लन्डनमा लेडिज नाईट तथा हरितालिका तीज २०१९ कार्यक्रम भब्यताकासाथ सम्पन्न।


लन्डनमा लेडिज नाईट तथा हरितालिका तीज २०१९ कार्यक्रम भब्यताकासाथ सम्पन्न।
शिवशरण गुरुङ – लन्डन
नारिहरुको महान पर्व तीजको पावन अवसरमा बिगतका बर्षहरुझै यस बर्ष पनि गत ३१ अगष्ट २०१९ शनिबारका दिन तमु समाज युके आमा समुहले लन्डनको वेम्बली बरहाम पार्क स्थित आफ्नै तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरमा लेडिज नाईट तथा हरितालिका तीज कार्यक्रम भब्यताकासाथ सम्पन्न गरेको छ।

तमु समाज युके आमा समुहका अध्यक्ष बिन्दु घलेको अध्यक्षतामा तमु समाज युकेका संस्कृतिक सचिब सरु गुरुङ रानाले संचालन गरेको लेडिज नाईट तथा हरितालिका तीज २०१९ कार्यक्रममा हेल्थ एण्ड सेफ्टि बारे आमा समुहका सचिब बिबा देवि गरुङले जानकारि दिएका थिए।
आमा समुहका अध्यक्ष बिन्दु घले, जेष्ठ नागरिक श्रद्धेय श्रीमती टुल्की गुरुङ र आमा समुहका निबर्तमान अध्यक्ष माया गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरि लेडिज नाईट तथा तीज बिषेस कार्यक्रमको समुदघाटन गरेका थिए। दिप प्रज्वलन पछि कार्यक्रमको आरम्भमा नेपालको राष्ट्रिय गित बजाईएको थियो।
कार्यक्रममा तमु समाज युकेका आमा दिदी बहिनीहरु, तमु प्ये ल्हु संघ युके आमा समुहका दिदी बहिनीहरु र लण्डन वरिपरिका अन्य संघ संस्थाका महिला अतिथिगण, प्रतिनिधीहरु तथा नेपाली नारिहरुको उल्लेख्य उपस्थिती रहेको थियो।
समुदघाटन पछि लेडिज नाईट तथा तीज कार्यक्रमको मन्तब्य राख्नेक्रममा तमु समाज युके आमा समुहका उपाध्यक्ष मथुरा गुरुङले स्वागत मन्तब्य, अध्यक्ष बिन्दु घलेले धन्यबाद मन्तब्य राखेका थिए। यसैगरि शुभकामना मन्तब्य राख्ने क्रममा तमु प्हे ल्हु संघ युके आमा समुहका अध्यक्ष बिष्णु टु क्ल्हेप्री तमुले लेडिज नाईट तथा तीज कार्यक्रममा अतिथिको रुपमा सहभागि हुन पाउँदा अत्यन्त खुसि र गर्व अनुभूत गर्दै आयोजक समिति तथा उपस्थित सबैलाई हरितालिका तीजको शुभकामना सहित हार्दिक धन्यबाद व्यक्त गरेका थिए।


औपचारिक कार्यक्रम पछि तमु समाज युकेको संस्कृतिक सचिब सरु गुरुङ रानाको कोरियोग्रफिमा तमु समाज युके आमा समुहको एक समुहिक तीज नृत्य र सुश्री सुबिना गरुङको एकल नृत्य बाट आराम्भ गरिएको यस बर्षको लेडिज नाईट तथा तिज बिशेष नृत्य कार्यक्रमको अन्तिम चरणमा यस बर्ष पुरस्कृत भएका तिन जना उत्कृष्ट नृत्यङगनाहरुको समुहिक नृत्य प्रस्तुत गरेका थिए।


कार्यक्रममा आकर्षक पुरस्कारहरुको राफल ड्र, तिजको बिषेस खाना दरखाने पिउने र संगसंगै बिशाल लामाको तिज बिषेस डिजेमा दिउसो अपरहान्न देखि राति अबेर सम्म सबैले छमछमि तीज नृत्य नाचेर भरपुर मनोरन्जन गरेका थिए।


तीज नृत्यमा आठजना उत्कृष्ट नृत्यङ्गनाहरु पुरस्कृत पनि भएका थिए। उत्कष्ट नृत्य नाचेर पुरस्कृत हुनेहरुमा क्रमस: ज्योती राई प्रथम, मन कुमारि गुरुङ द्वितिय, निरु कोईराला तृतिय, मिना तामाङ चौथो, हेमा पुन पाँचौं, शिक्षा राना छैटौं, राम कुमारि सापकोटा सातौं र निर्मला गुरुङ आठौं स्थानमा रहेका थिए।


कार्यक्रमको अन्तमा तमु समाज युकेका अध्यक्ष बिन्दु घलेले यस बर्षको प्रथम उत्कृष्ट नृत्यङ्गना ज्योती राईलाई ताज, नटराजको प्रतिमा, प्रमाण पत्र र तमु समाज युके आमा समुहले प्रायोजन गरेका प्रथम पुरस्कार दिएका थिए। यसैगरि अन्य पुरस्कृत भएका नृत्यङ्गनाहरुलाई बिभिन्न सदस्य तथा अतिथि महानुभावहरुले प्रायोजन गरेका पुरस्कारहरु दिएका थिए।
कार्यक्रममा मनोरन्जका निम्ती लन्डन साउथ ह्यारो स्थित जय श्री कृष्ण ज्वएलर्सका प्रोपाईटर प्रकाश बिकले प्रायोजन गर्नुभएका आधा तोला सुनको बेरुवा अंगुठि प्रथम पुरस्कार रहेको राफल ड्र पनि आयोजना गरेको थियो। राफल ड्रको अन्य पुरस्कारहरु बिभिन्न सदस्य महानुभावहरुले स्वस्फुर्तरुपमा प्रायोजन गरेका थिए। राफल ड्रको प्रथम पुरस्कार कुमारि खत्रीले जितेका थिए।


कार्यक्रममा तमु समाज युकेका खेलकुद सचिब तथा खाध्य संयोजक हरिमान गुरुङको संयोजनमा, कार्यसमितिका भोलिन्टियर सदस्यहरु, सल्लाहकारहरु तथा सदस्यहरुको सहयोगबाट तयार पारेका तीज बिषेस खानामा आमा समुहका बिभिन्न महानुभावहरुले पनि सेलरोटि, मिनेरल वाटर, अन्य पेय पदार्थ तथा आर्थिक प्रायोजन गरेर सहयोग गरेका थिए।
उक्त कार्यक्रमको फोटोग्राफि टेक बहादुर गुरुङले गरेका थिए। दिउसो ३ बजे सुरु भएको लेडिज नाईट तथा तीज २०१९को सम्पुर्ण कार्यक्रम बेलुका ११:३० बजे अन्त भएको थियो।

Previous The Closing Ceremony of Basic English Language for Beginners
Next तमु समुदयको महान पर्व " च्यू " ल्होछार/ल्होसार को हार्दिक शुभकामना ,आशिमाला।