तमु समाज युकेका आमा समुह द्वारा लन्डनमा भब्य तीज २०२१ कार्यक्रम सम्पन्न।


तमु समाज युकेका आमा समुह द्वारा लन्डनमा भब्य तीज २०२१ कार्यक्रम सम्पन्न।

नारिहरुको महान पर्व तिजको पवन अवसरमा ११ सेप्टेम्बर २०२१ शनिबार तमु समाज युके आमा समूहको आयोजनामा यस बर्षको लेडिज नाईट तथा हरितालिका तीज कार्यक्रम लन्डनको वेम्बली बरहाम पार्क स्थित तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा भब्यताका साथ सम्पन्न गरेको छ।

                        

तमु समाज युके आमा समुहका अध्यक्ष उमा देवी गुरुङको अध्यक्षतामा आमा समूहका सचिब मिरा गुरुङले संचालन गरेको लेडिज नाईट तथा तिज २०२१ बिषेस कार्यक्रम आमा समूहका अध्यक्ष उमा देवी गुरुङ, निबर्तमान आमा समूहका अध्यक्ष बिन्दु घले, जेष्ठ नागरिक श्रद्धेय श्रीमती मन कुमारि गुरुङ र आमा समूहका पूर्व अध्यक्ष माया गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरि समुदघाटन गरेका थिए। तीज औपचारिक कार्यक्रमको हेल्थ एण्ड सेफ्टीको बारेमा  सचिब मिरा गुरुङले जानकारी दिएका थिए। यसैगरी आमा समूहका उपाध्यक्ष मथुरा देवि गुरुङले स्वागत मन्तव्य र आमा समूहका अध्यक्ष उमा देवी गुरुङले धन्यवाद मन्तव्य दिएका थिए। कार्यक्रममा आमा समूहका कोषाध्यक्ष बिवा गुरुङले लेडिज नाईट तथा तीज कार्यक्रमलाई बिभिन्न किसिमका सहयोग र प्रायोजन गर्ने दाताहरुलाई आभार सहित हार्दिक धन्यवाद व्यक्त गर्दै सबैको नामावली पढेर सुनाएका थिए।

                      

नारिहरुको बिषेस तिज कार्यक्रममा हल सजावट तथा खाने पिउनेको व्यवस्थापनमा तमु समाज युकेका अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ लगायत पूर्ब अध्यक्षहरु, कार्य समितिका पदाधिकारीहरु र केहि पुरुष सदस्यहरुले सहयोग गरेका थिए।

                         

कोभिड महामारीका कारण लामो समयको अन्तरालमा आयोजना गरिएको यो लेडिज नाईट तथा तीज कार्यक्रमा एकै किसिमको रातो नेपाली ढाकाको सारि पहिरिएका तमु समाज युकेका आमा दिदी बहिनीहरु र लण्डन वेम्बली वरपरका नेपाली नारिहरुको उल्लेख्य उपस्थिती रहेको थियो।  दिउसो  दुई बजे आरम्भ भएको तीज कार्यक्रममा आमा दिदि बहिनी हरुले  स्वादिष्ट खानपिन गर्दै बिशाल तामाङको तीज डिजेमा नाचेर बेलुका दस बजे सम्मा भरपुर मनोरञ्जन गरेका थिए।  कार्यक्रममा सन्तोस गुरुङको केटरिङले खानाको बन्दोबस्त, आमा समूहका आमा दिदि बहिनिहरुले खाजाको बन्दोबस्त र  तमु समाज युके युवा समूहका अध्यक्ष तथा फोटोग्राफर  ओमकार गुरुङले फोटोग्राफी गरेका थिए।

 

तीज बिषेस कार्यक्रममा सहभागि सबै आमा दिदिबहिनिहरुलाई तीजको हार्दिक शुभकामना तथा सहयोग गर्ने सबै महानुभावहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

 

Previous १२औं नेपाली मेला २०२१मा तमु समाज युकेको सहभागिता।
Next लेडिज नाइट र तीज जमघटमा रमाए लन्डनका नेपाली चेली