तमु समाज युकेको १५औं बार्षिक साधारण सभा २०२२ सम्पन्न।


तमु समाज युकेको १५औं बार्षिक साधारण सभा २०२२ सम्पन्न।

शिवशरण गुरुङ – लण्डन

तमु समाज युकेको १५औं बार्षिक साधारण सभा आईतबार ५ जुन २०२२का दिन तमु समाज युके नेपालीज कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा सम्पन्न भएको छ। तमु समाज युके छैटौं कार्य समितिका अध्यक्ष शिव कुमार गुरुङको अध्यक्षतामा बसेको उक्त बार्षिक साधारण सभा अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, आमा समूहका अध्यक्ष उमा देवी गुरुङ र सल्लाहकार तथा काउन्सिलर कमल गरुङले संयुक्त रुपमा पानासमा दिप प्रज्वलन गरि शुभारम्भ गरिएको थियो। सभाको आरम्भमा समाजका दिवाङ्गत सदस्यहरुको स्मृतिमा १ मिनट मौनधारण गरेको थियो।

महासचिब धरमबल गुरुङले हेल्थ एण्ड सेफ्टि बारे जानकारि गराउदै संचालन गरेको बार्षिक साधारण सभामा बरिष्ठ उपाध्यक्ष हर्क बहादुर गरुङले स्वागत मन्तब्य, पूर्ब अध्यक्ष द्वय शिवशरण गुरुङ, अर्जुन कुमार गुरुङ र निबर्तमान अध्यक्ष शिव चन्द्र गुरुङले शुभकामना मन्तव्य राखेका थिए। शुभकामना मन्तव्यकै क्रममा अन्तिम वक्त संस्थापक अध्यक्ष चित्र बहादुर गरुङले छैटौं कार्य समितिले बिगत देखि बर्तमान सम्म गरेका बिभिन्न सामाजिक तथा परोपकारी कार्यहरुको मुग्ध कण्ठले प्रसंशा गर्दै हार्दिक बधाई शुभकामना र धन्यवाद पनि दिएका थिए ।

साधरण सभामा महासचिवले संस्थाको बार्षिक प्रतिबेदन तथा प्रगति बिबरण प्रस्तुत गरेपछि क्रमस: आमा समुहका अध्यक्षले आमा सुमूहको बार्षिक प्रतिबेदन, कोषाध्यक्ष खेम बहादुर गुरुङ र अध्यक्ष शिव कुमार गुरुङले संयुक्तरुपमा भवन खरिद परियोजना र संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। सभामा प्रस्तुत गरेका सबै प्रतिबेदनहरु सर्बसम्मत बाट अनुमोदन गरिएको थियो।

तमु समाज युकेको १५औं साधारण सभामा २०१८ देखि २०२० साल सम्म कार्य समितिको सदस्य पदमा रहनुभाई समाजलाई गर्नु भएको ठुलो योगदानको उच्च कदर गर्दै स्वर्गिय खुशिमान गुरुङज्युलाई मरणोप्रान्त सम्मान पत्र प्रदान गरिएको थियो। सम्मान पत्र स्वर्गिय खुशिमान गुरुङका धर्मपत्नि श्रीमती पञ्जा गुरुङले ग्रहण गर्नुभएको थियो।

सभामा समाजको बिधान पुनरलेखनको बारेमा र आगामि बर्षको योजना र कार्यक्रमहरुको बारेमा बुदागत रुपमा घनिभूत छलफलगरि महत्वपुर्ण निर्णयहरु गरेका थिए।

सौहाद्रपुर्ण बातावरणमा संचालन भएको साधारण सभामा सदस्यहरुको बोल्ने समयमा सबैले समाजको सर्बोपरि हित उन्नति र भाबि कर्यक्रमहरुका निम्ति सकारत्मक सुझावहरु दिदै हाल सम्मा भैरहेका कार्यहरुमा खुसि प्रकट गर्दै छैटौं कार्यसमितिका अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारिहरुलाई धन्यबाद ब्यक्त गरेका थिए।

साधारण सभाको अन्तमा सदसस्यहरुको बोल्ने क्रममा उठेका र प्रस्ताब गरेका बिभिन्न बिषयहरुको बुदागत छलफल र निर्णयहरु गरेपछि अध्यक्ष शिव कुमार गरुङले सबैलाई आभार प्रकट गर्दै धन्यबाद मन्तब्य राखेर १५औं बार्षिक साधारण सभा औपाचारिक रुपमा समापन भएको थियो।

बिहान १०:३० बजे आरम्भ भई बेलुका १७:३०बजे अन्त भएको कार्यक्रमको मध्यन्तरमा आमा समूहको संयोजनमा खाना र जलपानको ब्यबस्था गरिएको थियो।

साधरण सभा अन्त भएको लगत्तै गत मे महिनामा सम्पन्न बेलायतको स्थानिय निर्बाचनमा लेबर पार्टिको प्रतिनिधित्व गरि लन्डन बोरो अफ बार्नेटको बर्न्टओक वार्ड बाट काउन्सिलर पदमा निर्बाचित हुनुभएका तमु समाज युकेका सल्लाहकार कमल गुरुङ र वहाँका धर्मपत्नि तमु समाज युकेका सल्लाहकार तथा आमा समूहका पूर्ब अध्यक्ष माया गुरुङलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। बधाई तथा सम्मान कार्यक्रममा अन्य संघ संस्थाका व्यक्तित्वहरु र काउन्सिलर गुरुङका आफन्तजन तथा शुभचिन्तक मित्रगणहरुको पनि उपस्थिति रहेको थियो।कार्यक्रममा काउन्सिलर कमल गरुङको निर्बाचन बारेमा श्रव्य दृष्य प्रस्तुत गर्दै तमु समाज युकेका अध्यक्ष तथा आमा समूहका अध्यक्षले फेटा खादा पछ्यौरि तथा पुष्प गुछ्छा प्रदान गरि काउन्सिलर दम्पतिलाई हार्दिक बधाई ज्ञापन तथा सम्मान गरेका थिए।यसैगरि उपस्थित अन्य सबैले पनि काउन्सिलर दम्पतिलाई खादा लगाई बधाई ज्ञापन गरेका थिए। त्यस पस्चात केक काटि स्यम्पेन खोलेर सबैमा बिजयको खुसि बाँडेका थिए।कार्यक्रममा काउन्सिलर गुरुङको परिवार बाट उपस्थित सबैलाई भोजन र पेय पदार्थको पूर्ण ब्यबस्था गरिएको थियो  ।कार्यक्रममा गायिका तारा श्रृस मगर लाई खादा पछेउरि र पुष्प गुछ्छा प्रदानगरि तमु समाज युके द्वारा सम्मान गरेको थियो भने यसै गरि तारा श्रृस मगर द्वारा तमु समाज युकेलाइ माया चिनो प्रादान गरेको छ। कार्यक्रम अन्तसम्म तरा श्रृस मगर ले मिठा मिठा गित गाएर सबैलाई नचाएका थिए।

 

Previous स्व: श्री दमन गुरुङको ४९औं दिनको पुण्य तिथिमा टुहुन्टा पुजा पाठ/अर्घौं सम्पन्न !!!
Next