२९ डिसेम्बर २०१८मा तमु समाज युकेले लण्डनको ह्यारो लेजर सेन्टरमा फो ल्होछार भव्य रुपले मनायो।


तमु समाज युकेले लण्डनको ह्यारो लेजर सेन्टरमा फो ल्होछार भव्य रुपले मनायो।

शिवशरण गुरुङ –लण्डन।

तमु समाज युकेले तमुहरुको महान पर्ब फो ल्होछार/ल्होसार कार्यक्रम गत शनिबार २९ डिसेम्बर २०१८मा लण्डन स्थित ह्यारो लेजर सेन्टर हलमा भब्य रुपमा मनाएको छ।लण्डन बरो अफ ब्रेन्टका मेयर काउन्सिलर अर्शाद महमुदको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बृहत तमु ल्होछार कार्यक्रमको उदघाटन प्रमुख अतिथी मेयर महमुद र समाजका अध्यक्ष शिव चन्द्र गरुङले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी गरेका थिए।कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो।

तमु समाज युकेका अध्यक्ष शिव चन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न फो ल्होछार औपचारिक कार्यक्रमको सन्चालन समाजका महासचिब हर्क बहादुर गुरुङले गरेका थिए।कार्यक्रमा संयोजक कमल गुरुङले हेल्थ र सेफ्टी सम्बन्धी जानकारी दिए भने उपाध्यक्ष शिव कुमार गुरुङले स्वागत मन्तब्य राखेका थिए।त्यसैगरी कार्यक्रममा सहभागी सबैलाई समाजका अध्यक्ष शिव चन्द्र गुरुङले धन्यबाद मन्तब्य दिएका थिए। कार्यक्रममा समाजका नयाँ आजिबन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र तथा समाजको लोगो अंकित ब्याज बितरण गरि समाजमा औपचारिक रुपमा स्वागत गरिएको थियो।

मन्तब्य राख्नेवक्रममा कार्यक्रमका प्रमुख अतिथीले तमु समाज युकेले आयोजना गरेको बिशाल ल्होछार कार्यक्रममा सहभागी हुन पाउंदा खुशी ब्यक्त गर्दै, साँस्कृतिक विविधताको नमुनाको रुपमा रहेको बेलायतमा नेपाली तमु समुदायको महत्वपूर्ण भूमिका रहेको बताउदै आफ्नो मौलिक कला, पहिचान र संस्कृतीलाई जोगाउंदै सामाजिक सेवामा निरन्तर अगाडि बढिरहन आह्वान गर्दै फो ल्होछार कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद सहित ल्होछारको शुभकामना ब्यक्त गरेका थिए।

यसैगरि मन्तब्य राख्नेकक्रममा बिषेस अतिथी बेलायती पार्लियमेन्टका मानानीय सांसद बिरेन्द्र शर्माले ल्होछार कार्यक्रममा सहभगि बनि तमु समाज युके बिषिष्ठ समाज सेवा सम्मान लाईफ टाईम एचिभमेन्ट एवार्ड २०१८ बाट सम्मानित हुन पाउंद अत्यन्त हर्षित हुँदै तमु समाज युकेका अध्यक्ष लगायत कार्य समितिका पदाधिकारिहरु र सबैसदस्यहरुलाई आभार सहित हार्दिक धन्यबाद तथा ल्होछारको मंगलमय शुभकामना ब्यक्त गरेका थिए।

बिगतका जस्तै यस बर्षको फो ल्होछार कार्यक्रमको अवसरमा पनि शैक्षिक सत्र २०१८मा स्नातक तथा स्नाकोउत्तरमा सफलता प्राप्त बिध्यार्थी, कलाकारहरु तथा बिगतको बर्षभर सामाजिक जीबनको बिभिन्न पक्षमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुको साथै समाजिक सेवा र बिकासमा उल्लेख्य योगदान पुराउने महानुभावहरुलाई प्रशंसापत्र सहित खादा लगाएर सम्मान गरिएको थियो। सम्मान तथा प्रशंसापत्र बितरणमा प्रमुख अतिथी लण्डन बोरो अफ ब्रेन्टका मेयर काउन्सिलर अर्शाद महमुद, मानानिय संसद बिरेन्द्र शर्मा एमपि काउन्सिलर मोहमद बट र समाजका अध्यक्ष शिव चन्द्र गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ, उपाध्यक्ष शिव कुमार गुरुङ, निबर्तमान अध्यक्ष अर्जुन कुमार र आमा समुहका अध्यक्ष बिन्दु गुरुङ सहाभागी भएका थिए।

