तमु समाज युकेले लण्डनमा खी ल्होछार भब्य रुपमा मनायो।


निरज गुरुङ  लण्डन, ३० डिसेम्बर २०१७

लण्डन स्थित हेरो लेजर सेन्टरको एरिना १ हलमा शनिबार ३० डिसेम्बर २०१७ मातमु समाज युके द्वारा आयोजित तमुहरुको महान पर्ब खी ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।लण्डन बरो अफ ब्रेन्टका मेयर भगवानजि चौहानको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको समुउदघाटनसंयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी प्रमुख अतिथि, समाजका अध्यक्ष र समाजका बयोबृद्ध जेष्ठनागरिक श्री धनसिङ गुरुङले गरेको थियो।कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो।

तमु समाज २

कार्यक्रमका प्रमुख अतिथीले तमु समाज युकेले आयोजना गरेको ल्होछार कार्यक्रममा सहभागी हुन पाउदा खुशी ब्यक्त गर्दै, साँस्कृतिक बिभिधताको नमुनाको रुपमा रहेको बेलायतमा नेपाली तमु समुदायको महत्वपुर्ण भुमिका रहेको बताउदै नेपाली तथा तमु कला, पहिचान र संस्कृतीलाई जोगाइ राख्नको निम्ति सबैलाई अब्हान गर्दै तमु समाज युकेको खी ल्होछार कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद सहित ल्होछारको शुभकामना ब्यक्त गरेको थियो।

समाजका अध्यक्ष अर्जुन कुमार गुरुङ अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको सन्चालन समाजका महासचिब ज्ञान बहादुर गुरुङले गरेको थियो।कार्यक्रमको संयोजक केदार बहादुर गुरुङबाट हेल्थ र सेफ्टि सम्बन्धी जानकारी गरेको थियो भने अध्यक्ष अर्जुन कुमार गुरुङले स्वागत मन्तब्य राखेको थियो।यसैगरी कार्यक्रममा सहभागि सबैलाई समाजका उपाध्यक्ष बिजु गुरुङले धन्यबाद मन्तब्य दिएको थियो। कार्यक्रममा समाजका नयाँ आजिबन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र तथा समाजको लोगो अंकित ब्यज बितरण गरि समाजमा औपचारिक रुपमा स्वागत गरिएको थियो।

तमु समाज ४

कार्यक्रममा समाजले खी ल्होछार तथा समाजको दशौ बार्षिक उत्सबको अबसर प्रकाशन गरेको समाजको मुखपत्र सलि ट ( सुनखरी) को दोस्रो संस्कारण कार्यक्रमको प्रमुख अतिथी भगवानजि चौहान, समाजका अध्यक्ष अर्जुन कुमार गुरुङ, पुर्ब अध्यक्ष, शिबशरण गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, जेष्ठ नागरिक धनसिंह गुरुङ र अतिथि काउन्सिलर बिष्णु बहादुर गुरुङ बाट संयुक्त रुपमा लोकार्पण गरिएको थियो।सो अबसरमा सलि ट को नयाँ संस्कारण निशुल्क बितरण गरिएको थियो।

तमु समाज ३

खी ल्होछार पुजा कार्यक्रमको संयोजन समाजका सल्लाहकार ईमान घले र आमा समुहको अध्यक्ष माया गुरुङको संयोजनमा लामा गुरु धरम गुरुङले दिउसो तमु समाज युके नेपलीज कम्युनिटि सेन्टर बरहाम पार्क बेब्लीमा सम्पन्न गरेको थियो।

खी ल्होछार कार्यक्रमको अवसरमा तमु समाज युकेको समाजिक भवन खरिद परियोजनाका चन्दादाताहरु, शैक्षिक सत्र २०१७मा स्नातक तथा स्नाकोउत्तरमा सफलता प्राप्त बिध्यार्थी, कलाकारहरु तथा बिगतको बर्षभरी सामाजिक जीबनको बिभिन्न पक्षमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुको साथै समाजिक सेवा र बिकासमा उल्लेख्य योगदान पुराउने महानुभावहरुलाई ताम्रापत्र र प्रशंसापत्र सहित सम्मान गरिएको थियो। सम्मान तथा प्रशंसापत्र बितरणमा प्रमुख अतिथी लण्डन बोरो अफ ब्रेन्टका मेयर भगवानजी चौहान, काउन्सिलर मोहमद बट, काउन्सिलर विलमिनेया म्कार्थी र समाजकाअध्यक्ष अर्जुन कुमार गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ, उपाध्यक्ष बिजु गुरुङ, शिबचन्द्र गुरुङ र ले.रि. मिम बहादुर गुरुङ र आमा समुहका अध्यक्ष माया गुरुङ लगायत सहाभागी भएको थियो।

