ल्होछार तमु (गुरुङ) समुदायको नयाँ वर्षको स्वागत गर्ने मौलिक सांस्कृतिक पर्व हो। प्रत्येक वर्ष पुस १५ गते ल्हो अर्थात् वर्ग परिवर्तन हुने परम्पराअनुसार यसपटक घोडा वर्ग “त “ल्हो लाई बिदाइ गर्दै ” ल्हु ” ल्हो अर्थात् भेडा वर्गको स्वागत गरिँदै छ। यो पर्व आफ्नो भाषा, भेषभूषा, कला र संस्कृतिप्रतिको गौरवसँगै अग्रजको आशीर्वाद लिने, आपसी सद्भाव बढाउने र नयाँ पुस्तालाई मौलिक पहिचानसँग जोड्ने अवसर पनि हो।
यही सांस्कृतिक भावना र सामुदायिक एकतालाई आत्मसात् गर्दै तमु समाज यूकेले आयोजना गर्ने ल्होछार उत्सवमा सहभागी भई नयाँ वर्षको खुसी साटासाट गर्न सम्पूर्ण सदस्य, परिवारजन तथा शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
मिति: २ जनवरी २०२७
समय: साँझ ४:३० देखि राति ११:३० बजेसम्म
स्थान: हेरो लेजर सेन्टर (Harrow Leisure Centre)
आउनुहोस्, मौलिक संस्कृतिको सम्मान गर्दै ल्होछारको खुसी सँगै मनाऔँ।
शिब कुमार गुरुङ
निवर्तमान अध्यक्ष
तमु समाज युके