तमु समाज युकेले लण्डनमा प्र ल्होछार भब्य रुपमा मनायो।


 

निरज गुरुङ लण्डन, २ जनवरी २०१६  Tamu Samaj UK's Lhochhar celebration 2016 -1

लण्डन स्थित हेरो लेजर सेन्टरमा तमु समाज युके द्वारा आयोजित तमुहरुको महान पर्ब प्र ल्होछार कार्यक्रम भब्य रुपमा २ जनवरि २०१६ मा सम्पन्न भएको छ। बेलायतको पार्लियामेन्टमा साउथहल र ईलिङ क्षेत्रको प्रतिनिधि तथा अल पार्टि पार्लियामेन्ट ग्रुप ( नेपाल र गोर्खा मामिला हेर्ने) कमिटिको अध्यक्ष बिरेन्द्र शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको समुउद्घाटन संयुक्त रुपमा प्रमुख अतिथि र समाजका अध्यक्षले गरेको थियो।कार्यक्रमको उद्घाएटन संगै नेपाल र बेलायतको राष्टिय धुन बजाइएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष अर्जुन कुमार गुरुङ र औपचारिक कार्यक्रमको सन्चालन समाजका महासचिब ज्ञान बहादुर गुरुङले गरेको थियो।

सोहि अबसरमा कार्यक्रमका प्रमुख अतिथीले तमु समाज युकेले आयोजना गरेको ल्होछार कार्यक्रममा सहभागी हुन पाउदा खुशी ब्यक्त गर्दै तमु समाज युकेको प्र ल्होछार कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद सहित ल्होछारको शुभ कामना ब्यक्त गरेको थियो।

प्र ल्होछार कार्यक्रमको संयोजक केदार बहादुर गुरुङबाट हेल्थ र सेफ्टि सम्बन्धी जानकारी गरेको थियो भने अध्यक्ष अर्जुन कुमार गुरुङले स्वागत मन्तब्य राखेको थियो।यसैगरी कार्यक्रममा सहभागि सबैलाई समाजका उपाध्यक्ष बिजु गुरुङले धन्यबाद मन्तब्य गरेको थियो।

प्र ल्होछार पुजा कार्यक्रमको संयोजन जिबन गुरुङ र आमा समुहको अध्यक्ष माया गुरुङको संयोजनमा लामा गुरुहरु धरम गुरुङ र डोल्मा चिजा गुरुङले गरेको थियो।

कार्यक्रममा नेपालमा हालसालै गएको बिनासकारी महाभुकम्प पिडितको लागी समाजले संचालन गरेको राहत रकम संकलन अभियानमा बिभिन्न ढंगले सहयोग गर्ने समाजका सदस्यहरुलाई प्रसंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो।यसैक्रममा समाजमा हालसालै नयाँ आजिबन सदस्यता ग्रहण गरेका सदस्यहरुलाई प्रमान पत्र तथा समाजको लोगो अंकित ब्यज बितरण गरिएको थियो।

उक्त अवसरमा तमु समाज युकेको समाजिक भवन खरिद परियोजनाका चन्दादाताहरु, शैक्षिक सत्र २०१५मा स्नातक तथा स्नाकोउत्तरमा सफलता प्राप्त बिध्यार्थी, कलाकारहरु तथा बिगतको बर्षभरी सामाजिक जीबनको बिभिन्न पक्षमा महत्वपुर्ण भुमिका निर्बाह गर्नु को साथै समाजको शेवा र बिकासमा उल्लेख्य योगदान पुराउने महानुबावहरुलाई ताम्रापत्र र प्रशंसापत्र सहित सम्मान गरिएको थियो। सम्मान तथा प्रशंसापत्र बितरणमा प्रमुख अतिथि माननिय बिरेन्द्र शर्मा एम पि, अध्यक्ष अर्जुन कुमार गुरुङ, पुर्ब अध्यक्ष तथा सल्हाकार शिवशरण गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ, उपाध्यक्ष बिजु गुरुङ र शिबचन्द्र गुरुङ ले.रि.मिम बहादुर गुरुङ र आमा समुहका अध्यक्ष माया गुरुङ लगायत सहाभागी भएको थियो।

