तमु समाज युकेको बार्षिक साधारण सभा तयारी बैठक सम्पन्न


तमु समाज युकेको बार्षिक साधारण सभा तयारी बैठक सम्पन्न

२१ सेप्टेम्बर २०१४
निरज गुरुङ, लण्डन,

अल्पर्टन स्थित एबे स्टेट कम्युनिटी सेन्टरमा २० सेप्टेम्बर २०१४ का दिन तमु समाज युकेको अध्यक्ष शिबसरण गुरुङको अध्यक्षतामा तमु समाज युकेको सातौ बार्षिक साधारण सभा तयारी बैठक सम्पन्न भएको छ।समाजका महासचिब रामचन्द्र गुरुङले सन्चालन गरेको बैठकमा समाजको आगामी नोभेम्बर १ तारीक तय गरिएको बार्षिक साधारण सभा सम्बन्धी बिभिन्न महत्वपुर्ण बुँदाहरुमा छलफल गरिएको थियो।
समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ लगायत, सल्लाहकारहरु, जेष्ठ नागरीक लगायत समाजका बिभिन्न पदाधिकारीहरुको ऊपस्थीती रहेको उक्त बैठकमा समाजका कोषाध्यक्ष केदार बहादुर गुरुङले समाजको आर्थिक आय तथा ब्याय को बिवरण प्रस्तुत गरेको थियो।
बैठकमा समाजका आगामी बार्षिक साधारण सभालाई मध्यनजर गर्दै संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङको संयोजकत्वमा सल्लाहकार टिका गुरुङ, सल्लाहकार ले. मिम बहादुर गुरुङ, सल्लाहकार सनमान गुरुङ र आजिवन सदस्यता संयोजक कन्या प्रसाद गुरुङ सदस्य रहेको निर्बाचन समिती गठन गरिएको छ।उक्त अबसरमा तमु समाज युके आमा समुहको अध्यक्ष माया गुरुङ लगायत सिंगो आमा समुहको सक्रियतामा बिभिन्न कार्यक्रम आयोजना गरि जम्मा गरिएको २५०० पाउण्ड समाजको कोषाध्यक्ष केदार बहादुर गुरुङलाइ आमा समुहको तर्फबाट बिजु गुरुङ, टिका गुरुङ, सिर्जना गुरुङ, सुर्य कुमारी गुरुङ लगायत बाट हस्तान्तरण गरीएको थियो।यसै क्रममा तमु समाज युकेका अध्यक्ष शिबसरण गुरुङले तमु समाज युके आमा समुहका अध्यक्ष माया गुरुङलगायत सम्पुर्ण आमा समुह लाइ धन्यबाद ब्यक्त गरेको थियो।
यसै क्रममा समाजको सामाजिक भवन खरिद परियोजनाको सहयोगार्थ देउसी भैलो कार्यक्रम गर्नको निम्ति समाजको सदस्यता संयोजक कन्या प्रसाद गुरुङ, सल्लाहकार अर्जुन कुमार गुरुङ, सल्लाहकार टिका गुरुङ, सह कोषध्यक्ष भरत गुरुङ, सल्लाहकार चन्द्र बहादुर गुरुङ, सदस्य चन्द्र कुमारी गुरुङ, र सदस्य ज्ञान बहादुर गुरुङ संयोजक रहेको देउसी भैलो समिती २०१४ गठन गरिएको छ।
गेट पास चलचित्र प्रदर्शन तथा मनोज गुरुङको सम्मान
यसैक्रममा गोर्खा भर्ति र यसले नेपाली समाजमा पारेको शैक्षिक बिभेदको बिषय बस्तुलाई आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र गेट पास प्रदर्शन गर्नको निम्ति युके आएको तमु ह्युला छोंज धीं गुरुङ राष्टिय परिषद नेपालका केन्द्रिय प्रचार सचिब मनोज गुरुङलाई समाजको तर्फबाट स्वागत तथा सम्मान गर्नुको साथै उनै मनोज गुरुङ द्वारा निर्देशित नेपाली चलचित्र गेटपास प्रदर्शन गरिएको थियो।उक्त अबसरमा सम्मानित व्यक्तित्व मनोज गुरुङले तमु समाज युके प्रति आभार प्रकट गरेको थियो भने समाजको अध्यक्ष शिबसरन गुरुङ ले समाज सुधारका युबा अभियन्ता मनोज गुरुङको खुलेर प्रशंसा गरेको थियो।
यसै क्रममा सपन इन्टरटेनमेन्ट को माध्यमबाट बेलायतको सामाजिक जिबनको बिभिन्न क्षेत्रमा महत्वपुर्ण भुमिका निर्बाह गर्ने सपन इन्टरटेनमेन्ट को संचालक सपन कुमार राई लाई समाजको अध्यक्ष शिबसरण गुरुङले समाजको खादा लगाई सम्मान गरिएको थियो।
यसैक्रममा समाजका खेलकुद सचिब हरिमान गुरुङ र संयोजक शिबकुमार गुरुङको सक्रियतामा बैठक तथा कार्यक्रममा सहभागि सबैलाई मिठो खानाको ब्यबस्था गरिएको थियो।

Previous तमु समाज युकेको सामाजिक भवन खरिद परियोजना सहयोगार्थ आयोजित च्यारिटी डिनर नाईट कार्यक्रम भव्य रुपमा सम्पन्न।
Next तमु समाज युकेको ल्हु ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न।