तमु समाज युकेले दशौं बार्षिक उत्सव लण्डनमा धुमधाम संग मनायो।


Tamu Samaj UK Nepalese Community  Celebrated the 10th  Anniversary of Celebration  in the Harrow Leisure Centre  London on 9th Sep 2017. 

शिवशरण गुरुङ – लण्डन

तमु समाज युकेले दशौं बार्षिक उत्सव लण्डन स्थित ह्यारो लेजर सेन्टरमा एक भब्य कार्यक्रम आयोजनागरि गत ९ सेप्टम्बर २०१७मा हर्ष र उल्लसमय बातावरणमा धुमधाम संग मनायो।

तमु समाज युकेका अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षता र लण्डन बरो अफ ब्रेन्टका मेयर श्री भगवानजी चौहनको प्रमुख आतिथ्यमा सम्पन्न तमु समाज युकेको दशौं बार्षिक उत्सव कार्यक्रमको समुउदघाटन पानसमा दिप प्रज्वलन गरी संयुक्त रुपमा प्रमुख अतिथि र समाजका अध्यक्षले गरेको थियो।कार्यक्रमको उदघाटन संगै नेपाल र बेलायतको राष्टिय धुन बजाइएको थियो। दशौं बार्षिक उत्सवको औपचारिक कार्यक्रम समाजका महासचिब ज्ञान बहादुर गुरुङले सन्चालन गरेको थियो भने सल्लाहकार शिव कुमार गुरुङले हेल्थ र सेफ्टि सम्बन्धी जानकारी गराएका थिए।

TSUK 10 th Aniversary Celebration photo 3jpg                 TSUK 10 th Aniversary Celebration photo 2

यसै गरि कार्यक्रममा अध्यक्ष अर्जुन कुमार गुरुङले स्वागत तथा धन्यबाद मन्तब्य राखेको थियो र उपस्थित सबैलाई दशौं बार्षिकको शुखद उपलक्षमा हार्दिक शुभकामन पनि ब्यक्त गरेका थिए।उक्त कार्यक्रमको बोल्ने क्रममा प्रमुख अतिथी लण्डन बरो अफ ब्रेन्टका मेयार भगवानजि चौहानले तमु समाज युकेले आयोजना गरेको यो एतिहाँसिक दशौं बार्षिक उत्सव कार्यक्रममा सहभागी हुन पाउदा खुशी ब्यक्त गर्दै, नेपालीहरुले बेलायति जिवन पद्दतिमा अन्तर घुलन तथा समाहित हुनुको साथसाथै आफ्नो मौलिक नेपाली कला र संस्कृतीलाई सदा जोगाईराख्नअ र भाबि पुस्तामा यसको हस्तान्तरण गर्नु पर्ने बताउनु भयो र कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद सहित शुभकामना पनि ब्यक्त गर्नु भएको थियो।

सन २००७ सेप्टम्बर महिनमा स्थापना भई बेलायतको च्यारिटि कमिसनमा डिसेम्बर २०१२मा बैधानिक रुपमा दर्ता भएको गैर नाफामुलक च्यारिटेवल सामाजिक संस्था तमु समाज युकेले बेलायतवासी समस्त नेपाली र तमुहरुको हरेक दु:ख र सुखमा साथ दिंदै आएको छ। तमु समाज युकेको सामाजिक सकृयता र बिगत १० बर्षमा यसले हाँसिल गरेका उपलब्धिहरु गर्ब गर्न लायक छन। नेपाली तथा तमु कला संस्कृतिको प्रचार प्रसार, भाषा एवं भेषभुषा संरक्षण, सम्बर्धन तथा नयाँ पुस्तामा आफ्नो मौलिक परम्परा कायम गराउन यस संस्था निरन्तर रुपमा लागिरहेको छ।

तमु समाज युकेले आफ्नो नेपाली तथा तमु पहिचानको जगेर्न गर्दै स्वदेस तथा प्रवासमा बिभिन्न संस्कृतिक, सामाजिक तथा परोपकारि कार्यहरु गर्दै संयुक्त अधिराज्यमा बेलायति रहन सहन र जिवन पद्दतिमा अन्तर घुलन तथा समाहित हुदै लण्डनको स्थानिय बेलायतिहरुको मान पनि जितेको छ।फलस्वरुप तमु समाज युकेले लण्डन बरो अफ ब्रेन्ट काउन्सिल बाट कम्युनिटि एसेट ट्रन्फर योजना अन्तरगत एक समुदयिक भवन प्राप्त गर्न सफल भएका छ। सम्भवता स्थानिय सरकारबाट नेपाली समाजिक संस्थाले लण्डनमा यसरि सामुदायिक भवन प्राप्त गरेको यो पहिलो हो। लन्डनको अति महत्वपुर्ण स्थानमा वेम्बलि सडबरिमा अवस्थीत रहेको उक्त भवन लाई तमु समाज युकेले सुबिधा सम्पन्न रिनोभेसन निर्माण कार्य पुरा गरि तमु समाज युके नेपलीज कम्युनिटि सेन्टर नामाकरण सहित ब्रेन्ट काउन्सिल लिडरको बाहुलि बाट समुदघाटन गरेर पुर्ण रुपमा सामुदयिक प्रयोगमा ल्याएको ब्यहोरा समाजका अध्यक्ष अर्जुन कुमार गुरुङले आफ्नो मन्तब्यमा सहर्ष सबैलाई जानकारि गराएका थिए।

