श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको दशौं बर्षिक भेला २०१७ भव्य रुपमा सम्पन्न ।


शिवशरण गुरुङ

२२ जुलाई २०१७ – स्विनडोन युके ।

श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको दशौं बार्षिक भेला स्विनडोन स्थित पन्जबि कम्युनिटि सेन्टर, (Punjabi Community Centre) मा २२ जुलाई २०१७का दिन भब्य रुपमा सम्पन्न भयो।

दिउसो मध्यन्न १२ बजे समाजका उपाध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङले हलमा पालना गर्नुपर्ने स्वस्थ्य र सुरक्षा सम्बन्धी सबैलाई जानकारि गराए पछि समाजका अध्यक्ष मेजर समुन्द्र गुरुङ र जेष्ठ नागरिक बयोबृद्ध चेलि श्रीमती लक्षिमी गुरुङले संयुक्तरुपमा दिप प्रज्वलन गरि दशौं बार्षिक भेला कार्यक्रमको समुदघाटन गरिएको थियो।औपचारिक कार्यक्रमको प्रारम्भमा यस बर्ष भरि नेपाल र बेलायतमा दिवाङ्गत हुनुभएका समाजका सदस्यहरुको मृतात्ममा चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो।ADS 100                 ADS9

सुश्री दुचि गुरुङ र श्रीमती संझना गरुङले संचालन गरेको दशौं बार्षिक भेला २०१७ कार्यक्रममा समाजका सदस्यहरु र बेलायतमा रहेका आर्थर डाँडाखर्क गाँउको चेलिबेटी र तिनका परिवारहरु करिब ३०० जनाको उपस्थिति रहेको थियो। भेलामा समाजका उपाध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङले स्वागत मन्तब्य र अध्यक्ष मेजर समुन्द्र गुरुङले धन्यबाद मन्तब्य राखेका थिए।मन्तब्यमा अध्यक्ष गुरुङले समाजबाट संस्थागत रुपमा बिगतमा गरेको बिभिन्न महत्वपुर्ण सामाजिक सहयोग कार्यहरुको बारेमा उल्लेख गर्दै पछिल्लो समायमा आर्थर डाँडाखर्क काहुले स्थित श्री सरस्वती आधारभूत बिद्यालयको हुरि बतास बाट क्षति ग्रस्त छाना पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने सबै चन्दादाताहरुलाई धन्यबाद दिएका थिए। यसैगरि मनतब्यको क्रममा अध्यक्ष गुरुङले श्री पञ्चकोशी उच्च माध्यमिक बिध्यालय आर्थर डाँडाखर्कमा अध्यनरत पूर्ब बिधार्थीहरु संगठित भई पञ्चकोशी भू.पू. बिद्यार्थी मंञ्च खडा गरेर गाउँमै मन्टेस्वरि अवधारणमा गुणस्तरिय अंग्रेजी माध्यमको पठन पाठन संचालन गरेको उदाहरणनिय कार्यको प्रसंशा गर्दै ब्यक्तिगत तवरमा उक्त अभियानमा सकेको सहयोग गरिदिन सबैलाई आग्रह गरेका थिए। मन्तब्यमा अध्यक्ष गुरुङले बिबिध कारणहरुबस आर्थर डाँडाखर्क ग्लोबल परियोजना प्रभावकारिरुपमा संचालन हुन नसकेकोले निकट भविस्यमा यस बारे सबैसंग पुन: परामर्श गरेर अगाडि बढने बताए र बिगतमा जस्तै आगामि दिनहरुमा पनि बिभिन्न सामाजिक कार्यहरुमा सहयोग गरिदिन सबैलाई आग्रह गरेका थिए।

ADS117               ADS74

 

कार्यक्रममा समाजका पुर्ब उपाध्यक्ष तथा अतुल गुरुङ उपचार सहयोग समितिको संयोजक गोबिन्द गुरुङले हाल बेलायतमा बिद्यार्थी भिषामा रहेका आर्थर डाँडाखर्क निबासी अतुल गुरुङको गम्भिर स्वस्थ्य उपचारको सहयोगार्थ समाजका सदस्यहरु र चेलीबेटीहरुबाट झण्डै ४ हजार पाउण्ड भन्दा बढि रकम आर्थिक संकलन गरी अतुल गुरुङलाई हस्तान्तरण गरिसकेको बृस्तृत बिबरण भेलालाई जानकारी गराएका थिए।