यसैगरी समाजको स्थापनाकाल देखि अनावरतरुपमा बिभिन्न महत्वपुर्ण पदहरुमा रहेर सामाजिक जीबनको बिभिन्न क्षेत्रमा तमु समाज युकेको संरक्षण, सम्बर्धन र बिकास गर्नको निम्ती अहोरात्र खटिई अतुलनिय योगदान गरेका सामाजिक अभियन्ता तमु समाज युकेका निबर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङ, निबतर्मान आमा समूहका अध्यक्ष माया गुरुङ र बेलायती पार्लियमेन्टका मानानीय सांसद बिरेन्द्र शर्मालाई तमु समाज युके बिशिष्ठ समाज सेवा सम्मान लाईफ टाईम एचिभमेन्ट एवार्ड २०१८ बाट सम्मान गरिएको थियो।सम्मानित तिन ब्यक्तित्वलाई कार्यक्रमाका प्रमुख अतिथि लण्डन बरो अफ ब्रेन्टका मेयर अर्शाद महमुद, समाजका अध्यक्ष शिव चन्द्र गुरुङ र आमा समुहका अध्यक्ष बिन्दु घलेले बिषिष्ट सम्मानपत्र प्रदान सहित फेटा र खादा लगाई सम्मान गरे।सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र पुर्ब अध्यक्ष शिवशरण गुरुङले पनि सहयोग गरेका थिए।

यसैगरि तमु समाज युकेले प्रत्येक बर्ष ल्होछारको अबसरमा सामाजिक जीवनको बिभन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने ब्याक्तित्वहरुलाई तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र बाट सम्मान गरेको छ। यस बर्ष तमु समाज युकेले उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१८ बाट सल्लाहकार बाबुराम गुरुङ, सल्लाहकार यम बहादुर गुरुङ, सल्लाहकार लेख बहादुर गुरुङ आमा समुहका निबर्तमान उपाध्यक्ष पुष्पा गुरुङ, सह संयोजक जिवन गुरुङ, आजीवन सदस्य निरज गुरुङ, सुश्री सुबिना गुरुङ, गोर्खा मिडिय ईनफोरमेसन म्यनेजमेन्ट लिमिटेडका प्रबन्ध निर्देशक पूर्ण गुरुङ, वि नेपाली डट कमका प्रधान सम्पादक पत्रकार नबीन पोखरेल र साहारा युकेका पूर्ब अध्यक्ष दिलिप कुमार गुरुङलाई सम्मान गरिएको थियो।

संस्कृतिक कार्यक्रममा संस्कृतिक सचिब तथा तमु चलचित्रका नायिका सरु गुरुङ रानाको साथै बिभिन्न स्थानिय कलाकारहरुको जोडदार प्रस्तुति रहेको कार्यक्रममा अर्को आकर्षण तमु समाज युकेको आमा समूह, युबा समूह लगायत कलाकारहरुको उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिएको थियो। साँस्कृतिक कार्यक्रममा चर्चित लोक गायक संजय गुरुङको गित प्रस्तुतिमा बेलायतबासी नेपालीहरुले पनि नाचेर साथ दिएका थिए।

उक्त सांस्कृतिक कार्यक्रमको कोरीयोग्राफी तमु समाज युकेका सांकृतिक सचिब तथा तमु चलचित्रका नायिका सरु गुरुङ राना र ब्यबस्थापन आमा समूहका अध्यक्ष बिन्दु घलेले गरेको थियो भने कार्यक्रमको संचालन निरज गुरुङ र स्वस्ति गरुङले गरेका थिए।