तमु समाज ९             तमु समाज १०

 

कार्यक्रममा तमु समाज युकेको सामाजिक भवन खरिद परियोजनमा एकहजार भन्दा माथी चन्दा दान गर्ने दानबिरहरु जुम बहादुर गुरुङ र उमा डोल्मा गुरुङ, बिभादेबी गुरुङ, टेक बहादुर गुरुङ र निता गुरुङ, बेन कुमार घले र सोनिया घले, हितमान गुरुङ तथा मिठु गुरुङ, मिलन कुमार गुरुङ र तिल कुमारि गुरुङ, जय बहादुर गुरुङ र तुलसि गुरुङ,सह सचिब हर्क बहादुर गुरुङ र शान्तिकला गुरुङ, युक्त बहादुर गुरुङ र पुष्पा गुरुङ, हितमान गुरुङ र तानिया गुरुङ, ओमकार गुरुङ र लक्ष्मी गुरुङ लगायतलाई ताम्रापत्र तथा प्रसंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो।

तमु समाज ५

यसैगरी समाजको स्थापनाकाल देखि अनावरतरुपमा बिभिन्न महत्वपुर्ण पदहरुमा रहेर सामाजिक जीबनको बिभिन्न क्षेत्रमा तमु समाज युकेको संरक्षण, संबर्धन र बिकास गर्नको निम्ती अहोरात्र खटिई अतुलनिय योगदान गरेका सामाजिक अभियन्ता ब्यक्तित्व द्वाय संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र पुर्ब अध्यक्ष शिवशरण गुरुङलाई तमु समाज युके बिशिष्ट सेवा पदक बाट सम्मान गरिएको थियो।सम्मानित ब्यक्तित्व द्वयलाई कार्यक्रमाका प्रमुख अतिथि लण्डन बरो अफ ब्रेन्टका मेयर भगवाजि चौहान, समाजका अध्यक्ष अर्जुन कुमार गुरुङ र आमा समुहका अध्यक्ष माया गुरुङले ताम्रपत्र प्रदान सहित ढाकाटोपि, फुलमाला र फेटा लगाई सम्मान गरेको थियो।

तमु समाज ७                   तमु समाज ६

यसैगरि तमु समाज युकेले प्रत्येक बर्ष ल्होछारको अबसरमा सामाजिक जीबनको बिभन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्याक्तित्वहरुलाई तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र बाट सम्मान गर्ने क्रममा यस बर्ष तमु समाज युकेले उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१७ बाट सल्लाहकार श्री सनमान गुरुङ, सल्लाहकार हितमान गुरुङ, आजिवन सदस्यता संयोजक भिम बहादुर गुरुङ, सह कोषाध्यक्ष कन्या प्रसाद गुरुङ, सल्लाहकार लेक्चरर लामा प्रेम गुरुङ, सल्लाहकार प्रेम बहादुर गुरुङ, सल्लाहकार ईमान घले, सल्लाहकार रेनुमाया गुरुङ, तारामान गुरुङ, भद्र कुमारि गुरुङ, पुर्ण गुरुङ, सोनिया घले, खुशिकला गुरुङ, नृत्य कोरियोग्रफर तथा पहिले गुरुङ चलचित्र पातें १का नायिका सरु गुरुङ राना, पाते २ का नायिका अनिता गुरुङ, सुनिता पाण्डे, मनिषा डंगोल र सन्तोष गुरुङ लाई सम्मान गरिएको थियो।

तमुसमाज १२

 

सांस्कृतिक कार्यक्रममा गुरुङ चलचित्रका नायिका द्वाय सरु गुरुङ राना र अनिता गुरुङ को साथै स्थानिय कलाकारहरुको जोडदार प्रस्तुति रहेको कार्यक्रममा अर्को आकर्षण तमु समाज युकेको आमा समुह, युबा समुह लगायत कलाकारहरुको उत्कृष्ट नृत्यहरु प्रस्तुत गरीएको थियो। साँस्कृतिक कार्यक्रममा बिभिन्न कलाकारहरुको मनमोहक नृत्य र कलाकार गोपाल गुरुङको गित प्रस्तुतिमा बेलायतबासी नेपालीहरुले पनि नाचेर साथ दिएका थिए। उक्त संस्कृतिक कार्यक्रमको कोरीयोग्राफी गुरुङ चलचित्रका नायिका सरु गुरुङ रानाले गरेको थियो भने कार्यक्रमको संचालन निरज गुरुङले गरेका थिए।

