तमु समाज युकेको १२औं बार्षिक साधारण सभा २०१९ सम्पन्न।


तमु समाज युकेको १२औं बार्षिक साधारण सभा २०१९ सम्पन्न।

शिवशरण गुरुङ – लण्डन

तमु समाज युकेको १२औं बार्षिक साधारण सभा २०१९ शनिबार १५ जुन २०१९का दिन तमु समाज युके नेपालीज कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा सम्पन्न भएको छ। संयोजक कमल गुरुङले हेल्थ एण्ड सेफ्टि बारे जानकारि गराए पछि तमु समाज युके पाँचौ कार्य समितिका अध्यक्ष शिव चन्द्र गुरुङको अध्यक्षतामा बसेको उक्त बार्षिक साधारण सभा २०१९, अध्यक्ष शिव चन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले संयुक्त रुपमा पानासमा दिप प्रज्वलन गरि शुभारम्भ गरिएको थियो।

महासचिब हर्क बहादुर गुरुङले संचालन गरेको बार्षिक साधारण सभामा उपाध्यक्ष कन्य प्रसाद गरुङले स्वागत मन्तब्य राखेका थिए। सभामा महासचिव हर्क बहादुर गरुङले संस्थाको बार्षिक प्रतिबेदन तथा प्रगति बिबरण प्रस्तुत गरेपछि क्रमस: आमा समुहका अध्यक्ष बिन्दु घलेले आमा सुमूहका प्रतिबेदन, सल्लाहकार तथा कम्युनिटि सेन्टरका प्रबन्धक बाबुराम गुरुङले कम्युनिटि सेन्टरको प्रतिबेदन र उपाध्यक्ष तथा भवन खरिद परियोजनाका संयोजक शिव कुमार गुरुङले भवन खरिद परियोजनाको प्रतिबेदन तथा गत ५ मे २०१९मा सम्पन्न च्यरिटि डिनर नाईटको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

साधारणसभामा बिधान संशोधन र आगामि बर्षको योजना र कार्यक्रमहरुको बारेमा बुदागत रुपमा घनिभूत छलफलगरि महत्वपुर्ण निर्णयहरु गरेको छ। सभामा पूर्ब अध्यक्ष शिवशरण गरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले संस्थाको बिबिद बिषयमा टिका टिप्पणि र शुझावहरु सहितको शुभाकामना मन्तब्य राखेका थिए।

सौहाद्रपुर्ण बातावरणमा संचालन भएको साधारण सभामा सदस्यहरुको बोल्ने क्रममा सबैले समाजको सर्बोपरि हित र भाबि कर्यक्रमहरुका निम्ति सकारत्मक सुझावहरु दिदै हाल सम्मा भैरहेका कार्यहरुमा खुसि प्रकट गर्दै पाँचौ कार्यसमितिका सम्पुर्ण पदाधिकारिहरुलाई हार्दिक धन्यबाद ब्यक्त गरेका थिए।

साधारण सभाको अन्तमा सदसस्यहरुको बोल्ने समयमा उठेका र प्रस्ताब गरेका बिषयहरुको बुदागत छलफल र निर्णय गरेपछि अध्यक्ष शिव चन्द्र गरुङले आभार प्रकट गर्दै धन्यबाद मन्तब्य राखेर १२औं बार्षिक साधारण सभा औपाचारिक रुपमा समाप्त भएको घोषणा गरेका थिए।

बिहान १०:३० बजे आरम्भ भई बेलुका १८:३०बजे अन्त भएको कार्यक्रमको मध्यन्न र अन्तमा आमा समूहको संयोजनमा खाना र जलपानको ब्यबस्था गरिएको थियो।

Previous तमु समाज युके आमा समुहले गर्यो बुध्द जयन्ति तथा बैशाष पुर्णिमा पुजा।
Next The Closing Ceremony of Basic English Language for Beginners