लन्डन बरो अफ ब्रेन्टको सिभिक रिमेम्बरेन्स सर्भिसमा तमु समाज युकेको सहभगिता।


लन्डन बरो अफ ब्रेन्टको सिभिक रिमेम्बरेन्स सर्भिसमा तमु समाज युकेको सहभगिता।

 

आईतबार १४ नोभेम्बर २०२१मा कुईन एलिजाबेथ गार्डेन बरहाम पार्क वेम्बली लन्डनमा सम्पन्न ब्रेन्ट सिभिक रिमेम्बरेन्स सर्भिसमा आर्मि, नेभि र एअरफोर्सका केडाटस, पुलिसका केडाटस, सेन्ट जोन्स एम्बुलेन्स, रोयल बृटिस लिएजन वेम्बली तथा सडबरि ब्रन्चका सदस्यहरु, स्काउट, बिजिएनए तथा अन्य युनिफोर्म पहिरिएका संघ संस्थाका समुह र रेजेन्ट ब्रास ब्यान्ड संग तमु समाज युकेका बृटिस गोर्खा भुतपूर्ब सैनिक भेटरनहरुले पनि परेड खेलेर सहभागिता जनाएका थिए।

 

डेपुटि लेप्टिनेन्ट मिई सिम लाई ओबिई प्रमुख आतिथि रहेको कार्यक्रममा ब्रेन्टका मेयर काउन्सिलर लिअ कोलाचिको, ब्रेन्ट काउन्सिल लिडर काउन्सिलर मोहमद बट, मेम्बर अफ पार्लियमेन्टका माननिय सांसद द्वय बेरि गर्डिनर एमपि र डवन बटलर एमपि लगायत अन्य विशिष्ट ब्यक्तित्वहरु उपस्थित भएका रिमेम्बरेन्स सर्भिसमा ब्रेन्टका बिभिन्न संघ संस्था तथा नागारिकहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

डिन अफ ब्रेन्ट, फादर एन्ड्रयु टेथर ( Fr. Andrew Teather) ले सन्चालन गरेको रिमेम्बरेन्स सर्भिसमा डेपुटि लेप्टिनेन्टको पुरस्कार निबन्ध प्रतियोगिता २०२१मा प्रथम तथा द्वितिय स्थान हाँसिल गरेका बिध्यार्थिहरुबाट निबन्ध बाचन, राष्ट्रको लागि बिभिन्न युद्धहरुमा जिवन बलिदान गरेका बिर योद्धाहरुको सम्झनामा नागरिक प्रेयर गरि ट्रम्पेट लास्ट पोस्ट धुन, एक मिनट मौन धरण, ट्रम्पेट रेभालि धुन तथा बेलायतको राष्ट्रिय धुन बजाईएको थियो। रिमेम्बरेन्स सर्भिसमा प्रमुख अतिथिले मन्तब्य राखेपछि, प्रमुख आतिथि, ब्रेन्टका मेयर लगायत उपस्थित विशिष्ट ब्यक्तित्वहरु र ब्रेन्टका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु बाट बरहाम पार्क स्थित युद्ध स्मारकमा रिथ अर्पण गरेका थिए। तमु समाज युकेको तर्फबाट अध्यक्ष शिब कुमार गरुङले रिथ अर्पण गरेका थिए। कार्यक्रमको अन्तमा रिजेन्ड ब्यन्ड बाजाको धुन सहित परेड मार्चपास्ट गरि ब्रेन्ट सिभिक रेमेम्बरेन्स सर्भिस समापन गरिएको थियो।

 

                                          

 

                                      

सिभिक रिमेम्बरेन्स सर्भिस समापन पछि तमु समाज युकेले प्रमुख अतिथि तथा कार्यक्रममा सहभागि ब्रेन्ट काउन्सिलका विशिष्ट ब्यक्तित्वहरुको सम्मानमा बरहाम पार्क स्थित आफ्नै सामाजिक भवन तमु समाज युके नेपलिज कम्युनिटि सेन्टरमा एक भब्य करि लन्चको आयोजना गरेको थियो। करि लन्चमा प्रमुख अतिथि डेपुटि लेप्टिनेन्ट मिई सिम लाई ओबिई, ब्रेन्टका मेयर काउन्सिलर लिअ कोलाचिको, काउन्सिल लिडर काउन्सिलर मोहमद बट, मेम्बर अफ पार्लियमेन्टका माननिय सांसद बेरि गर्डिनर एमपि लगायत स्थानिय अन्य काउन्सिलरहरु, विशिष्ट ,ब्यक्तित्वहरु र बरिष्ठ पत्रकार चर्चित लेखक तथा ईतिहारकार स्रबानि बासु  तथा रिमेम्बरेन्स सर्भिसमा सहभागि तमु समाज युकेका अध्यक्ष, कार्य समितिका पदाधिकारिहरु, सल्लाहकारहरु, सदस्यहरु र आमा दिदिबहिनिहरु सरिक भएका थिए। तमु समाज युकेले आयोजना गरेको करि लन्चमा ग्रहण गर्नु अगावै महासचिब धरम बल गुरुङले उपस्थित सबैलाई हेल्थ एण्ड सेफ्टिबारे जानकारि गराउदै आतिथिहरुको स्वागत तथा आसन ग्रहण गराए पछि अध्यक्ष शिब कुमार गुरुङले स्वागत मन्तब्य राख्दै संस्थाको संक्षिप्त परिचय तथा गतिबिधि बारे बताएका थिए। कार्यक्रममा गोर्खाली सेनाको ईतिहास बारे जानकारि गाराउने श्रब्य दृष्य पनि प्रस्तुत गरेका थिए। त्यस पछि सबैले रारा केटरीङ द्वारा तयार पारेको नेपाली परिकारको स्वदिष्ट करि लन्च ग्रहण गरेका थिए। करि लन्च लिई सके पश्चात काउन्सिलर विल्मेनिय मिचेल मुरि, ब्रेन्टका काउन्सिल लिडर काउन्सिलर मोहमद बट, मेम्बर अफ पार्लियमेन्टका माननिय सांसद बेरि गर्डिनर एमपि र प्रमुख अतिथि डेपुटि लेप्टिनेन्ट मिई सिम लाई ओबिईले क्रमस: मन्तब्य राखेका थिए। मन्तब्यमा सबैले तमु समाज युकेले गरेको सामाजिक तथा परोपकारि कार्यहरुको प्रशंसा गर्दै हार्दिक धन्यबाद तथा शुभकामना व्यक्त गरेका थिए। प्रमुख अतिथिको मन्तव्य पश्चात अन्तमा करि लन्चमा उपस्थित महानुभवहरु बिच केहि समयको एक-आपसमा भलाकसुरी तथा फोटसेसन गरेर सम्पूर्ण कार्यक्रम अपरहान्न ५ बजे समाप्त भएको थियो।

                  

             

 

शिवशरण गुरुङ।