कार्यक्रममा समाजका जेष्ठ नागरीक, नव बिवाहित दम्पति, बेलायति सैनिक सेवामा पदोउन्नति भएका, शैक्षिक सत्र २०१६/१७मा बिभिन्न बिधामा शैक्षिक उपाधी हासिल गरेका सदस्य, चेलिबेटि, जुवाई, युवा, युवातिहरु  र बाषिक भेलालाई सफलता पुर्बक सम्पन्न गर्न बिभिन्न रकमको आर्थिक सहयोग गरेका ब्यक्तिहरुलाई अध्यक्ष मेजर समुन्द्र गुरुङ, संस्थापक अध्यक्ष क्याप्टेन कृष्ण प्रसाद गुरुङ, पूर्ब अध्यक्ष शिबशरण गुरुङ, समाजका बयोबृद्ध जेष्ठ नागरिक द्वय श्रीमती अकला देबी गुरुङ र श्रीमती राज कुमारि गुरुङले खादा ओडाई सम्मान गरेका थिए।

ADS18                  ADS20

यसैगरि उक्त कार्यक्रममा नेपाल बाट बेलायत भ्रमणमा आउनुभएका श्री पञ्चकोशी (आर्थर डाँडखर्क) समाज पोखराका सदस्य लिल बहादुर गुरुङ, चेलि जुवाई शूर्य बहादुर गुरुङ तथा श्रीमती राम कुमारि गुरुङ लगायत अन्य नव आगन्तुक सदस्य, चेलिजुवाईहरु, कार्यसमिति र युवा समितिका नव निर्बाचित सदस्यहरुलाई पनि बधाई, शुभकामना दिदै खादा लगाई स्वागत तथा सम्मान गरेका थिए।

कार्यक्रममा गत बर्ष ठुलो हुरि बातस बाट क्षतिग्रस्त कुस्मा नगरपालिका वार्ड नं १४ आर्थर डाँडाखर्क काहुलेको श्री सरस्वति आधारभूत बिद्यालयको छाना पुनरनिर्णमा आर्थिक सहयोग गरेका ब्यक्तिहरुलाई बिद्यालय ब्यबस्थापन समितिले गाउँबाट पठाएको कदर ताम्रपत्र दुर्ग बहादुर गुरुङको संयोजनमा धन प्रसाद गुरुङ तथा चिज कुमारि गुरुङले बितरण गरेका थिए।ताम्रपत्र बितरणको क्रममा दुर्ग बहादुर गुरुङ र धन प्रसाद गुरुङले बिद्यालय ब्यबस्थापन समितिको तर्फ बाट आर्थिक सहयोग गर्ने सबै दाताहरुलाई आभार ब्यक्त गर्दै हार्दिक धन्यबाद दिएका थिए।

ADS124                     ADS138

उक्त भेलाम समाजका सबै सदस्यहरु तथा चेलिबेटिहरुको परिवार सहित ग्रान्ड स्ट्यान्डमा प्रोफेसनल फोटोग्राफर बाट ऐतिहासिक समुहिक फोटो पनि खिचेको थियो।

यस पटकको बार्षिक भेलामा काजि गुरुङको व्यबस्थापनमा गोर्खा स्वायर रेष्टुरेन्टले खाना तयार पारेको थियो भने पेय पदार्थको ब्यबस्थापनमा पुर्ब महासचिब गोपाल गुरुङ र कुमार गुरुङ खटिएको थियो।यसै गरि प्रवेस टिकट ब्यबस्थापनमा महासचिब राजेस गरुङ, कोषाध्यक्ष बिशाल गुरुङ र श्रिमती अमिता गुरुङले सहयोग गरेका थिए।

ADS47                   ADS73

मनोरंजनका निम्ति बिभिन्न दम्पति बिच समुहिक खेल, समाज भित्रकै प्रतिभा श्रीमती संझना गुरुङबाट नृत्य प्रस्तुति र समाजका बिभिन्न सदस्यहरुले स्वईछ्याबाट प्रायोजन गरेका अकर्षक पुरस्कारहरुको राफल ड्र पनि आयोजना गरेको थियो।कार्यक्रमको अन्तमा मञ्जु गुरुङ राईको डिजेमा उपस्थित सबैले नाचेर भरपुर मनोरंजन गरेका थिए। मध्यन्न १२ बजे आरम्भ भएको बार्षिक भेला कार्यक्रम बेलुकिको ८ बजे अन्त भएको थियो।

Previous तमु समाज बेलायतले सरकारसंग लियो कम्युनिटी हल
Next तमु समाज युकेका आमा समुह द्वारा अयोजीत २०७४ सालको हरितालिका तिज उत्सव भब्यताका साथ मनाउनका लागी बेलायतबासि सम्पुर्ण नेपाली दिदि बहिनी हरुलाई हार्दिक निमन्त्रणा।