पर्वतको साङङाग दोर्जे छोयालिङ गुम्बालाई तमु समाज युकेले सात लाख ७० हजार ५०० रुपैयाँ सहयोग गरेको छ


पोखरा । पर्वतको साङङाग दोर्जे छोयालिङ गुम्बालाई तमु समाज युकेले सात लाख ७० हजार ५०० रुपैयाँ सहयोग गरेको छ । सोमबार समाजका अध्यक्ष शिवकुमार गुरुङले गुम्बाको पुनः निर्माण र स्तरोन्नतिका लागि उक्त रकम प्रदान गरेका हुन् ।

उक्त रकम समाजका विभिन्न सदस्यहरूबाट संकलन गरिएको थियो । जसमा अध्यक्ष गुरुङ र श्रीमती मिना गुरुङले १ लाख १५९, तमु समाज युकेका आमा समिति अध्यक्ष उमादेवी गुरुङ र सल्लाहकार रामचन्द्र गुरुङले १ लाख ५, सल्लाहकार उदय गुरुङ र श्रीमती विमला गुरुङले १ लाख १ सय ८ रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी, तमु समाज युकेको कोष बाट १ लाख रुपैया र कार्य समितिका सदस्य, सल्लाहकार हरु र आजीवन सदस्यबाट र ३ लाख ७० हजार २२८ रुपैयाँ संकलन भएको थियो । आर्थिक संकलनका क्रममा समाजका कोषाध्यक्ष खेमबहादुर गुरुङ र महासचिव धरम बल गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहका अध्यक्ष उमादेवी गुरुङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

रकम हस्तान्तरणका कार्यक्रमका प्रमुख अतिथि तथा समाजका अध्यक्ष गुरुङले पर्वतको २४४ वर्ष पुरानो गुम्बाको पुनः निर्माण र प्रचार-प्रसार गरी साझा धार्मिक स्थलका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । राज्यबाट थप सहयोग ल्याउनका लागि पहल र प्राप्त रकमको पारदर्शी रूपमा परिचालन गर्नसमेत उनले सुझाए । कुस्मा नगरपालिका-१४ आर्थरडाँडाखर्कस्थित गुम्बा १८३६ सालमा स्थापना गरिएको उल्लेख छ ।

तर गुम्बा त्यसभन्दा पहिला नै स्थापना भएको हुनसक्ने भन्दै सल्लाहकार मनोज गुरुङले थप अनुसन्धान गर्नुपर्नेमा जोड दिए । उक्त स्थान पृथ्वीनारायण शाहबाट १७८१ र १७८७ सालमा बाइसे र चौबीस राज्य एकीकरण गर्ने क्रममा गुम्बाको लागि बिर्ता पाएको उनको भनाइ छ । गुरुङकै पहलमा गुम्बा पुनः निर्माणका लागि सरकारले पनि ३० लाख रुपैयाँ प्रदान गरेको थियो। कार्यक्रममा प्रमुख सल्लाहकार क्या. लालप्रसाद गुरुङ, सल्लाहकार शेरबहादुर गुरुङ र अध्यक्ष सई. कमल गुरुङले पुरानो भए पनि विकास हुन नसकेको गुम्बा पुनः निर्माणका लागि देश-विदेशबाट प्राप्त सहयोगले थप हौसला बढाएको बताए ।

यसै क्रममा अध्यक्ष गुरुङले तमु समाज युकेले आफूले गरेको अनुरोध स्वीकार गरी गुम्बा पुन निर्माणको लागि सहयोग गर्नु भएकोमा तमु समाज युकेका अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरू र स्वेच्छाले सहयोग प्रदान गर्नु सम्पूर्ण सहयोगी दाता हरूलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्नु भएको थियो । प्रमुख सल्लाहकार क्या. गुरुङले भान्सा र सभा हलका लागि नयाँ भवन बनाउन जग्गा दान गरेका थिए ।

पञ्चकोशी आर्थर डाँडाखर्क समाज पोखराका अध्यक्ष तथा साङङाग दोर्जे छोयालिङ गुम्बा पुनः निर्माण समिति अध्यक्ष सई कमल गुरुङ तथा पदाधिकारी एवं सदस्य, समितिका सल्लाहकार, धर्म गुरुङ, जन्ता लामा गुरु, आमा समूहका अध्यक्ष रुकमेणी गुरुङलगायत आमा समूहका दिदीबहिनीले प्रमुख अतिथिलाई भव्य स्वागत गरेका थिए ।

साङङाग दोर्जे छोयालिङ गुम्बाको पुनः निर्माण समितिका अध्यक्ष सई गुरुङको अध्यक्षतामा भएको १५औँ बैठक तथा रकम हस्तान्तरण कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष नासु मेखबहादुर गुरुङ र सञ्चालन सचिव रतनबहादुर गुरुङले गरेका

थिए ।

Previous तमु समाज युकेको च्यारिटी डिनरमा स्वतस्फूर्त चन्दा संकलन
Next लन्डनमा तमु समाज यूकेको २५६८औं बुद्ध जयन्ती तथा स्वस्ति शान्ति पूजा