लेडिज नाइट तथा हरितालिका तीज कार्यक्रम–२०२६ रद्द गरिएको सूचना

आदरणीय सदस्यज्यूहरू, दिदीबहिनीहरू तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरू,

मातृभूमि नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोका कारण बाढीका कारण उत्पन्न दुःखद परिस्थितिले तमु समाज यूके परिवारलाई गहिरो दुःखित बनाएको छ। देश पीडामा रहेको यस कठिन घडीमा बाढीपीडित परिवारहरूप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै, तमु समाज यूके आमा समूहको आयोजनामा आगामी १२ सेप्टेम्बर २०२६ का दिन तमु समाज यूकेको सामुदायिक भवन, बारहम पार्क, वेम्बलीमा हुने भनिएको ‘लेडिज नाइट तथा हरितालिका तीज कार्यक्रम–२०२६ रद्द गरिएको जानकारी गराउँदछौँ।

यस दुःखद घडीमा उत्सव मनाउनुभन्दा मातृभूमिको पीडामा साथ दिनु उचित ठहर गर्दै कार्यक्रम रद्द गर्ने निर्णय गरिएको हो।

यस निर्णयबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। कार्यक्रमको तयारीमा समय, श्रम र सहयोग प्रदान गर्नुहुने आमा समूह, कलाकार, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। यहाँहरूबाट यस निर्णयप्रति समझदारी, साथ र सद्भाव प्राप्त हुने विश्वास लिएका छौँ।

बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै उहाँहरूको सुरक्षा र शीघ्र जनजीवन सामान्यीकरणको कामना गर्दछौँ।

तमु समाज यूके तथा आमा समूह