TSUK 10 th Aniversary Celebration photo 4jpg                      TSUK 10 th Aniversary Celebration photo 5jpg

स्थानिय सरकारबाट लिजमा भवन प्राप्त गर्ने यो एतिहासिक तथा उदाहरणिय कार्यमा महत्वपुर्ण भुमिका निर्बहा गर्नुहुने र भवन प्राप्त भईसके पछि रिनोभेसन कार्यमा प्रतक्ष र अप्रतक्ष रुपमा आर्थिक, भौतिक तथा श्रमदान गर्नुहुने समाजका सम्पुर्ण श्रद्धेय सदस्य तथा शुभचिन्तक महानुभावहरु र भवन उपलब्ध गराईदिने लण्डन बोरो अफ ब्रेन्ट र बरहाम ट्रष्टका पदाधिकारिहरुलाई तमु समाज युके अध्यक्षले आभार सहित हार्दिक कृतज्ञता पनि ब्यक्त गरेका थिए कार्यक्रममा।

कार्यक्रममा स्थापना कालदेखि बर्तमान सम्मका बिभिन्न कार्यसमितिका पदाधिकारिहरु, सल्लाहकारहरु, आमा समुहका पदाधिकारिहरु र युवा समुहका पदाधिकारिहरुलाई अ-आफ्नो कार्यकालमा निस्वार्थ भावबाट समाजको सेवागरि उल्लेख्य योगदान पुराउनुभएका सबैलाई तमु समाज युके १०औं बार्षिक उत्सव समाज सेवा एवार्ड प्रदान गरिएको थियो।

उक्त सम्मान तथा एवार्ड बितरणमा प्रमुख अतिथी लण्डन बरो अफ ब्रेन्टका मेयर श्री भगवानजी चौहान, अतिथीहरुमा लण्डन बोरो अफ ब्रेन्टका हाउन्सलोका पुर्ब उपमेयर काउनसिलर बिष्णु बहादुर गुरुङ, तमु पे ल्हु संघका अध्यक्ष मेजर खुसिमान गुरुङ, साउथ ईष्ट रिजनल तमु धिंका अध्यक्ष श्री चन्द्र गुरुङ, नेपाल आदिबासि जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डन्ड गुरुङ, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, निबर्तमान अध्यक्ष शिव शरण गुरुङ पूर्ब उपाध्यक्ष टिका गुरुङ र आमा समुहका अध्यक्ष माया गुरुङ सहाभागी रहेका थिए।

कार्यक्रममा नेपाल देखि बेलायत भ्रमणमा अउनुभएका नेपाल आदिबासि जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डन्ड गुरुङ, काश्की आवाज राष्ट्रिय दैनिका प्रमुख सम्पादक हुम बहादुर गुरुङ, फोनिजका अन्य पत्रकारहरु गनेश राई, मनोज घर्ति मगर, देबेन्द्र लिम्बु, रोसनी गुरुङ र यसैगरि नेपाल देखी अउनुभएका अतिथि कलाकारहरु पवन राना, राजन गुरुङ र जमुना राना लाई समाजका अध्यक्ष अर्जुन कुमार गुरुङ र आमा समुहका अध्यक्ष माया गुरुङले मायाको चिनो स्वरुप तमु समाज युकको प्लेक प्रदान गरेर खादा लगाई सम्मान गरेको थियो।यसैगरि फोनिजको चिनो अध्यक्ष डन्ड गुरुङ र तमु संसारको चिनो संचारकर्मि रोसनी गुरुङले तमु समाज युकेलाई प्रदान गर्नु भएको थियो।

Tsuk comunity hall opening ceremony 9jpg                        TSUK 10 th Aniversary Celebration photo 7jpg

दशौं बार्षिक उत्सव कार्यक्रममा मनोरन्जनको पाटोमा नेपाल बाट अउनुभएका अतिथि कलाकारहरु पवन राना, राजन गुरुङ र जमुना रानाको जोडदार प्रस्तुति रहेको थियो र यसैगरि अर्को आकर्षण तमु समाज युकेको आमा समुह, युबा समुह र सयपत्री कल्चरल ग्रुपको कलाकारहरुको उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिएको थियो। स्थानिय कलाकारहरुको उत्कृष्ट साँस्कृतिक तथा अधुनिक नृत्यहरु तथा अतिथी कलाकारहरुको बेजोड गायन प्रस्तुतिमा उपस्थित सबै सदस्य तथा अतिथि महानुभवहरुले पनि नाचेर साथ दिएका थिए। उक्त संस्कृतिक कार्यक्रमको कोरीयोग्राफी सरु गुरुङ राना र बिन्दु घलेले गरेका थिए भने कार्यक्रमको संचालन निरज गुरुङ र लक्ष्मी गुरुङले गरेका थिए।

