तमु समाज यूकेको आयोजनामा गुरुङ भाषा, संस्कार, संस्कृति र सामाजिक जीवनमा आधारित बहुप्रतीक्षित गुरुङ चलचित्र ‘मार्कली’ पहिलोपटक लन्डनमा विशेष प्रदर्शन हुँदैछ।
📅 मिति: आइतबार, ६ सेप्टेम्बर २०२६
⏰ समय: दिउँसो १:०० बजे
📍 स्थान: तमु समाज यूके नेपाली कम्युनिटी सेन्टर
बार्हम पार्क, सडबरी, लन्डन
660 Harrow Road, Wembley, HA0 2HB
गुरुङ समुदायको मौलिक जीवनशैली, पारिवारिक सम्बन्ध, सामाजिक मूल्य–मान्यता, भाषा, संस्कार र सांस्कृतिक पहिचानलाई भावपूर्ण रूपमा प्रस्तुत गरिएको यस विशेष चलचित्र हेर्न सम्पूर्ण गुरुङ तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई परिवार, आफन्त र साथीभाइसहित उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
आउनुहोस्—आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा साथ दिऔँ र गुरुङ चलचित्र ‘मार्कली’ को लन्डनमा हुने पहिलो ऐतिहासिक प्रदर्शनलाई सफल बनाऔँ।
टिकट तथा थप जानकारीका लागि ब्यानरमा उल्लिखित सम्पर्क नम्बरहरूमा सम्पर्क गर्नुहोला।
आयोजक: तमु समाज यूके
#Markali #GurungMovie #TamuSamajUK #GurungFilm #LondonPremiere #GurungCulture