हार्दिक बधाई तथा शुभकामना!


हार्दिक बधाई तथा शुभकामना!

तमु समाज यूकेको १९औँ वार्षिकोत्सव समारोहमा ‘उत्कृष्ट समाज सेवा सम्मान–२०२६बाट सम्मानित हुनुभएका समाजका आदरणीय व्यक्तित्वहरू—

  • सल्लाहकार क्याप्टेन श्री चन्द्र बहादुर गुरुङज्यू
  • सल्लाहकार श्री मिठु गुरुङज्यू
  • आमा समूहकी सचिव सुश्री रमिला गुरुङज्यू
  • युवा सदस्य श्री निश्चल गुरुङज्यू

यहाँहरू सबैमा तमु समाज यूके परिवार तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु।

समाजप्रतिको यहाँहरूको निःस्वार्थ सेवा, समर्पण र सक्रिय योगदानको कदरस्वरूप प्रदान गरिएको यो सम्मान हामी सबैका लागि खुसी र गौरवको विषय हो। यहाँहरूको सेवाभावले समाजका अन्य सदस्य तथा नयाँ पुस्तालाई पनि सामाजिक कार्यमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास लिएकी छु।

आगामी दिनहरूमा पनि यहाँहरूको साथ, सहकार्य र योगदान निरन्तर प्राप्त भइरहोस्। यहाँहरू सबैको सुस्वास्थ्य, सुख, समृद्धि तथा समाजसेवाको यात्रामा थप सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।

श्रीमती बिन्दुकुमारी गुरुङ घले
अध्यक्ष, तमु समाज यूके

 

Previous एकता, सेवा र संस्कृतिको गौरवपूर्ण यात्राका १९ वर्ष पूरा गरी तमु समाज यूकेले मनायो वार्षिकोत्सव
Next Our Pride, Our History—Watch TENZING and Help Spread the Word!