तमु समाज युकेको १७औं  साधारण सभा तथा ७ औं महाधिवेशनमा कार्यसमिति अध्यक्षमा श्रीमती बिन्दु घले  निर्बाचित।


तमु समाज युकेको १७औं  साधारण सभा तथा ७ औं महाधिवेशनमा कार्यसमिति अध्यक्षमा श्रीमती बिन्दु घले  निर्बाचित।

   

तमु समाज युकेको १७औं बार्षिक साधारण सभा तथा सातौं महाधिवेशन २०२४ शनिवार १५ जुन २०२४का दिन तमु समाज युके नेपालीज कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा सम्पन्न भएको छ। तमु समाज युके छैटौं कार्यसमितिका अध्यक्ष शिव कुमार गुरुङको अध्यक्षतामा बसेको उक्त बार्षिक साधारण सभा तथा सातौं महाधिवेशन २०२४मा  संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, अध्यक्ष शिव कुमार गुरुङ आमा समूहका अध्यक्ष श्रीमती उमा देवी गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरि शुभारम्भ गरिएको थियो।

दुई चरणमा बिभाजित गरिएको कार्यक्रममा, पहिलो चरणको १७औं बार्षिक साधारणसभामा महासचिब धरम बल गुरुङले संस्थाको बार्षिक प्रतिबेदन तथा प्रगति बिबरण, आमा समूहका अध्यक्ष उमा देवी गुरुङ ले आमा समूहको बार्षिक प्रतिबेदन , युवा समूहको अध्यक्ष ओमकार गुरुङले युवा समुहको प्रतिबेदना प्रस्तुत गरेको थियो।बार्षिक सभामा कोषाध्यक्ष खेम बहादुर गुरुङले समाजिक भवन हरुको आया ब्याय बिबरण र समाजको आर्थिक प्रतिबेदन निर्णयार्थ प्रस्तुत गरि सर्व सम्मति बाट अनुमोदन गरेका थिए।

यसैगरि साधारणसभामा बिधान संशोधन र आगामि कार्यक्रमहरुको बारेमा बृहत छलफलगरि निर्णय गरिएको थियो। उपाध्यक्ष बिन्दु घलेले स्वागत मन्तब्य राखेको सभामा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ पूर्ब अध्यक्ष अर्जुन कुमार गुरुङ , निबर्तमान अध्यक्ष शिब चन्द्र गुरुङ , सल्लाहकार तथा तमु धिं युकेका पूर्व अध्यक्ष सुवासिङ गुरङ (बि.ईं.एम),  सल्लाहकार  ले.री  थम प्रसाद गुरुङ , आमा समूहका पुर्व अध्यक्ष माया गुरुङ र सल्लाहकार काउन्सिलर कमल गुरुङले शुभाकामना मन्तब्य राखेका थिए। हेल्थ एण्ड सेफ्टिको बारेमा जानकारि सहित महासचिब धरम बल गुरुङले संचालन गरेको पहिले चरणको कार्यक्रम सौहाद्रपूर्ण बातावरणमा संचालन भएको साधारण सभामा सदस्यहरुको बोल्ने क्रममा सबैले समाजको हित र भाबि कर्यक्रमहरुका निम्ति सकारात्मक सुझावहरु दिदै हाल सम्म भैरहेका कामहरुमा खुसि प्रकट गर्दै छैटौं कार्यसमितिका सम्पूर्ण पदाधिकारिहरुलाई हार्दिक धन्यबाद ब्यक्त गरेका थिए।पहिलो चरण कार्यक्रमको अन्तमा सदसस्यहरुको बोल्ने समयमा उठेका केहि बिषयहरुको बुदागत छलफल र निर्णय गरिसकेपछि नयाँ आजीवन सदस्य श्री पोस बाहदुर गुरुङ लाई अध्यक्ष शिब कुमार गुरुले समाजमा स्वागत गरि खदा लगाई समाजको लोगो अंकित ब्यज प्रदान गरेको थियो।सभाको अन्तमा  अध्यक्ष शिव कुमार गुरुङले धन्यबाद मन्तब्य राखेर छैटौं कार्यसमितिको पदाधिकारि ज्युहरु सल्लाहकार ज्युहरु ,आमा समूह र युवा समूह र उपस्थित सम्पुर्ण आजीवन सदस्यहरुलाई धन्यवद ब्यक्त गर्दै नयाँ कार्यसमितिलाई पनि यसैगरि सहयोग गरिदिनुहुन अग्रहा गर्दै  छैटौं कार्यसमितिको पदावदि समाप्त भएको घोषण गरेका थिए।

बार्षिक साधारण सभा तथा सातौं महाधिवेशनको दोस्रो चरणमा तमु समाज युकेको सातौं कार्य समिति निर्बाचन कार्यक्रम रहेको थियो। तमु समाज युके निर्बाचन समिति २०२४ का अध्यक्ष पुर्व अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षतामा निर्बाचन समितिका सचिब गोपि गरुङले संचालन गरेको दोस्रो चरणको कार्यक्रममा तमु समाज युके सातौं कार्य समिति निर्बाचन समिति २०२४बाट प्रकाशित कार्यतालिका अनुरुप सम्पूर्ण निर्बाचन प्रकृय पुरागरि सर्ब सम्मति बाट निर्बाचित गरिएको सातौं कार्य समिति गठनको परिणाम घोषणा गरेको थियो। निर्बाचन समितिमा निर्वतमान अध्यक्ष तथा सल्लाहकार शिब चन्द्र गुरुङ – उपाध्यक्ष , आमा समूहका पुर्व अध्यक्ष माया गुरुङ- सदस्य सल्लाहकार कन्य प्रसाद गुरुङ -सदस्य रहेका थिए। नव गठित तमु समाज युके सातौं कार्य समितिको बिभिन्न पदहरुमा निम्म उल्लेख गरे अनुसार निर्बाचित भएका छन्।

