लेख गुरुङ नेप्लिज कम्युनिटी (Watford) को अध्यक्षमा निर्वाचित


लेख गुरुङ नेप्लिज कम्युनिटी (Watford) को अध्यक्षमा निर्वाचित

लन्डन, बेलायत। तमु समाज यूकेका सल्लाहकार तथा तनहुँ समाज यूकेका संरक्षक आदरणीय श्री लेख गुरुङ नेप्लिज कम्युनिटी (Watford), वाटफोर्डको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

मिति ११ जुलाई २०२६, शनिबार सम्पन्न साधारणसभाबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। उहाँको निर्वाचनसँगै बेलायतस्थित नेपाली समुदायमा सामाजिक सेवा, सामुदायिक एकता तथा सहकार्यलाई थप मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

सामाजिक सेवा, समुदायप्रतिको समर्पण तथा नेतृत्वदायी भूमिकामा श्री लेख गुरुङले पुर्‍याउँदै आउनुभएको योगदान प्रशंसनीय तथा अनुकरणीय रहेको तमु समाज यूकेले जनाएको छ। उहाँको सक्षम नेतृत्वमा नेप्लिज कम्युनिटी (Watford) ले आगामी दिनमा समुदायको हित, एकता र सामाजिक विकासका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै उल्लेखनीय प्रगति हासिल गर्ने विश्वास गरिएको छ।

यसै अवसरमा तमु समाज यूकेकी अध्यक्ष श्रीमती बिन्दु कुमारी गुरुङ घले तथा संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङले श्री लेख गुरुङलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

त्यसैगरी, तमु समाज यूकेका पूर्वअध्यक्षहरू, आमा समूहका अध्यक्ष तथा पूर्वअध्यक्षहरू, कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकारहरू तथा सदस्यहरूले समेत श्री लेख गुरुङलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

साधारणसभाबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूलाई पनि तमु समाज यूके परिवारले हार्दिक बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेको छ।

-शिब कुमार गुरुङ

Previous हङकङ भ्रमण : पहिलो दिन – २३ जुन २०२६ ३३ वर्षपछिको एक भावुक पुनर्मिलन
Next विश्वले एक महान् पर्वतारोही गुमायो-विश्वचर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) लगायत ब्रोड पिक दुर्घटनामा दिवंगत सम्पूर्ण पर्वतारोहीहरूप्रति तमु समाज युकेको भावपूर्ण श्रद्धाञ्जली तथा गहिरो समवेदना