TSUK's cultural dance group 2

कार्यक्रममा गैर अबसिय नेपाली संघ अन्तराष्ट्रिय परिषदका उपाध्यक्ष कुल आचार्य र सदस्य शान्ति थापा कुँवरको साथै मिस युके नेपाल २०१७ सुश्रि सृजना गुरुङलाई समाजको तर्फबाट  सम्मान तथा बधाई ज्ञापन गरिएको थियो।यसैगरी म्याराथुन धाविका समिक्षा गुरुङ र धावक प्रसान्त गुरुङलाई सम्मान गरिएको थियो।

TSUK's cultural dance group1TSUK's cultural dance group 3

उक्त अबसरमा नेपाल र अंग्रेजबिच सिन्धुली गडीमा भएको युद्दमा नेपाली फौजको नेतृत्व गरी अंग्रेजको फौजलाई युद्दपरास्त गर्दे नेपालको स्वधिनता रक्षा गर्न सफल युद्दबिर सरदार बंसु गुरुङको तस्बिर तनहुँ समाज युकेका अध्यक्ष लेख बहादुर गुरुङ र  वहाँको सन्तती केसर गुरुङ बाट समाजलाई हस्तान्तरण गर्नुको साथै वहाँको सन्तती केसर गुरुङबाट छोटो चिनारि प्रस्तुत गरिएको थियो।

TSUK's cultural dance group 4

कार्यक्रममा अतिथिको रुपमा ब्रेन्ट काउन्सिलको लिडर मोहमद बट, हउन्स्लोका पुर्ब उप मेयर काउन्सिलर बिष्णु बहादुर गुरुङ काउन्सिलर विलमिनिया, लगायत अन्य काउन्सिलरहरुको साथै गैर अबसिय नेपाली संघ अन्तराष्ट्रिय परिषदक उपाध्यक्ष कुल आचार्य, सदस्य शान्ती थापा कुँबर, तमु धीं युकेको पुर्ब अध्यक्ष तथा तमु समाज युकेको भवन खरिद परियोजना संयोजक तथा सल्लाहकार सुबासिङ गुरुङ (बिईम), तनहुँ समाज युकेका अध्यक्ष लेख बहादुर गुरुङ, देवाचन बुद्धिष्ट सेन्टर युकेका संरक्षक तथा अध्यक्ष लामा धरम गुरुङ, पोखरेलि मन्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ,तामाङ समाज युकेका अध्यक्ष दिपक गोले, सोलिसिटर राजु थापा, कोडेकयुकेका उपाध्यक्ष धन तामाङ, यती नेपाल एसोसिएसन युकेका पुर्ब अध्यक्ष उमेस राज मोक्तान, गोर्खा च्यानल टिभिका बिमला सेने, लण्डन नेपाल न्युज डटकमका शिव भण्डारि, वि नेपाली न्युज डटकमका नबिन पोखरेल, गोर्खा नेपाली वेल्फेयर सोसाईटीका सल्लाहकार शशी सुब्बा थापा, गोर्ख जिल्ला गुरुङ समाजका अध्यक्ष फडक जित गुरुङ तथा तमु प्ये ल्हु संघ युकेका पुर्ब अध्यक्ष जगत तमु, मगर संघ युके वेम्बली शाखाका महासचिब गन्ज बहादुर आले लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गर्नको निम्ति समाजका आजिबन सदस्यहरु, कार्यसमिति सदस्यहरु, युवा समुह, आमा समुहका सदस्यहरुको साथै सल्लाहकार र समाजको शुभेच्छुकहरुले महत्वपुर्ण भुमिका निर्बाह गरेको थियो।

TSUK's cultural dance group.

कार्यक्रमको अन्तमा सबैजनाले चाँद म्युजिक ओर्ल्डको डिजेमा आफुखुशीको नाच नाचेर भरपुर मनोरन्जन लिएको थियो।कार्यक्रममा ओमकार गुरुङ, र मिलन गुरुङले  उत्कृष्ट फोटोग्राफि गरेको थियो भने भिडियोग्राफि बिबिएम वोर्ल्ड टिभिका बिसन गुरुङ र साउण्ड सिस्टम चाद लामाले ब्यबस्थापन गरेको थियो।

Previous wish you all a very happy and prosperous new year 2018.
Next Many Congratulations