देवाचन बुद्धिष्ट सेन्टर युकेको आयोजनामा लामा गुरु पाल्देन योन्जन तामाङको सम्मान तथा बिदाई कार्यक्रम।


देवाचन बुद्धिष्ट सेन्टर युकेको आयोजनामा लामा गुरु पाल्देन योन्जन तामाङको सम्मान तथा बिदाई कार्यक्रम।

शिवशरण गुरुङ – लण्डन,

नेपाल देखि बेलायत भ्रमणमा आउनु भएका साँग्दो पालहारि बौद्ध बिध्यालय पोखरा गुम्बाका प्रमुख लामा एबं नेपाल तामाङ लामा घेदुङ संघका अध्यक्ष लामा गुरु पाल्देन योनजङ तामाङलाई देवाचन बुद्दिष्ट सेन्टर युकेले एक बिषेस कार्यक्रम आयोजना गरि सम्मान तथा बिदाई गरेको थियो। गत २४ सेप्टेम्बर २०१६को शनिवार बेलुका मामाज रेष्टुरेन्ट हाउन्स्लो लण्डनमा सम्पन्न उक्त कार्यक्रममा देवाचन बुद्धिष्ट सेन्टर युकेको अध्यक्ष मेजर रि. उदय बहादुर गुरुङ एमबिईले लामा गुरु पाल्देन योनजङ तामाङलाई खादा, कदर र प्रशंसा पत्र प्रदान गरेर सम्मान तथा बिदाई गर्नुभएको थियो।

20160924_194849 20160924_195916

देवाचन बुद्धिष्ट सेन्टर युकेका सम्रक्षक तथा प्रमुख लामा रिन्छेन दोर्जे (धरम गुरुङ) लगायत बिभिन्न पदाधिकारिहरु र सदस्यहरु, देवाच बुद्धिष्ट सेन्टर आमा समुहाका आमाहरु,Hounslow Friends of Faithका अध्यक्ष चरनजित अजित सिंहरपदाधिकारिहरुको बिषेश उपस्थिति रहेको सम्मान तथा बिदाई कार्यक्रममा लण्डन बरो अफ हाउन्सलोका नगर प्रमुख अजमेर ग्रेवाल र बेलायति संसदका सदस्य सिमा मल्होत्रा र रथ क्यढबरिको बिषेश प्रतिनिधि काउन्सिलर खालिद मल्लिक लगायत हाउनस्लोका पुर्ब उपमेयर तथा काउनसिलर बिष्णु बहादुर गुरुङ, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र निबर्तमान अध्यक्ष शिवशरण गुरुङ पनि उपस्थित थिए।उप सचिब सुश्री ध्रुब गरुङ र ढोल्मा चिजा गुरुङले संयोजन गरेको उक्त कार्यक्रमको संचालन सचिब लक्ष्मि गुरुङले गर्नु भएको थियो।

कार्यक्रममा लामा गुरु पाल्देन योनजङ तामाङलाई बुद्धिष्ट सेन्टर युके आमा समूहको अध्यक्ष श्रीमति हस्त माया गुरुङले सबै आमा समुहको तर्फबाट मायको चिनो सुनको औंठी, फुलको गुच्छा र खादा प्रदान गरि सम्मान तथा बिदाई गर्नु भएको थियो।कार्यक्रममा उपस्थित अन्य सबै आमाहरुले पनि लामा गुरुलाई खादा प्रदान गरि सम्मान तथा बिदाई गरेका थिए।

20160924_195252 20160924_195425

यसैगरि लामा गुरु पाल्देन योनजङ तामाङले बेलायत भ्रमणको समयमा बेलायतको बिभिन्न कार्यक्रमहरुमा सरिक भई बुद्ध दर्शन, शिक्षा, बौद्धमार्गिहरुका संस्कारगत कार्य, बिश्व शान्ति तथा मानव काल्याण सम्बन्धि थुप्रै प्रबचन र पुजा पाठहरु गरि बिभिन्न समुदयमा ठुलो योगदान पुराउनु भएको हुनाले वहाँ लामा गुरु पाल्देन योनजङ तामाङको यो उल्लेखनिया कार्यको उच्च मुल्यङकन र कदर गर्दै, कदर स्वरुप बेलायति संसदका सदस्य सिमा मल्होत्रा एमपि र रथ क्याढबरि एमपिका बिषेस प्रतिनिधि, लण्डन बरो अफ हाउन्सलोका नगर प्रमुख अजमेर ग्रेवाल रHounslow Friends of Faithले पनि कदर तथा प्रशंसा पत्र प्रदान गरेका थिए।

