समूहका सदस्यहरूद्वारा प्रायोजन गरेका थिए।
नृत्य प्रतियोगितातर्फ:
प्रथम स्थान – मिना तमाङ (बेष्ट डान्सर उपाधि)
द्वितीय स्थान – बबिता गुरुङ (तमु प्ये ल्हु संघ यूके आमा समूह अध्यक्ष)
तृतीय स्थान – ज्योति गुरुङ
यसैगरी, राफल ड्र’का विजेता:प्रथम – सुश्री ध्रुव गुरुङ ,द्वितीय – श्रीमती मिना तमाङ,तृतीय – श्रीमती बिमला गुरुङ (आमा समूह अध्यक्ष)
कार्यक्रमको अन्त्यमा आमा समूह अध्यक्ष बिमला गुरुङले सम्पूर्ण प्रायोजक, सहयोगी, स्वयंसेवक र सदस्यहरूलाई पुनः धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको सफलताप्रति खुशी व्यक्त गर्नुभयो। कार्यक्रमका तस्बिरहरू फोटो पत्रकार टेक गुरुङले क्यामेरामा कैद गर्नुभयो।
दिउँसो ३ बजे सुरु भएको कार्यक्रम राति ९:३० बजेसम्म निरन्तर नाचगान, प्रज्वलमान गुरुङको तीज डीजे र रारा क्याटर्सले तयार गरेको स्वादिष्ट भोजनसहित सम्पन्न भयो। कार्यक्रममा आमा समूहका दिदीबहिनी, युवतीहरूदेखि ज्येष्ठ आमासम्मले उत्साहपूर्वक नाचेर सक्रिय सहभागिता जनाए।
शिब कुमार गुरुङ
तम समाज युके
लन्डन











