तमू समाज यूकेले मनायो १७ औं वार्षिक उत्सव


तमू समाज यूकेले मनायो १७ औं वार्षिक उत्सव

सोमबार, असोज २१, २०८१ लमजुङखबर संवाददाता लमजुङखबर संवाददाता ।

तमू समाज युकेले संस्था स्थापना भएको १७ वर्ष पुगेको पावन अवसरमा २८ सेप्टेम्बर २०२४ को दिन १७ औं वर्षगाँठ मनाएको छ । लन्डनको विम्बलीस्थित बारहमपार्कमा रहेको आफ्नै समाज घरमा संस्थाले वार्षिकोत्सव मनाएको हो । समाजका अध्यक्ष बिन्दुकुमारी घलेको अध्यक्षतामा भएको कार्यक्रमलाई दि रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जीत रानाभाटले सम्बोधन गरेका थिए ।
462104953_2801354196705799_3852358130782242125_n-1728307594.jpg
कार्यक्रममा समाजका सल्लाहकार तथा बरो अफ बारनेटका काउन्सिलर कमल गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, उनका धर्मपत्नी जयन्ती गुरुङ, गोरखा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष टेकमान गुरुङ, उनका धर्मपत्नी चिनु गुरुङ, तमू प्ये ल्हु संघ यूकेका सल्लाहकार तथा पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङ, उनका धर्मपत्नी बबिता गुरुङ, तमू समाज यूकेका पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ, अध्यक्ष शिवचन्द्र गुरुङ, उनका धर्मपत्नी तथा उपाध्यक्ष मिरा गुरुङ, उपाध्यक्षहरू भीमबहादुर गुरुङ, केदारबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ, युवा समूहका अध्यक्ष प्रज्ज्वलमान गुरुङलगायतको उपस्थिति थियो ।
461745498_2801359073371978_9089732888486253953_n-1728307585.jpg
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव सुब घलेले गरेका थिए । उपाध्यक्ष भीम गुरुङले तमू समाज यूकेको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्म गरेका उपलब्धिको संक्षिप्त विवरणसहित स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा तमू समाज यूकेका सल्लाहकार तथा गोरखा जिल्ला गुरुङ समाज यूकेका संस्थापक ले.रि. थमप्रसाद गुरुङ, सल्लाहकार काउन्सिलर कमल गुरुङ, पूर्वअध्यक्षहरु अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
461783126_2801339356707283_3714689163388660634_n-1728307585.jpg
कार्यक्रममा तमू समाज युकेका सदस्य तथा नव निर्वाचित गोरखा जिल्ला तमू समाज यूकेका अध्यक्ष टेकमान गुरुङ र उनका धर्मपत्नी चिनु गुरुङलाई खादा, फेटा र पछ्यौरी ओढाएर बधाईसहित कार्यकाल सफलताको कामना गरिएको थियो ।
कार्यक्रममा तमू समाज यूके विशिष्ट समाज सेवा सम्मानपत्र–२०२४ बाट तमू समाज यूकेका शुभचिन्तक, तमू प्ये ल्हु संघ यूकेका सल्लाहकार तथा पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङ र उनका धर्मपत्नी बबिता गुरुङलाई सम्मान गरिएको थियो । सम्मानित दुबैजनालाई तमू समाज यूकेका अध्यक्ष बिन्दु घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले खादा, फेटा र पछ्यौरी ओढाएर र मेयर जीत रानाभाटले बिशिष्ट समाज सेवा सम्मानपत्र प्रदान गरेको थियो ।
462000150_2801317080042844_211694482784027444_n-1728307593.jpg

यस्तै, तमू समाज यूकले समाजलाई पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै ३ जना सदस्यलाई ‘उत्कृष्ट समाजसेवा सम्मान २०२४’ ले सम्मान गरेको छ । कार्यक्रममा छैटौं कार्यसमिति सदस्य भद्रकुमारी गुरुङ, छैटौं कार्यसमितिका आमा समूहका सदस्यद्वय बिजयता गुरुङ र लक्ष्मी गुरुङलाई खादा र पछ्यौरी ओढाउनुका साथै उत्कृष्ट समाजसेवा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
462180973_2801329336708285_6766001101145380470_n-1728307594.jpg
कार्यक्रममा यस वर्ष निर्वाचित दि रोयल बरो अफ ग्रीनवीचका नव निर्वाचित मेयर काउन्सिलर जीत रानाभाटलाई समाजको तर्फबाट अध्यक्ष बिन्दु घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले फेटा, खादा र पुष्प गुच्छ प्रदान गरि बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
यस्तै, समाजलाई आर्थिक सहयोग गर्नु हुने सहयोगीदाता आजीवन सदस्य लालकाजी गुरुङले तमु समाज यूकेको सामुदायिक भवन परियोजनाको लागि १ हजार पाउन्ड प्रदान गरेकोमा धन्यवादसहित खादा, फेटा र ताम्रापत्र प्रदान गरि सम्मान गरिएको थियो ।
461984989_2801329020041650_7904603606927379085_n-1728307589.jpg
कार्यक्रममा तमू समाज यूके सामुदायिक भवन परियोजनाको लागि आर्थिक सहयोग गर्ने तमू समाज यूकेका सल्लाहकार तथा गोरखा जिल्ला तमू समाज यूकेकका पूर्वअध्यक्ष ले. रि. पञ्चबहादुर गुरुङ र उनका धर्मपत्नी तमू समाज यूकेका सल्लाहकार तथा पूर्व उपाध्यक्ष रेनुमाया गुरुङले १ हजार पाउण्ड, तमू प्ये ल्हु संघका पूर्व अध्यक्ष सोम त्होर्जे गुरुङ र उनका धर्मपत्नी बबिता गुरुङले १ हजार १ सय ११ पाउण्ड र गोरखा जिल्ला तमू समाज यूकेका अध्यक्ष टेकमान गुरुङ र उनका धर्मपत्नी चिनु गुरुङले १ हजार ५ पाउण्ड प्रदान गरेकोमामा सवैलाई तमू समाज यूकेका अध्यक्ष बिन्दु घलेले धन्यावादसहित आभार व्यक्त गरेका थिए । कार्यक्रममा समाजका युवा समूहका कोषाध्यक्ष सुमी गुरुङ, सदस्य सुबिना घलेलगायतले उत्कृष्ट नृत्य प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिलाएका थिए ।

461927145_2801328800041672_2718691592597772164_n-1728307588.jpg
461870984_2801328250041727_5133881770149219255_n-1728307587.jpg461853124_2801328990041653_2914993863188192446_n-1728307587.jpg
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १९:१५

Previous The Hartalika Teej/Ladies Night programme 2024 by Tamu Samaj UK Mother Group concluded with great success.
This is the most recent story.