कार्यक्रममा बेलायतको पार्लियामेन्टमा इलिङ तथा साउथहलको सदस्य माननिय बिरेन्द्र शर्मा, हाउनस्लोका पुर्ब उप मेयर काउन्सिलर बिष्णु बहादुर गुरुङ लगायत अन्य काउन्सिलरहरुको साथै तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशिमान गुरुङ एमभिओ एमबिई, निबर्तमान अध्यक्ष सोम त्होर्जे तमु र पूर्व प्रमुख सल्लाहकार क्याप्टेन डेम बहादुर गुरुङ, दक्षिण पूर्बि क्षेत्रिय तमु धिं लण्डनका अध्यक्ष श्रीचन्द्र गुरुङ, पर्बत वेलफेयर सोसाईटि युकेका अध्यक्ष ददि आचार्य, चार भाङज्यङ तमु समाज युकेका अध्यक्ष मेजर कृष्ण बहादुर गुरुङ, पुन समाज युकेका अध्यक्ष एक बहादुर पुन, तनहुँ समाज युकेका अध्यक्ष लेख बहादुर गुरुङ, दुर्लुङ समाज युकेका अध्यक्ष रक्षे बहादुर गुरुङ, तमु कलाकार सँस्कृतिक मंच युकेका अध्यक्ष सुर्य गुरुङ, लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङ, रोयाल बरो अफ ग्रिनविच नेपाली सोसाईटिका अध्यक्ष हरि गोबिन्द गुरुङ, देवाचन बुद्धिष्ट सेन्टर युकेका अध्यक्ष लामा धरम गुरुङ, कोडेक युकेका उपाध्यक्ष धन तामाङ, यती नेपाल एसोसिएसन युकेका पुर्ब अध्यक्ष उमेस राज मोक्तान, एभरेष्ट ल फर्मका सोलिसिटर राजु थापा, नेपाल आदिबासी जनजाति पत्रकार महासंघका अध्यक्ष डन्ड गुरुङ, काश्की अवाज राष्ट्रिय दैनिकका प्रमुख सम्पादक हुम बहादुर गुरुङ लगायत अन्य नेपालि जनजाति पत्रकारहरु र बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गर्नको निम्ति तमु समाज युकेका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारिहरु, आजिबन सदस्यहरु, युवा समुह, आमा समुह र समाजको शुभेच्छुकहरुले महत्वपुर्ण भुमिका निर्बाह गरेको थियो। कार्यक्रममा सबै अतिथिहरुलाई आमा समुहले खादा लगाई स्वागत गरेका थिए। यसैगरि गैर नेपाली मुलका अतिथिहरुमा मायाको चिनो स्वरुप महिलाहरुलाई घलेक र पुरुषहरुलाई नेपाली ढाकाटोपि र ढाकाको टाई ओडाई दिएका थिए।

TSUK 10th Aniversary celebration photo 11_files                   TSUK 10th Aniversary celebration photo 12_files

कार्यक्रमलाई थप मनोरंजन र रोचक बनाउन राफल ड्रको पनि आयोजना गरेको थियो। राफल ड्रको पुरस्कारहरु प्रथम पुरस्कार नेपाल जाने अउने हवाई टिकट ट्राभल कन्सोलका निर्देशक बिराज भट्टले प्रायोजन गर्नु भएको थियो।र अन्य पुरस्कारहरुमा नगद १५० पाउन्ड अईएमई लन्डन मनि ट्रानस्फरका निर्देशक कमल पौडेल र घडि रारा केटरिङका प्रोपाईटर प्रताप रायामाजिले प्रयोजन गर्नु भएको थियो।

Raffle Prize winners:

121 (17)121 (18)121 (19)121(21)

बेलुकि ५ बजे आरम्भ भएको दशौ बार्षिक उत्सव कार्यक्रमको अन्तिम चरणमा चाँद म्युजिक ओर्ल्डको डिजेमा आफुखुशीको नाच नाच्दै सबैले भरपुर मनोरन्जन गरेर रातिको १२:३०बजे अन्त भएको थियो।कार्यक्रममा बरिष्ट फोटोग्राफर मिलन गुरुङ, फोटोग्राफर ओमकार गुरुङ र फोटोग्राफर टेक गुरुङले उत्कृष्ट फोटोग्राफि गरेको थियो भने भिडियोग्राफिमा बिबिएन टेलिभिजनका बिसन गुरुङ, साउण्ड सिस्टम चाँद लामाले ब्यबस्थापन गरेको थियो।

Previous तमु समाज युके नेपालीज कम्युनिटि सेन्टरको भब्य समुदघाटन।
Next हार्दिक बधाई तथा अाभार