Community Consultation – Proposed Health, Wellbeing and Social Inclusion Project


Tamu Samaj UK has delivered a range of community health, wellbeing and social inclusion programmes over the years, with financial support from The National Lottery Community Fund and other funding organisations.

Building on our experience and discussions with community members, we have identified a need for further activities to encourage young people’s participation in sport, promote older people’s physical and mental wellbeing, reduce loneliness and social isolation, and strengthen relationships across generations.

In response, Tamu Samaj UK plans to develop a new community project proposal based on the community’s needs and priorities. We intend to apply to The National Lottery Community Fund or other potential funding organisations for financial support to deliver the project.

Before finalising the proposal, we invite existing Tamu Samaj UK members, new participants and anyone interested from the wider local community to share their views, suggestions and feedback on the activities they would like the project to offer.

Your input will help us develop a more effective and inclusive project that reflects the community’s needs.

Please send your views and suggestions to info@tamusamajuk.com or contact any member of the Tamu Samaj UK Executive Committee.

Tamu Samaj UK

सामुदायिक परामर्श तथा सुझाव सङ्कलनसम्बन्धी सूचना

तमु समाज यूकेले विगतका वर्षहरूमा The National Lottery Community Fund लगायत विभिन्न सहयोगी संस्थाहरूको आर्थिक सहयोगमा समुदायको हितका लागि स्वास्थ्य, कल्याण, सामाजिक समावेशिता तथा अन्य विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

विगतका अनुभव र समुदायका सदस्यहरूसँग भएका छलफलका आधारमा युवाहरूको खेलकुदमा सहभागिता बढाउने, ज्येष्ठ नागरिकहरूको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने, एक्लोपन तथा सामाजिक अलगाव कम गर्ने र विभिन्न पुस्ताबीच आपसी सम्बन्ध सुदृढ बनाउने थप कार्यक्रमहरूको आवश्यकता पहिचान गरिएको छ।

यसै सन्दर्भमा तमु समाज यूकेले समुदायको आवश्यकता र प्राथमिकताका आधारमा नयाँ सामुदायिक परियोजनाको प्रस्ताव तयार गर्ने योजना बनाएको छ। उक्त परियोजना सञ्चालनका लागि The National Lottery Community Fund वा अन्य सम्भावित सहयोगी संस्थाहरूसमक्ष आर्थिक सहयोगका लागि आवेदन दिने हाम्रो उद्देश्य रहेको छ।

परियोजनाको प्रस्तावलाई अन्तिम रूप दिनुअघि तमु समाज यूकेका विद्यमान सदस्यहरू, नयाँ सहभागीहरू तथा बृहत्तर स्थानीय समुदायका सम्पूर्ण इच्छुक व्यक्तिहरूबाट आवश्यक कार्यक्रम तथा गतिविधिहरूबारे राय, सुझाव र प्रतिक्रिया सङ्कलन गर्न चाहन्छौँ।

यहाँहरूको अमूल्य सुझावले प्रस्तावित परियोजनालाई अझ प्रभावकारी, समावेशी र समुदायको वास्तविक आवश्यकताअनुरूप बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

कृपया आफ्ना राय तथा सुझावहरू info@tamusamajuk.com मा पठाउनुहुन वा तमु समाज यूकेका कुनै पनि कार्यसमिति सदस्यसँग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।

तमु समाज यूके

Previous Budhigandaki Flood Sweeps Away Homes and Bridges; Search and Rescue Continues
Next बेलायत सरकारको ‘Be Ready’ अभियान: आपत्कालका लागि तयार रहौँ !