कार्यक्रममा एभरेष्ट ल फार्मका सोलिसिटर राजु थापालाई तमु समाज युके कम्युनिटि सर्भिस एवार्ड प्रदान गरेको थियो। यसैगरि कार्यक्रममा चर्चित लोक गायक संजय गुरुङ, फोटो पत्रकार मिलन गुरुङ, भिडियो ग्राफर बिसन गुरुङ, मिसेस युके नेपाल -२०१७ आस्था जोशी र मगर संघ वेम्बलीलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा बिशेष अतिथीको रुपमा माननीय सांसद बिरेन्द्र शर्मा, ब्रेन्ट काउन्सिलका लिडर मोहमद बट लगायत अतिथिका रुपमा ब्रेन्ट काउन्सिलका पूर्ब मेयर तथा काउन्सिलर भगवानजि चौहान, काउन्सिलर क्रुपा सेठ, काउन्सिलर त्रुप्ति संगानि, काउन्सिलर सकिब बट, गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्ष पुनम गुरुङ, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर रि. खुशीमान गुरुङ, मगर संघ युका अध्यक्ष नेम बहादुर थापा, तनहुँ समाज युकेका अध्यक्ष लेख बहादुर गुरुङ, लमजुङ जिल्ला समाज युकेका अध्यक्ष बोहत गुरुङ, देवाचन बुद्धिष्ट सेन्टर युकेका संरक्षक तथा अध्यक्ष लामा धरम गुरुङ, पोखरेली मन्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, किरात राई यायोख्याका अध्यक्ष कल्पना राई, यति नेपाली एसोसिएसनका अध्यक्ष शशी नेपाल, बेजिङस्टोक गुरुङ समाजका अध्यक्ष ओम गुरुङ, मेन्दोमाया समाज युकेका अध्यक्ष हरिसिङ गुरुङ, पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपांगी मगर, गोर्खा जिल्ला समाज युकेका अध्यक्ष कर्ण दर्लामी मगर, पर्बत वेलफेयर सोसाईटीका युकेका अध्यक्ष नेत्र आले, साहारा युकेका अध्यक्ष कुमार गुरुङ, सोंपाल समाज युकेका अध्यक्ष युक्त गुरुङ, श्री पञ्चकोशि (आर्थर डाँडा खर्क) समाज युके तथा थाउजन्ड बुद्ध युकेका अध्यक्ष मेजर रि. समुन्द्र गुरुङ, मगर संघ वेम्बली युकेका अध्यक्ष पुर्ण राना, तमु कलाकार सांस्कृतिक मंच युकेका अध्यक्ष चन्द्र बहादुर गुरुङ, धादिङ नुवाकोट समाज युकेका अध्यक्ष चोक बहादुर तमाङ, राङजुङ येसे ओडियाना युके सिआईओ केन्द्रका अध्यक्ष क्याप्टेन रि. जीवन कुमार गुरुङ, पिपल मोर्गेजका प्रबन्ध निर्देशक सूर्य गुरुङ, आईएमई लन्डनका निर्देशक कमल पौडेल, नेपलिज एकाउन्ट एसोसिएसन युकेका अध्यक्ष सरोज सापकोटा, लिबरल डेमोक्रेटिकका स्थानिय प्रबक्ता पउल लोरबर, किराँत राई यायोख्या लन्डनका अध्यक्ष रोम मुकारुङ, एभरेष्ट ल फर्मका सोलिसिटर राजु थापा, ए स्टार फाईनानसियल सोलुसन युकेका निर्देशक मिन दर्लामी, लन्डन फेशन हाउसका प्रोपाईटर मनिषा डंगोल, वि नेपाली डटकमका प्रधान सम्पादक नबीन पोखरेल, एभरेष्ट टाईम्सका सम्पादक हरि काजी गुरुङ, गोर्खा मिडिया ईन्फोरमेसन म्यनेजमेन्ट लिमिटेडका निर्देशक पूर्ण गुरुङ, तमु पे ल्हु संघ युकेका प्रमुख सल्लाहकार लेप्टेनेन्ट रि. मदन गुरुङ, पुन समाज युकेका उपाध्यक्ष केस माया पुन, गुरुङ सोसाईटी केन्टका महासचिब गोलमान गुरुङ, तामाङ समाज युकेका पूर्ब अध्यक्ष दिपक गोले, घोताने गुरुङ समाज युकेका महासचिब ईन्द्र गुरुङ, कोसोभो समाज युकेका उपाध्यक्ष अम्बर गुरुङ, पन्चासे समाज युकेका उपाध्यक्ष खुशीमान गुरुङ, गोर्खा नेपालीज वेलफेयर सोसाईटी युकेका उपाध्यक्ष रुद्र श्रेष्ठ, दुरलुङ समाज युकेका उपाध्यक्ष हर्क बहादुर गुरुङ, कोडेक युकेका उपाध्यक्ष रुकमिनी श्रेष्ठ थापा, चित्रेली तमु समाज युकेका अध्यक्ष हितमान गुरुङ, लमजुङ दरबार परिवार युकेका अध्यक्ष ज्ञान बहादुर गुरुङ, तामाङ समाज युकेका पूर्ब अध्यक्ष दिपक गोले, तमु धि एसोसिएसनका युकेका पूर्ब अध्यक्ष शुबसिङ गुरुङ बिईएम। यति नेपाली एसोसिएसन युकेका पूर्ब अध्यक्ष उमेश राज मोक्तान, साहारा युकेका पूर्ब अध्यक्ष मिन गुरुङ, पर्बत वेलफेयर सोसाईटीका युकेका पूर्ब अध्यक्ष ददी आचार्य, ठाँटि समाज युकेका प्रतिनिधि नबीन लामा, समाज सेबिका मन्जु गुरुङ, मिसेस नेपाल युके – २०१८ बिनु लामिछाने लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गर्नको निम्ति समाजका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारिहरु, आजिबन सदस्यहरु, सदस्यहरु, युवा समूह, आमा समूहका साथै र समाजको शुभेच्छुकहरुले महत्वपूर्ण भुमिका निर्बाह गरेको थियो।

