लण्डन बरो अफ ब्रेन्टका काउन्सिलरहरुलाई तमु समाज युकेको आफ्नै समाज घरमा स्वागत तथा भेटघाट।


शिबशरण गुरुङ – लण्डन।
तमु समाज युकेले लन्डन बरो अफ ब्रेन्टका नव निर्बाचित काउन्सिलरहरु संग वेम्बली स्थित तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा २७ जुलाई २०१८को साँझ भेटघाट तथा स्वागत गरेको छ।
तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गरुङको सभापतित्वमा महासचिब हर्क बहादुर गुरुङले संचालन गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उपस्थित प्रमुख अतिथि लण्डन बरो अफ ब्रेन्टका काउन्सिल लिडर काउन्सिलर मोहमद बट, बिषेस अतिथिमा ब्रेन्टका निबर्तमान मेयर काउन्सिलर भगवानजी चौहान र अन्य अतिथिहरुमा काउन्सिलर जेम्स अली, काउन्सिलर सकिब बट, काउन्सिलर त्रुप्ति संगानि, काउन्सिलर क्रुपा सेठ र काउन्सिलर थोमस स्टेफेनलाई समाजका अध्यक्ष शिव चन्द्र गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, आमा समूहका अध्यक्ष बिन्दु घले र पुर्ब अध्यक्ष शिवशरण गुरुङले खादा लगाई स्वागत गरि बधाई दिदै भेटघाट गरेको थियो।6E1A50716E1A5080

कार्यक्रममा निबर्तमान मेयर तथा काउन्सिलर भगवानजी चौहानका धर्मपत्नि र काउन्सिलर त्रुप्ति संगाईका पति पनि उपस्थित थिए।
कार्यक्रमका संचालक तथा महासचिबले प्रारम्भमा हेल्थ एण्ड सेफ्टी सम्बन्धी जानकारि र त्यसपछि अतिथिहरुको संक्षिप्त परिचय बताउदै समाजको तर्फबाट नव निर्बाचित काउन्सिलरहरुलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ज्ञापन गरेका थिए।
भेटघाट कार्यक्रममा तमु समाज युकेका उपाध्यक्ष शिव कुमार गुरुङले उपस्थित काउन्सिलरहरुलाई संस्थाको संक्षिप्त परिचय सहित तमु समाज युके नेपलिज कम्युनिटि सेन्टरको रिनोभेसन कार्य, संचालन, ब्यबस्थापन र प्रयोगको बारेमा श्रब्य चित्र र पावर पोईन्ट बाट बिस्तृत जनाकरि गराएका थिए।
कार्यक्रममा समाजका अध्यक्ष शिव चन्द्र गुरुङले धन्यबाद मन्तब्य राख्नु भएको थियो।

6E1A50946E1A5098
कार्यक्रममा सहभागी हुन पाउदा लण्डन बरो अफ ब्रेन्टका काउन्सिल लिडर कउन्सिलर मोहमद बट, निबर्तमान मेयर काउन्सिलर भगवानजी चौहान लगायत सबै अतिथि काउन्सिलरहरुले खुशि ब्यक्त गर्दै तमु समाज युकेलाई आभार ब्यक्त गरेका थिए।
मन्तब्य राख्नेा क्रममा सबै अतिथिहरुले ब्रेन्ट काउन्सिलको कम्यनिटि ऐसेट ट्रान्सफर योजना अन्तरगत समाजले प्राप्त गरेको तमु समाज युके नेपलिज कम्युनिटि सेन्टरको रिनोभेसन कार्य, यसको संचालन, ब्यबस्थान र प्रयोग बाट अत्यन्त प्रभाबित हुँदै यस सेन्टरबाट तमु समाज युके लगायत स्थानिय तथा अन्य नेपलिज कम्युनिटिहरु लाभान्दित भएकाले खुसि ब्यक्त गर्दै र यस सेन्टरको संचालनबाट आम जनमानस र समाजमा सकरात्मक प्रभाव परेको भन्दै सबै अतिथिहरुले प्रसंशा सहित तमु समाज युकेलाई हार्दिक बधाई तथा शुभकामना दिएका थिए।

6E1A51096E1A5117
अतिथिहरुले यस प्रकारका उदाहरणीय कार्यहरुको समाजले सदा निरन्तरता जारि राख्नु पर्ने मन्तब्यमा बताएका थिए।
अत्यन्तै सौहद्र बातावरणमा सम्पन्न स्वागत तथा भेटघाट कार्यक्रमको अन्तमा सम्पूर्ण अतिथिगण तथा सहभागिहरु रात्रि भोजमा सरिक भएका थिए। कार्यक्रमको फोटोग्रफि युवा समूहका अध्यक्ष ओमकार गुरुङ र खानाको ब्यबस्थापन उपाध्यक्ष कन्य प्रसाद गुरुङ र पुर्ण घलेले गरेका थिए। कार्यक्रम सफल बनाउन उपाध्यक्ष शिव कुमार गुरुङ, समाज घरका म्यानेजर बाबु राम गुरुङ, सहायक म्यानेजर यम बहादुर गुरुङ, सहायक म्यानेजर ईमान घले साथै आमा समूहका अध्यक्ष बिन्दु घलेले महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए।

6E1A51936E1A5132

Previous तमु समाज युके द्वारा नेपाली जनप्रतिनिधीहरुको स्वागत तथा सम्मान।
Next लण्डनमा भब्य हरितालिका तीज २०१८ कार्यक्रम सम्पन्न।