तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१८ बाट सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमाका प्रमुख अतिथि लण्डन बरो अफ ब्रेन्टका मेयर अर्शाद महमुद, र समाजका अध्यक्ष शिव चन्द्र गुरुङ ले सम्मान गरिएको थियो।


तमु समाज युकेले प्रत्येक बर्ष ल्होछारको अबसरमा सामाजिक जीवनको बिभन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्याक्तित्वहरुलाई तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र बाट सम्मान गरेको छ। यस बर्ष तमु समाज युकेले उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१८ बाट सल्लाहकार बाबुराम गुरुङ, सल्लाहकार यम बहादुर गुरुङ, सल्लाहकार लेख बहादुर गुरुङ आमा समुहका निबर्तमान उपाध्यक्ष पुष्पा गुरुङ, सह संयोजक जिवन गुरुङ, आजीवन सदस्य निरज गुरुङ, सुश्री सुबिना घले, गोर्खा मिडिय ईनफोरमेसन म्यनेजमेन्ट लिमिटेडका प्रबन्ध निर्देशक पूर्ण गुरुङ, वि नेपाली डट कमका प्रधान सम्पादक पत्रकार नबीन पोखरेल, साहारा युकेका पूर्ब अध्यक्ष दिलिप कुमार गुरुङ लाई सम्मान गरिएको थियो।कार्यक्रममा एभरेष्ट ल फार्मका सोलिसिटर राजु थापालाई तमु समाज युके कम्युनिटि सर्भिस एवार्ड प्रदान गरेको थियो। सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमाका प्रमुख अतिथि लण्डन बरो अफ ब्रेन्टका मेयर अर्शाद महमुद, र समाजका अध्यक्ष शिव चन्द्र गुरुङ ले सम्मानपत्र प्रदान सहित खादा लगाई सम्मान गरिएको थियो।

Previous २९ डिसेम्बर २०१८मा तमु समाज युकेले लण्डनको ह्यारो लेजर सेन्टरमा फो ल्होछार भव्य रुपले मनायो।
Next Golden Opportunity for Senior Citezen and Ex Gurkhas.