मुईथाई फाईटर संगम गुरुङलाई हार्दिक बधाई तथा शुभकामना


संगम गुरुङलाई हार्दिक बधाई तथा शुभकामना

मुईथाई फाइटर तथा तमु समाज युकेका युवा सदस्य संगम गुरुङलाई तमु समाज युकेको १८औं वार्षिकोत्सवको शुभ अवसरमा उत्कृष्ट सम्मानपत्रद्वारा सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा अनन्त शुभकामना व्यक्त गर्दछु।

तमु समाज युकेका पूर्व अध्यक्ष श्री शिबचन्द्र गुरुङ उपाध्यक्ष श्रीमती मिरा गुरुङका सुपुत्र संगम गुरुङले मुईथाई खेलमा प्राप्त गर्नुभएको यो उल्लेखनीय उपलब्धि साँच्चिकै प्रशंसनीय र प्रेरणादायी छ।
मिति  ४ अक्टोबर २०२५ शनिबारका दिन तमु समाज युकेले उहाँको उत्कृष्ट खेल प्रदर्शनको कदर स्वरूप सम्मानपत्र प्रदान गरेकोमा हामी सबै गर्वान्वित छौँ।

कार्यक्रममा अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ आमा समूहकी अध्यक्ष बिमला गुरुङज्यूले संयुक्त रूपमा खदा, फेटा, पुष्पगुच्छा सम्मानपत्र प्रदान गर्नुभएको थियो। साथै, संगम गुरुङका मातापितालाई समेत खदा लगाएर सम्मान गरिएको खबरले सम्पूर्ण समुदायलाई झनै गौरवान्वित बनाएको छ।

मुईथाई — ‘आठ अङ्गको कला’
मुईथाई, जसलाई ‘आठ अङ्गको कला’ (Art of Eight Limbs) पनि भनिन्छ, थाइल्यान्डको परम्परागत मार्शल आर्ट र राष्ट्रिय खेल हो। यो खेलमा हात, कुहिनो, खुट्टा र घुँडालगायत शरीरका आठ अङ्गलाई हतियारको रूपमा प्रयोग गरिन्छ। यसको शक्तिशाली प्रहार, अनुशासन, आत्मबल र सम्मानका मूल्यहरूले यो खेललाई विश्वभर विशिष्ट बनाएको छ।

लन्डनको बोन्टक निवासी युवा खेलाडी/फाईटर संगम गुरुङले यस्तो शारीरिक रूपमा कठिन र चुनौतीपूर्ण खेल (मुईथाई) मा देखाउनुभएको असाधारण समर्पण, निरन्तरको कठोर मेहनत र प्राप्त सफलताले विश्वभरका सम्पूर्ण नेपाली युवाहरूमा गहिरो प्रेरणा जगाएको छ। उहाँले हालसम्म खेल्नुभएका १३ प्रतिस्पर्धात्मक खेलमध्ये ९ पटक विजय हासिल गर्नुभएको तथ्याङ्कले उहाँको उच्च क्षमता, दृढता र उत्कृष्ट प्रदर्शनको बलियो प्रमाण प्रस्तुत गर्दछ।

तपाईंको खेल जीवनमा अझ धेरै सफलता प्राप्त होस्, अन्तर्राष्ट्रिय स्तरमा देश र समाजको नाम अझ उचो राख्ने अवसर मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

शिब कुमार गुरुङ

तथा तमु समाज युके 

Previous तमु समाज युकेले भव्यताको साथ मनायो १८औं वार्षिकोत्सव
Next Tamu Samaj UK Celebrates Dashain Festival with Nepali Language Students