कार्यक्रममा सांस्कृतिक कार्यक्रमका कलाकारहरु सरु गुरुङ राना, माया गुरुङ, बिन्दु घले, बिमला गुरुङ, उदय गुरुङ, ज्ञान बहादुर गुरुङ, केदार बहादुर गुरुङ, रितु गुरुङ, सिदार्थ गुरुङ गौरब गुरुङ, बुद्धि सारु मगर, निलिमा थापा गुरुङ, दिया लिम्बु, समिक्षा राना, सनदिप राना, प्रजु गुरुङ, ओसेन राना, सुबिना घलेलाई धन्यबाद ब्यक्त गर्दै खादा र कदरपत्र बाट सम्मान गरिएको थियो।

कार्यक्रमको अन्तमा सबैजनाले चाँद म्युजिक ओर्ल्डको डिजेमा आफुखुशीको नाच नाचेर भरपुर मनोरन्जन लिएका थिए।कार्यक्रममा ओमकार गुरुङ र मिलन गुरुङले उत्कृष्ट फोटोग्राफी गरेका थिए भने भिडियोग्राफी बिबिएम वोर्ल्ड टिभिका बिसन गुरुङ, खाना र पिउने पदार्थको ब्यबस्थापन ड्रागोन प्यालेस रेष्टुरेन्टका प्रोपाईटर जुम काजी गुरुङ तथा केदार बहादुर गुरुङ र साउण्ड सिस्टम चाद लामाले ब्यबस्थापन गरेको थियो।

ल्होछार कार्यक्रम पछि आईतबार ३० डिसेम्बर २०१८को दिउसो पुजा कार्यक्रमको संयोजक तथा सल्लाहकार ईमान घले र आमा समूहको अध्यक्ष बिन्दु घलेको संयोजनमा तमु समाज युके फो ल्होछार पुजा तथा ग्रहा शान्ति गरियो। कार्यक्रम देवाचन बुद्धिष्ट सेन्टरका प्रमुख लामा धरम गुरुङ, लामा करन बहादुर गुरुङ र लामा राम गुरुङबाट तमु समाज युके नेपालीज कम्युनिटी सेन्टर बरहाम पार्क बेब्लीमा भब्यताकासाथ सम्पन्न भएको थियो।

To view more photos  please click photo album  Thank you.

Previous Video
Next तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१८ बाट सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमाका प्रमुख अतिथि लण्डन बरो अफ ब्रेन्टका मेयर अर्शाद महमुद, र समाजका अध्यक्ष शिव चन्द्र गुरुङ ले सम्मान गरिएको थियो।