कार्यकारिणी समितिका पदाधिकारिहरु;

१. अध्यक्ष: श्रीमती बिन्दु घले

२. उपाध्यक्ष त्रय:

(क) श्री भिम बहादुर गुरुङ

(ख) श्री केदार बहादुर गुरुङ

(ग) श्रीमती मिरा गुरुङ

३. महासचिब: श्री सुब घले

४. कोषाध्यक्ष: श्री चन्द्र कान्त गुरुङ

कार्य समितिमा अन्य पदाधिकारि तथा सदस्यहरु २१ जना निर्वाचित भएका छन।

सातौं महाधिवेसनमा कार्य समितिको निर्बाचन गर्ने कार्यक्रममा धन्यबाद मन्तब्य राख्दै निर्बाचन समितिका अध्यक्ष तथा पुर्व अध्यक्ष अर्जुन कुमार गुरुङले सातौं कार्य समिति निर्बाचनमा उत्साहजनकरुपमा सहभागि बनि तमु समाज युकेको निर्बाचन २०२४ भव्य सफल बनाई दिएकोमा अभार प्रकट गर्दै सबैलाई हार्दिक धन्यबाद व्यक्त गरेका थिए।यसैगरि कार्यक्रममा नव निर्बाचित पदाधिकारिहरुलाई निर्बाचन समितिका अध्यक्षले सफथ ग्रहण गराएका थिए। त्यस पछि संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ,  र निर्बचन समितिका अध्यक्षले नव निर्बाचित पदाधिकारिहरुलाई खादा लगाफ पछेउरि र भाङ्ग्र  ओडाई  बधाई तथा शुभकामना दिएका थिए। छैटौं कार्य समितिका अध्यक्ष शिब कुमार गुरुङ ले संस्थाको बिधान र नव निर्बाचित सातौ  कार्य समितिका अध्यक्ष बिन्दु घले ले संस्थाको प्लेक एक अर्कालाई प्रदान गरि पदभार हस्तान्तरण गरेका थिए।

नव निर्बाचित सातौं कार्यसमितिका अध्यक्ष बिन्दु घले सर्ब सम्मति बाट अध्यक्ष पदमा निर्बाचित भएकोमा खुशि ब्यक्त गर्दै समाजको सर्वोपरि हितको कार्यमा आफु सदा लागिरहने र समाजको नाम उच्च राखिरहने प्रतिबध्दता जनाउदै  सबैलाई आभार सहित हार्दिक धन्यबाद ब्यक्त गरेका थिए।उक्त कार्यक्रममै छैटौ कार्यसमितिका अध्यक्ष शिब कुमार गुरुङ लगायत सबै पदाधिकारिहरुलाई संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र पूर्ब  अध्यक्ष हरु अर्जुन कुमार गुरुङ , शिब चन्द्र गुरुङ  आमा समूहका पुर्व अध्यक्ष  माया गुरुङले  निर्बतमान अध्यक्ष लाई धन्यवाद र नव निर्वाचित अध्यक्षलाई बधाई  लेखिएको केक काटि सेलेब्रेसन गरि धन्यबाद ब्यक्त गर्दै खादा लगाई निर्वतमान अध्यक्षलाई बिदाई गरेको थियो नव निर्वाचित अध्यक्ष लाई वधाई तथा शुभकामना ब्यक्त गरेको थिए।छैटौं कार्य समितिका अध्यक्ष शिव कुमार गुरुङले आफ्नो नेतृत्वको कार्यकाल पुर्ण रुपमा सफल बनाईदएकोमा सबैलाई आभार ब्यक्त गर्दै हार्दिक कृतज्ञता ब्यक्त गर्दै नव निर्वाचित अध्यक्ष तथा सम्पुर्ण पदाधिकारि ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामाना ब्यक्त गरेको थियो।

तमु समाज युकेको नव निर्बाचित सातौ कार्य समितिका अध्यक्ष लगायत सबै पदाधिकारिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना ब्यक्त गर्दछु।

यसैगरि निबर्तमान छैटौ कार्य समितिका अध्यक्ष शिव कुमार गुरुङ लगायत सबै पदाधिकारिहरुलाई पूर्ण सफलताका साथ कार्यकाल सम्पन्न गरेकोमा हार्दिक बधाई तथा कृतज्ञता ब्यक्त गर्दछु।

कार्यक्रममा फोटो ग्राफार ओम कार गुरुङ ले, साउन्ड सिस्टमको ब्यबस्थापन तथा संचालन  उज्ज्वल मान गुरुङ गरेको थियो भने क्याटरिङको ब्यबस्था रारा केटर्स ले गरेको थियो।

शिब कुमार गुरुङ – लण्डन

Previous लन्डनमा तमु समाज यूकेको २५६८औं बुद्ध जयन्ती तथा स्वस्ति शान्ति पूजा
Next Bridging Generations: Health, Wellbeing & Language Integration for Gurkhas