कार्यक्रममा तमु समाज युकेको सामाजिक भवन खरिद परियोजनमा एकहजार भन्दा माथी चन्दा दान गर्नेहरु स्वास्ति गुरुङ, महेन्द्र कँडेल, पार्बति गुरुङ, देब गुरुङ, धनमाया गुरुङ, गोपिराम गुरुङ तथा गंगा गुरुङ लाई ताम्रापत्र सहित सम्मान गरिएको थियो। यसै गरि भवन खरिद परियोजनाका निम्ति पाँचसय पाउण्ड चन्द दिने महानुभावहरु तेसर जंग गुरुङ तथा मन्जु गुरुङ, लिल बहादुर गुरुङ तथा मन्जु गुरुङ, जगत गुरुङ र पार्बति गुरुङ लाई प्रसंशा प्रत्र प्रदान गरि सम्मान गरिएको थियो।

तमु समाज युकेले प्रत्येको बर्ष ल्होछारको अबसरमा सामाजिक जीबनको बिभन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्याक्तित्वहरुलाई तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र बाट सम्मान गर्ने क्रममा यस बर्ष तमु समाज युकेले उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१५ बाट श्रीमति बिमला गुरुङ, श्रीमती मिरा गुरुङ, श्री ले.रि.थम प्रसाद गुरुङ, श्री टुक बहादुर गुरुङ, र श्री खड्क बहादुर गुरुङ लाई सम्मान गरिएको थियो।

कार्यक्रममा नेपालबाट पाल्नुभएका अतिथि कलाकारहरु गणेश गुरुङ, कुमारि गुरुङ, श्रीराम थापा, उज्वल भन्डारी लाई सम्मान गरिएको थियो।
प्र ल्होछार सांस्कृतिक कार्यक्रममा नेपाल बाट आएका गायक,गणेश गुरुङ, कुमारी गुरुङ, श्रीराम थापा, उज्वल भण्डारी तथा स्थानिय कलाकारहरुको जोडदार प्रस्तुति रहेको कार्यक्रममा अर्को आकर्षणको तमु समाज युकेको आमा समुह, युबा समुह लगायत तनहुँ जिल्ला समाज बाट सौजन्य स्वारुप प्राप्त कौडा नृत्य को साथै अन्य स्थानिय कलाकारहरुको उत्कृष्ट नृत्यहरु प्रस्तुत गरीएको थियो। साँस्कृतिक कार्यक्रम लगायत अन्य अतिथी कलाकारहरुको मनमोहक नृत्य र गायक गायीकाहरुको बेजोड प्रस्तुतिमा बेलायतबासी नेपालीहरुले पनि नाचेर साथ दिएका थिए। उक्त संस्कृतिक कार्यक्रमको कोरीयोग्राफी लक्ष्मी गुरुङले गरेका थिए भने कार्यक्रमको संचालन निरज गुरुङ र सन्तोषी गुरुङले गरेका थिए।

कार्यक्रममा यति नेपाली एसोसियसनको अध्यक्ष उमेस राज मोक्तान, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष , सोम त्होर्जे तमु, एन आर एन युकेका उपाध्यक्ष शान्ति थापा कुँबर, ईलिङ जि एल ए मेम्बर डा. ओमकार सोहातो लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गर्नको निम्ति समाजका आजिबन सदस्यहरु, कार्यसमिति सदस्यहरु, युव समुह, आमा समुहका सदस्यहरुको साथै सल्लाहकार र समाजको शुभेच्छुकहरुले महत्वपुर्ण भुमिका निर्बाह गरेको थियो।

कार्यक्रमको अन्तमा सबैजनाले आफुखुशीको नाच नाचेर भरपुर मनोरन्जन लिएको थियो भने ओमकार गुरुङ, र तेज बहादुर गुरुङले उत्फोकृष्ट फोटोग्राफि गरेको थियो भने भिडियोग्राफि प्रताप गुरुङले गरेको थियो।यसैगरि बारको ब्यबस्थापन सल्हाकार शिब कुमार गुरुङले गरेको थियो भने खानाको ब्यबस्थापन रारा केटरिङ र साउन्ड तथा लाईटिङको ब्यबस्थापन चाँद म्युजिक ओर्ल्डले गरेको थियो।

 

Previous तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र -२०१५
Next तमु समाज युके बाट आचार्य श्रीलामा गुरुङलाई स्वागत तथा सम्मान।