तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा श्रद्धेय धर्म गुरु खेम्पो दशरथ गुरुङ बाट दोमाङ पूजापाठ तथा प्रवचन सम्पन्न।


शिबशरण गुरुङ – लण्डन।

तमु समाज युकेको आयोजनामा नेपाल देखि बेलायत भ्रमणमा आउनु भएका गुरुङ (तमु) लामा बौद्ध धर्म समाजका महासचिब श्रद्धेय धर्म गुरु खेम्पो दशरथ गुरुङ लामाज्यु बाट साङ सरक्यम पुजा, दोमाङ पुजा, गुरु रिम्पोछे पुजा, तारा (ढोल्मा) पुजा, महाकल पूजा तथा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ।लन्डनको वेम्बली बरहाम पर्क स्थित तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा शनिबार ७ फेब्रुवरी २०२०मा उक्त पुजा कार्यक्रम समपन्न भएको हो।

पुजा कार्यक्रमका प्रमुख अतिथि तथा लामा खेम्पो दशरथ गुरुङ, देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष तथा प्रमुख लामा धरम गुरुङ, लामा हिता गुरुङ, राङजुङ येसे ओडियाना युकेसिआईओ सेन्टर फार्नबरोका लामा शेरब फुन्चोक र पालयुल सेन्टर युकेका लाम दावा नोर्बु गुरुज्युहरु लाई बिषेस ब्यबस्थागरि कार्यक्रम स्थलमा भब्य स्वागत गरेको थियो।

तमु समाज युकेको अध्यक्ष शिव चन्द्र गुरुङको अध्यक्षता र खेलकुद तथा खाध्य सचिब हरिमान गुरुङ र आमा समूहका अध्यक्ष बिन्दु घलेको संयोजनमा सम्पन्न कार्यक्रमको संचालन महासचिब हर्क बहादुर गुरुङले गरेका थिए।

प्रमुख अतिथि श्रद्धेय धर्म गुरु खेम्पो दशरथ गुरुङज्यु, आमा समूहका अध्यक्ष बिन्दु घले र कार्यक्रमका जेष्ठ सदस्य बाट संयुक्तरुपमा दिप प्रज्वलन गरि पुजा कार्यक्रमको शुभारम्भ गरिएको थियो।

कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि श्रद्धेय धर्म गुरु खेम्पो दशरथ गुरुङज्यु, देवाचन बुद्धिष्ट सेन्टर युकेका प्रमुख लामा धरम गुरुङज्यु र अन्य तिनजना लामागुरुज्युहरु बाट साङ सरक्यम पुजा र दोमाङ पुजा संचालन गरेको थियो। दोस्रो चरणमा प्रमुख अतिथि श्रद्धेय धर्म गुरु खेम्पो दशरथ गुरुङज्युले बौद्ध शिक्षा, दर्शन र बौद्ध लामाहरुबाट गरिने बिभिन्न महत्वपुर्ण पुजापाठहरुको बारेमा प्रवचन दिनुभएको थियो र कार्यक्रमको अन्तिम चरणमा उपस्थित सबैले धर्मगुरुहरु बाट अभिषेक तथा प्रसाद ग्रहण गरेका थिए।

कार्यक्रममा समाजका अध्यक्ष शिब चन्द्र गुरुङ र उपाध्यक्ष शिब कमार गुरुङले श्रद्धेय धर्म गुरु खेन्पो दशरथ गुरुङ लगायत पुजा संचालनमा सहभगि सबै लामा गुरुहरुलाई मायाको चिनो स्वरुप तमु समाज युकेको प्लेक प्रदान गरि समाजको लोगो अंकित खादाबाट सम्मान गरेको थियो।

यसैगरि प्रमुख अतिथि श्रद्धेय धर्म गुरु खेन्पो दशरथ गुरुङले पनि गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको स्मारिका पुस्तिका संस्थाको चिनो स्वरुप तमु समाज युके अध्यक्ष र आमा समूहका अध्यक्षलाई प्रदान गर्नुभएको थियो।

कार्यक्रमको मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि श्रद्धेय खेम्पो दशरथ गुरुङज्युले तमु समाज युकेले समाजमा गरेका कार्यहरुको प्रसंशा गर्दै समाज द्वारा आयोजना गरेको पबित्र दोमाङ पुजा तथा प्रवचन कार्यक्रममा प्रमुख अतिथि तथा लामाको रुपमा आफुले प्राप्त गरेको स्वागत तथा सम्मानको निम्ति खुसि र आभार प्रकट गर्दै तमु समाज युकेलाई उत्तरोउत्तर प्रगतिको शुभकामना सहित हार्दिक कृतज्ञता ब्यक्त गर्नु भएको थियो।मन्तव्यकै क्रममा प्रमुख अतिथिज्युले गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको बारेमा संक्षिप्त जानकारि पनि गराउनु भएको थियो।

कार्यक्रममा हालै बिश्वको बिभिन्न मुलुकहरुमा फैलिरहेको कोरोनाभाईसर संक्रमणको सिघ्र रोकाथाम भई महामारिकोरुपमा नफैलियोस र संक्रमितहरुको सिघ्र स्वस्थ्य लाभहोस भन्ने कामना सहित बिषेस पुजापाठ तथा प्रार्थना पनि गरेको थियो।

अत्यन्तै सौहाद्र तथा पारिवारिक बातावरणमा सुसम्पन्न भएको पुजा कार्यक्रममा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पुर्ब अध्यक्ष शिवशरण गुरुङ, निबर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङ, सल्लाहकारज्युहरु, कार्यसमितिका पदाधिकारीहरु, तमु समाज युकेका सदस्यहरु, आमा समुहको अध्यक्ष बिन्दु घले लगायत आमा समुहका अन्य पदाधिकारिहरु तथा आमाहरु,  युवा समुहका अध्यक्ष लगायत युवायुवतिहरु र जेष्ठ नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको अन्तमा अध्यक्ष शिव चन्द्र गुरुङले धन्यबाद मन्तब्य राखेर कार्यक्रमको समापन भएको थियो।

 

यस बिषेस पुजा तथा प्रवचन कार्यक्रमको निम्ति स्वत:स्फुर्त श्रद्धाभावपुर्वक समाजका बिभिन्न महानुभावहरुले प्रदान गरेको आर्थिक दान र भोजन दानबाट उपस्थित सबैलाई आमा समुहले निशुल्क खाजा र खानापिनको ब्यबस्थापन गरेका थिए।

पुजा कार्यक्रम आयोजनामा तयारि सहित आरम्भ देखि अन्त सम्म खेलकुद तथा खध्या सचिब हरिमान गुरुङ, लक्ष्मी गुरुङ र आमा समूहको अध्यक्ष बिन्दु घलेको बिषेस भुमिका रहेको थियो।कार्यक्रमको हल ब्यबस्थापन कम्युनिटि सेन्टरका प्रबन्धक द्वय बाबुराम गुरुङ र ईमान घले तथा कार्यक्रमको फोटोग्राफि ओमकार गरुङ र टेक गुरुङले गरेका थिए।

 

Previous तमु समाज युकेले भव्य रुपले मनायो तमु च्यु ल्होछार
Next कोरोनालाई जितेकी एक नर्सको अनुभव