20160924_202945 20160924_191156

कायक्रमको मनतब्य राख्‍ने क्रममा सर्ब प्रथम संस्थाक अध्यक्ष मेजर रि. उदय बहादुर गुरुङ बिईएमले उपस्थित सबैलाई धन्यबाद दिदै, संस्थाको परिचय र लाम गुरु पाल्देन योन्जङ तामाङको जिवानि बारे संक्षिप्त जानकारि गराउदै वहाँ लाम गुरुले बेलायत भ्रमणमा रहदाँ देवाचन बुद्धिष्ट सेन्टर  तथा बिभिन्न समुदयाको कार्यक्रमहरुमा गर्नुभएको बुद्ध शिक्षाको प्रवचन, पुजा पाठ र योगदान बारे प्रकाश पर्नु भएको थियो।यसैगरि मन्तब्य राख्ने क्रममा अन्य बक्ताहरुलेपनि लाम गुरु पाल्देन योन्जङ तामाङले बुद्ध दर्शन, शिक्षा र ज्ञानको प्रचार प्रसार र बिश्व शान्तिको निम्ति पुराउनुभएको योगदानको प्रशंसा गर्दै वहाँको भाबि योजनाहरु सबै सफलहोस भनि सबैले शुभकामना दिएका थिए।

20160924_202421

मन्तब्यकै क्रममा लाम गुरु पाल्देन योनजङ तामाङले आफ्नो निम्ति देवाचन बुद्धिष्ट सेन्टरले आयोजना गरेको यो बिषेस सम्मान तथा बिदाई कार्यक्रमा उपस्थितहुनुभएका सबै समुदया, तह र तप्काका सम्पुर्ण महानुभावहरुलाई आभार प्रकट गर्दै कृतज्ञताकासाथ हार्दिक धन्यबाद दिएका थिए।वहाँले अफ्नो बेलायत भ्रमण अत्यन्तै फलदायि, उपलब्धिमुलक र आनन्दमयि रहेको बताए।वहाँले आफु देवाचन बुदिष्ट सेन्टरको ऐतिहाँसिक समुदघाटन कार्यक्रममा सरिक हुना पाउदा अत्यन्तै गौरवान्वित अनुभुत भएको बताउदै यस संस्थाले बुद्ध धर्म, दर्शनको र शान्ति प्रचार प्रसार, संम्रक्षण तथा सम्बर्धन र बेलायतमा बौद्ध मार्गिहरुका संस्कारगत कार्य गर्न महत्वपुर्ण भुमिका रहेको र योगदान गर्न सकिने बताउनु भयो। मनतब्यकै क्रममा लामा गुरुले देवाचन बुद्धिष्ट सेन्टरलाई उत्तरोउत्तर प्रगति र उज्वल भविष्यको शुभकामना दिदै भविष्यमा यस संस्थालाई आफुले सकेको हर तरहको सहयोग गर्ने प्रतिबद्दतापनि जनाउनु भएको थियो।

20160924_191605 20160924_200136

 

कार्यक्रमको अन्तमा ढोल्मा चिजा गुरुङ र सहयोगिहरुको संयोजन र मामाज रेष्टुरेन्टले ब्यबस्थापन गरेको जलपान सहित स्वदिष्ट भोजन ग्रहण गरि प्रसस्त समुहिक फोटोहरु खिचेर झण्डै बेलुका १०बजे कार्यक्रम अन्त भएको थियो।

20160924_202103 20160924_193937

 

 

Previous तमु समाज युके आमा समूहको आयोजनामा लण्डनमा भब्य तीज कार्यक्रम सम्पन्न।
Next TAMU SAMAJ UK HAS COMPLETED RECONSTRUCTION OF SCHOOL BUILDING IN DHADING.