तमु समाज युके द्वार अंग्रेजी भाषा प्रशिक्षण कार्यक्रम औपचारिक समुदघाटन सम्पन्न भएको छ।


तमु समाज युके ले यही मार्च १ तारिख देखि आफनै समाज घरमा सबै नेपाली जेष्ठ नागरिक हरु को लागि हरेक शुक्रबार बिहान १० बजे देखि दिउसो १बजे सम्म Basic English Course for Beginners   प्रारम्भिक अंग्रेजी भाषा को कक्षा संन्चालन गरेको छ।
उक्त अंग्रेजी भाष संन्चालन कार्यक्रमलाई तमु समाज युकेका उपाध्यक्ष श्री शिवकुमार गुरुङ ज्यु र समाजका जेष्ठ नागरिक तथा सल्लहाकार श्री चन्द्र बहादुर गुरुङ ज्यु ले पानसमा दिप प्रज्वलन गरि संयुक्त रुपमा समुदघाटन गर्नु भएको थियो।

कार्यक्रममा उपाध्यक्ष शिबकुमार गुरुङ ले प्रशिक्षणमा सहभागि संम्पुर्ण प्रशिक्षार्थी, हरुलाई र प्रशिक्षक श्री बिशु गिरि ज्यु लाई स्वागत गर्दै यस प्रशिक्षण कार्यक्रम बाट पशिक्षार्थी हरुले भरपुर ज्ञान प्राप्त गर्न सकुन भनि शुभकामना ब्यक्त गर्नु भएको थियो। यस कार्यक्रमलाई प्रायोजीत National lottery fund गरेका छन भने कार्याक्रमको ब्यवस्थापन तमु समाज युकेका सल्लहाकार श्री बाबुराम गुरुङ,सल्लहाकार श्री याम बहादुर गुरुङ र सल्लहाकार श्री ईमान घलेले गर्नु भएको छन। कार्यक्रक ब्यबस्थपन गर्नुहने तिन जना सल्लहाकर ज्युहरुलाई लाई उपाध्यक्ष श्री शिब कुमार गरुङ ले धन्यवाद ब्क्त गर्नु भएको थियो। कार्यक्रमको अन्तमा स्वादिस्ठ Chicken curry lunch को ब्यबस्था पनि गरेको थियो । सहभागी हरुको बाक्लो उपस्थिति रहेको यो कार्यक्रम लाई सबैले भव्य अनि सभ्य रुपमा सफल भएको महशुस गरेको छन।

 
      

Previous Golden Opportunity for Senior Citezen and Ex Gurkhas.
Next बौद्ध धर्माको पुजा र प्रवचन खेन्पो थुबतेन येशे लामा शिर गुरुङ