तमु समाज युके आमा समुहको आयोजनमा बैशख पूर्णिमा तथा २५६१औ बुद्ध जयन्ती पुजा सम्पन्न।


तमु समाज युके आमा समुहले बुधबार १० मे २०१७का दिन लन्डन साउथ ह्यारो, ह्यारो बोरो फुटबल क्लबको हलमा शान्तिका अग्रदुत, एशियाका तारा तथा नेपालका राष्ट्रिय बिभूती भगवान गौतम बुद्धको जन्म, बोधिलाभ (बुद्धत्व प्राप्ती) तथा महापरिनिर्वाण भएको पुण्य तिथि बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको पावन अवसरमा भब्यताकासाथ २५६१औ बुद्ध जयन्ती पुजा कार्यक्रम सु-सम्पन्न गरेको छ।

TSUK 3        TSUK 5

आमा समुहको संयोजकत्वमा आयोजना गरिएको उक्त बुद्ध जयन्ती पुजा कार्यक्रममा बिषेस गरि लन्डन वरपरका नेपाली जेष्ठनागरिकहरुको बिषेस सहाभागिता रहेको थियो।कार्यक्रममा तमु समाज युकेका संस्थापक अध्यक्ष तथ सल्लाहकार चित्र बहादुर गुरुङ, निबर्तमान अध्यक्ष तथा सल्लाहकार शिवशरण गुरुङ लगायत तमु समाज युकेका अन्य सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारिहरु, सदस्यहरु, आमा समुहका सदस्यहरु, श्रद्धालु भक्तजन तथा शुभचिन्तक मित्रगणगरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो।

१            12

तमु समाज युकेले स्थापनाकाल देखि निरन्तररुपमा बैशाख पूर्णिमाको आवसरमा बुद्ध जयन्ती पुजा   संचालन गर्दै आएको छ।यस बर्षको बैशख पुर्णिमा तथा २५६१औ बुद्ध जयन्ती पुजा कार्यक्रम आमा समुहको पहल, सकृयता र संयोजकत्वमा निशुल्क प्रवेश, निशुल्क खानापिनको ब्यबस्था गरि आयोजना गरेका थिए। यसका निम्ति समुहका सबै आमाहरु दिलोज्यानले सकृयतका साथ मन बचन र कर्मले कार्यक्रम आयोजनामा जुटेको थियो।

17 (9)             18 (1)

बैशख पुर्णिमा तथा २५६१औ बुद्ध जयन्ती पुजा कार्यक्रम आयोजनको निम्ति थुप्रै दानबिर महानुभावहरुले स्वस्फुर्त श्रद्धाभावले आर्थिक, भोजन, पेय पदार्थ तथा अन्य आवस्यक सामाग्रिहरु दान सहयोग स्वरुप उपलब्ध गराउनुभएको थियो। उदारभावले दिनु भएको दानबिरहरुको अनुदान बाटै कार्यक्रमा निशुल्क प्रवेश र खाने पिउने ब्यबस्था गरि बचेको सम्पूर्ण रकम सामाजिक भवन खरिद परियोजनाको कोषमा सहयोग गरेका थिए।

अहिंसा, सत्य र संमयम लाई मूल मंत्र ठानेर सदैब सदभाव र सत्कर्ममा लागी जिवन बिताउनुनै बुद्धधर्मको सार संक्षेप हो। यिनै कुरालाई बुझेर सत्यमार्गमा लागी कुबिचार, कुदृष्टी, कुसंस्कार र कुलत बाट टाढ रहे मात्र हामिले पबित्र र सरल जिवन प्राप्त गर्न सकिन्छ। यसको साथै मनमा डाहा र डर बाट सहज ढंगले मुक्ति पनि पाउन सकिन्छ। पिडा र भय बाट मुक्त मानबको मनमा मात्रा सधै शान्ति छाउछ। शान्ति बाट मात्रा मानिसले बिकास र मोक्ष प्राप्त गर्दछ।यहि शान्ति, मोक्षा प्राप्ति र भगवान बुद्धको श्रद्धाका निम्ति आयोजना गरिएको बैशाख पूर्णिमा तथा २५६१औ बुद्ध जयन्ती पुजापाठको संचालन श्रद्धेय लामा गुरु काजि गुरुङ र लाम गुरु दिल गुरुङले गर्नुभएको थियो।

DSC_4775            tsuk 3

दउसो १ बजे आरम्भ गरिएको पुजापाठमा लामा गुरुद्वय काजि गुरुङ र लाम दिल गुरुङले बुद्ध जयान्तीको महत्व र बुद्धको जिवनी तथा उपदेसको बारेमा प्रवचान दिनुभएको थियो। प्रबचन सकिएपछि उपस्थित सबैभक्तजनहरुले लामा गुरुबाट अभिषेक र प्रसाद ग्रहण गरेका थिए।उक्त कार्यक्रममा तमु समाज युकेका उपाध्यक्ष बिजु गुरुङले हेल्थ एण्ड सेफ्टि बारे जानकारि गराउदै स्वागत मन्तब्य राखेका थिए र आमा समुहका उपाध्यक्ष पुष्पा गुरुङले सबै सहयोगि महानुभावहरु, दानबिर चन्दादाताहरु र उपस्थित भक्तजनहरुलाई हार्दिक धन्यबाद ब्यक्त गरेका थिए।

DSC_4814           tsuk 5

अन्तमा: आफ्नो मुललाई नबिर्सिकन सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ भाषा, धर्म, संस्कार र संस्कृतिको संम्रक्षण र सम्बर्धन गर्ने पबित्र उदेस्य लिई नेपाली तथा तमु समुदयको सेवामा सदैब समर्पित भई निरन्तर अगाडि बढिरहेको तमु समाज युकेको आमा समुह द्वारा शान्ति, मोक्षा प्राप्ति तथा भगवान बुद्धाको श्रद्धाको निम्ति आयोजित बैशख पुर्णीमा तथा २५६१औ बुद्ध जयन्ती पुजा कार्यक्रम भब्यताकासाथ सम्पन्न भएकोमा आयोजक समिति तथा सबै उपस्थीत भक्तजनहरुले खुसि ब्यक्त गरेका थिए।

तमु समाज युके आमा समुह।

Previous नेपाली नयाँ बर्ष २०७४ को हार्दिक शुभकामना
Next Tamu Samaj UK’s 10th Annual General Meeting held on Sunday 21 May 2017 at Harrow Borough Football Club