विश्वले एक महान् पर्वतारोही गुमायो-विश्वचर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) लगायत ब्रोड पिक दुर्घटनामा दिवंगत सम्पूर्ण पर्वतारोहीहरूप्रति तमु समाज युकेको भावपूर्ण श्रद्धाञ्जली तथा गहिरो समवेदना
विश्वले एक महान् पर्वतारोही गुमायो विश्वचर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) लगायत ब्रोड पिक दुर्घटनामा दिवंगत सम्पूर्ण पर्वतारोहीहरूप्रति तमु समाज युकेको भावपूर्ण श्रद्धाञ्जली तथा गहिरो समवेदना ब्यक्त गर्दछौं। तमु समाज युके (Tamu Samaj UK) लाई पाकिस्तानस्थित ब्रोड पिक (Broad Peak) हिमालमा गत ३० जुलाई २०२६ (बिहीबार) आएको भीषण हिमपहिरो (Avalanche) मा परी विश्वचर्चित नेपाली …
लेख गुरुङ नेप्लिज कम्युनिटी (Watford) को अध्यक्षमा निर्वाचित
लेख गुरुङ नेप्लिज कम्युनिटी (Watford) को अध्यक्षमा निर्वाचित लन्डन, बेलायत। तमु समाज यूकेका सल्लाहकार तथा तनहुँ समाज यूकेका संरक्षक आदरणीय श्री लेख गुरुङ नेप्लिज कम्युनिटी (Watford), वाटफोर्डको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। मिति ११ जुलाई २०२६, शनिबार सम्पन्न साधारणसभाबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। उहाँको निर्वाचनसँगै बेलायतस्थित नेपाली समुदायमा सामाजिक सेवा, सामुदायिक एकता तथा …
हङकङ भ्रमण : पहिलो दिन – २३ जुन २०२६ ३३ वर्षपछिको एक भावुक पुनर्मिलन
हङकङ भ्रमण : पहिलो दिन – २३ जुन २०२६ ३३ वर्षपछिको एक भावुक पुनर्मिलन समयले कति ठूलो परिवर्तन ल्याउँछ भन्ने कुरा मैले ३३ वर्षपछि हङकङको भूमिमा पुनः पाइला टेक्दा प्रत्यक्ष अनुभूति गरेँ। तीन दशकभन्दा लामो अन्तरालपछि फर्किँदा मैले एउटा सहर मात्र देखिनँ आफ्नो युवावस्था, सैनिक जीवन, परिवार र असंख्य सम्झनाहरूलाई फेरि एकपटक नजिकबाट भेट्ने अवसर …
CONGRATULATIONS
हार्दिक बधाई तथा शुभकामन ! मिति ९ जुन २०२६ मंगलबारको दिन नेपाल सरकारको मन्त्री पदमा नियुक्त हुनुभएकोमा माननीय श्री सुधन गुरुङज्यू तथा माननीय श्री महाबिर पुनज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। नेपाल सरकारको मन्त्री परिषद्मा नियुक्त भई माननीय श्री सुधन गुरुङज्यूले गृह मन्त्रालय तथा माननीय श्री महाबिर पुनज्यूले विज्ञान, प्रविधि तथा …
तमु समाज यूकेको १९औं वार्षिक साधारण सभा सम्पन्न, काउन्सिलर गुरुङ दम्पत्ति सम्मानित
तमु समाज यूकेको १९औं वार्षिक साधारण सभा सम्पन्न, काउन्सिलर गुरुङ दम्पत्ति सम्मानित
तमु समाज यूकेद्वारा वेल्सको पवित्र धाम ‘स्कन्द भ्येल’ मा सामूहिक आध्यात्मिक यात्रा सम्पन्न
तमु समाज यूकेद्वारा वेल्सको पवित्र धाम ‘स्कन्द भ्येल‘ मा सामूहिक आध्यात्मिक यात्रा सम्पन्न प्राकृतिक सौन्दर्य र आध्यात्मिक ऊर्जाको अनुपम संगम मानिने वेल्सस्थित प्रसिद्ध तीर्थस्थल स्कन्द भ्येल (Skanda Vale) मा तमु समाज यूकेले एक भव्य सामूहिक आध्यात्मिक भ्रमण सम्पन्न गरेको छ। समाजका सदस्यहरूबीच आपसी भाइचारा सुदृढ गर्ने, आध्यात्मिक शान्ति प्राप्त गर्ने र व्यस्त जीवनशैलीबाट केही समय …