१२औं नेपाली मेला २०२१मा तमु समाज युकेको सहभागिता।


१२औं नेपाली मेला २०२१मा तमु समाज युकेको सहभागिता।

हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव भन्ने नाराका साथ तमु धिं युकेको आयोजनामा २९ अगष्ट २०२१ आईतबारका दिन केम्पटन पार्क रेसकोर्स लण्डनमा भब्यताकासाथ सम्पन्न नेपाली मेला २०२१ कार्यक्रममा तमु समाज युकेको भव्य सहभागिता रहेको थियो। तमु धिं युकेको निमन्त्रणालाई सहर्ष स्विकार गरि, नेपाली मेलामा सहभागि बनौं, हाम्रो कला र संस्कृतिको जगेर्ना गरौं, नेपाली तथा तमु एकता आजको मूल आवस्यकता भन्ने मर्मलाई आत्मसात गर्दै तमु समाज युकेले लामो समयको अन्तराल पछि १२औं नेपाली मेलामा भव्य सहभागिता जनाई नेपाली कला र संस्कृती झल्किने झाँकि र कृष्ण चरित्र नृत्यको प्रस्तुति गरेको थियो। तमु भेषभूषामा प्रस्तुत झाँकी मार्फत नेपाली समूदायमा सदिऔं देखि बिभिन्न परिस्थितीले आफ्नो परिवारको सदस्यहरु लाहुरे बनेर बिदेश यात्रामा निस्कनु पर्ने र परिवार संग लामो समय सम्म छुट्टिनु पर्ने बियोगान्त परिघट्ना गित तथा संगितको माध्यम बाट प्रस्तुत गर्ने जमर्को गरेको थियो।

नेपाली मेलाको आयोजक तमु धिं युके परिवार र नेपाली राजदुताबास बेलायत साथै १२औं नेपाली मेलामा सहभागि सबै संघ संस्था तथा उपस्थित दर्शक महनुभावहरुमा तमु समाज युके हार्दिक कृतज्ञता सहित बधाई तथा शुभकामना व्यक्त गर्दछ।

१२औं नेपाली मेला २०२१मा तमु समाज युकेको सहभागिताका लागि पुर्व तयारि र मेलाको दिनको  केहि झलकहरु तस्बिरमा।

      

Previous गोर्खा सत्याग्रह संघर्ष समिति यूकेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तमु समाज यूकेले व्यवस्थापनका लागि ८ सय ५२ पाउन्ड सहयोग गरेको छ ।
Next तमु समाज युकेका आमा समुह द्वारा लन्डनमा भब्य तीज २०२१ कार्यक्रम सम्पन्न।