शिब गुरुङ -लन्डन: तमु समाज युकेले २८ डिसेम्बर २०२४ शनिवारको दिन तमुहरुको महान पर्व ल्होछारको अवसरमा गिध्द बर्ग बिदाई र सर्प वर्गलाई स्वागत गर्ने ल्होछार/ल्होसार कार्यक्रम बरहाम पार्क वेम्बली लन्डन स्थित तमु समाज युके नेप्लिज कम्युनिटि सेन्टरमा ग्रह शान्ति तथा शुद्धीकरण पूजा गरेको थियो।
बिहान १० बजे देखि शुभारम्भ भई दिउँसो ४ बजे समापन भएको उक्त कार्यक्रममा तमु समाज युकेको निमन्त्रणामा बेलायत आउनु भएका गुरुङ संचार कर्मी संघ नेपालको अध्यक्ष श्री लाला गुरुङ , लन्डन बरो अफ बार्नेट काउन्सिलका काउन्सिलर कमल गुरुङ , तमु समाज युकेका अध्यक्ष, संस्थापक अध्यक्ष , पूर्व अध्यक्षहरु , कार्य समितिका पदाधिकारि हरु,सल्लहाकार ज्युहरु , आजीवन सदस्य ज्युहरु लगाएत समाजका जेष्ठ नागरिक ज्युहरु देखि युवा तथा बाल बलिकाहरुको बाक्लो उपस्थिति रहेको थियो।
समाजको सक्रिय सदस्य श्री हरिमान गुरुङको संयोजकत्वमा,आमा समूहका अध्यक्ष बिमला गुरुङको ब्यवस्थापनमा आयोजना गरिएको उक्त ग्रह शान्ति तथा शुद्धिकरण पूजाकार्यक्रम सुरु हुनु भन्दा पहिले Rangjung Yeshe Oddiyana UKCIO बुद्धिष्ट सेन्टर फानबोरोका प्रमुख लामा ड्रुब्ला गुरु ज्यूलाई समाजका अध्यक्ष श्रीतमी बिन्दु घले , र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले स्वागत धार्मिक बिधिपूर्व पुजा स्थलमा स्वागत गर्नु भएको थियो।
पुजा कार्यक्रम शुभारम्भ गर्नु भन्दा पहिले समाजका निवर्तमान साचिब तथा सल्लाहकार धरम बल गुरुङ्ले श्रध्देय धर्म गुरुहरुको परिचय गराई, पुजा स्थलमा अप्नाउनु पर्ने हेल्थ एण्ड सेफ्टीको बारेमा सबैलाई जानकारि दिनु भएको थियो। त्येस पस्चात संस्थाका अध्यक्ष श्रीमती बिन्दु कुमारि घले , आमा समूहकी अध्यक्ष श्रीमती बिमला गुरुङ, संस्थापक अध्यक्ष श्री चित्र बहादुर गुरुङ, काउन्सिलर कमल बहादुर गुरुङ, निवर्तमान अध्यक्ष श्री शिव कुमार गुरुङ द्वारा सयुक्त रुपमा द्विप प्रज्वालन र छ्योक अर्पणगरि पुजा कार्यक्रम आराम्भ गरेका थिए। पुजा कार्यक्रमको निर्देशन र रेखदेख समाजका धार्मिक संयोजक श्री हारिमान गुरुङले गरेका थिए।
पुजा कार्यक्रमको संचालन नेपाल बाट पाल्नु भएका Rangjung Yeshe Oddiyana UKCIO बुद्धिष्ट सेन्टर फानबोरोका प्रमुख लामा ड्रुब्ला गुरु र उहाँका सहयोगि Rangjung Yeshe Oddiyana UKCIO बुद्धिष्ट सेन्टरका संयोजक रविन्द्र लोसाल द्वारा ग्रहशान्ती तथा शुध्दिकरण पुजा धार्मिक विधि विधान अनुसार पूजा गरि श्रध्देय धर्मगुरु लामा ड्रुब्ला गुरुले ग्रहा शान्ति र शुध्दिकरण पुजाको बारेमा यस पुजाको महत्वको बारेमा प्रस्ट रुपमा सबैले बुजिनेगरि प्रवचन दिएका थिए।
यसै प्रकारले तोकिएको समय अनुसार पुजा आरम्भ गरि दिउँसोको करिब ४ बजे तिर धर्म गुरुहरु द्वारा पूजा कार्यक्रम समापन गरेको थियो। त्यस पस्चात समाजका अध्यक्ष श्रीमती बिन्दु घले र कार्यसमितिका पदाधिकारि ज्यूहरु बाट धर्म गुरुङहरुलाई बिधिपूर्व गुरुदक्षीणा प्रदानगरि पुजा कार्यक्रम बिधिवत रुपमा समापन गरेको थियो।पुजा कार्यक्रम समापनको अवसरमा संस्थाका कोषाध्यक्ष श्री चन्द्र कान्त गुरुङले पुजा कार्यक्रममा स्वतस्फुर्तले द्रब्यदान गरिदिनुहुने ब्यक्तित्वहरुलाई धन्यवाद ब्यक्त गर्दै दान बिरहरुको नामवालि बाचन गरि सुनाएका थियो। यसै गरि आमा समूहका अध्यक्ष श्रीमती बिमला गुरुङले भोजन तथा पेया पदार्थ प्रायोजन गर्नु हुने आमा समूहका आमा दिदी बहिनीहरुको नामावालि बाचन गरि हार्दिक धन्यवाद सहित आभार ब्यक्त गरेका थिए। अन्तमा संस्थाका अध्यक्ष श्रीमती बिन्दु घलेले पूजा कार्यक्रम बिधिपुर्वक सम्पन्न गरिदिनु भएकोमा, श्रध्देय धर्म गुरुहरु, पुजा संयोजक श्री हरिमान गुरुङ र पुजा कार्यक्रममा स्वतस्फुर्तले द्रब्यदान, भोजन तथा पेया पदार्थ प्रायोजन गरिदिनुहुने , ब्यवस्थापन कार्यमा सहयोग गरिदिनुहुने दिदी बहिनीहरुलाई र पुजामा सहभागि सबै जनालाई र पुजा कार्यक्रमको लागी अ-आफ्नो ठाउँबाट अहोरात्र खटि पूजा कार्यक्रम सफल पारिदिनु भएकोमा सबैलाई धन्यबाद सहित कृतज्ञता ब्यक्त गर्दै तमु समाज यूकेले यहि जनवरी ४ तारिख २०२५ शनिबारको दिन ह्यारो लेजर सेन्टरमा हर्षोल्लास साथ तमु ल्होछार/ल्होसार उत्सव मनाउने कार्यक्रम आयोजना गरेको जानकारि दिदै सबै जना लाई कार्यक्रममा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गरेका थिए।