The Closing Ceremony of Basic English Language for Beginners


तमु समाज युकेको आयोजनामा नेपाली जेष्ठ नागरिकहरुका निम्ति प्रारम्भिक अंग्रेजि भाषा प्रशिक्षण सम्पन्न।

शिवशरण गुरुङ – लण्डन।

तमु समाज युकेले लण्डनको वेम्बली बरहाम पार्क स्थित आफ्नै कम्युनिटि हलमा नेपाली मुलका जेष्ठ नागरिकहरुका निम्ति प्रारम्भिक अंग्रेजि भाषा प्रशिक्षण सम्पन्न गरि जुलाई १९ तारिक २०१९मा समापन समारोह कार्यक्रम आयोजना गरेको छ।एकाईस (२१) हप्ता सम्मा हरेक शुक्रबार संचालन गरिएको उक्त अंग्रेजि भाषा प्रशिक्षण १ मार्च २०१९ मा शुभारम्भ गरेको थियो। समापन समारोह कार्यक्रममा प्रारम्भिक अंग्रेजि भाषा प्रशिक्षण पुरा गरेका ४२ जना सहभागि जेष्ठ नागरिक बृद्ध आमा दिदि बहिनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि काउन्सिलर सकिब बटले प्रमाणपत्र बितरण गरेका थिए।

बृद्ध हुनुको अर्थ उमेरले नेटो काटनु होइन, आफूमा अन्तरनिहित उमंग, उत्साह र श्रृजनशीलता लाई निस्कृय र सिथिल बनाउनु हो। उमंग, उत्साहित र आनन्द पाउन सक्ने ब्यक्ति कहिल्यै बृद्ध हुदैन। तर उमेर ढल्किदै गयो भनि निस्कृय रहदै गयो भने मानिसको वार्धक्य शक्ति छिटो सिथिल भई चाँडो बृद्ध भएको अनुभूत हुने गर्दछ। उमंग र उत्साहका साथ श्रृजनशीलता, ईच्छ्याशक्ति र सक्रियता निरन्तर जारी रह्यो भने उमेरले मानिसलाई कर्म गर्न र नयाँकुरा सिक्न कहिल्यै छेक्दैन।यसलाई लन्डनबासी नेपाली मुलका बृद्ध आमा दिदि बहिनिहरुले पुष्टि गरेका छन।

तमु समाज युकेको आयोजना र नेसनल लट्रि फन्डको आर्थिक प्रायोजनमा संचालित एकाईस हप्ताको प्रारम्भिक  अंग्रेजि भाषा प्रशिक्षणमा सहभागि बनेका जेष्ठ नागरिक बृद्ध आमा दिदि बहिनिहरुले अंग्रेजि भाषा सिकेर बेलायत बसाईमा बेलायति जिवन पद्धतिको दैनिकिमा धरै सहजता महसुस गरेका बताएका छन्।

तमु समाज युकेका उपाध्यक्ष शिव कुमार गुरुङको सभापतित्व र लन्डन बरो अफ ब्रेन्टका काउन्सिलर सकिब बटको प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोह कार्यक्रमको संयोजन तथा संचालन भाषा प्रशिक्षणका संयोजक तथा तमु समाज युके नेपलीज कम्युनिटि सेन्टरका प्रबन्धक बाबु राम गुरुङले गरेका थिए।

तमु समाज युकेका पूर्ब अध्यक्ष शिवशरण गुरुङ, उपाध्यक्ष कन्य प्रसाद गरुङ, सल्लाहकार तथा नेपलीज कम्युनिटि सेन्टरका सह प्रबन्धक द्वय याम बहादुर गुरुङ र ईमान घले, सल्लाहकार सुबासिङ गुरुङ बिईएम, भाषा प्रशिक्षणका प्रशिक्षक बिसु गिरि लगायत प्रशिक्षार्थि आमा दिदि बहिनिहरुको उपस्थिति रहेको समापन समारोह कार्यक्रममा संयोजक तथा संचालक बाबु राम गुरुङले स्वागत मन्तव्य राख्दै प्रारम्भिक अंग्रेजि भाषा प्रशिक्षणको उदेस्य, औचित्य र उपयोगिता बारे प्रकाश पारेका थिए। यसको साथै प्रशिक्षण संचालनमा  सुरु देखि अन्त सम्मा भोगे झेलेका अनुभवहरु पनि बताउनु भएको थियो। वहाँले एकाईस (२१) हाप्ते भाषा प्रशिक्षण बाट सहभागिहरुले ठुलो लाभ हाँशिल गरेको बताउदै प्रशिक्षण संचालनमा प्रतक्ष र अप्रतक्षरुपमा सहयोग गर्नुहुने सबै महानुभावहरुलाई आभार प्रकट सहित हार्दिक धन्यबाद ब्यक्त गरेका थिए। संयोजकको स्वागत मन्तब्य पछि प्रमुख अतिथि काउन्सिलर सकिब बटलाई तमु समाज युकेका पूर्ब अध्यक्ष शिबशरण गुरुङ र कार्यक्रमका सभापति तथा उपाध्यक्ष शिव कुमार गुरुङले खादा लागाई कार्यक्रममा स्वागत तथा सम्मान गरेका थिए।

समापन समारोह कार्यक्रमा प्रमुख अतिथिले सबै सहभागि प्रशिक्षार्थिहरुलाई प्रशिक्षण पुरागरेको प्रमाणपत्र बितरण गरेका थिए र बिसु गिरिलाई प्रशिक्षकको रुपमा गरेको महत्वपुर्ण योगदानको कदर स्वरुप समाजको तर्फबाट खादा लागई प्रशंसा पत्र दिएका थिए। प्रशिक्षणको सबैभन्दा जेष्ठा प्रशिक्षार्थिहरु श्रीमती झुमा मगर, श्रीमती मन कली गुरुङ, श्रीमति मन कुमारि गुरुङ र श्रीमती निर्मला गुरुङले सबैको प्रतिनिधित्व गर्दै सबै प्रशिक्षार्थिहरुको तर्फबाट प्रशिक्षक बिसु गरिलाई मायको चिनो उपहार र आभार प्रकट सहित खादा लगाएर हार्दिक धन्यबाद दिएका थिए।

कार्यक्रमको मन्तब्य राख्ने क्रममा भाषा प्रशिक्षक बिसु गिरिले नेपाली मुलका जेष्ठ नागरिक आमा दिदिबहिनिहरुको निम्ति तमु समाज युकेको आयोजना र नेसनल लट्रि फन्डको प्रायोजनमा संचालित प्रारम्भिक  अंग्रेजी भाषा प्रशिक्षणमा स्वंमसेवककोरुपमा प्रशिक्षण दिने अवसर प्राप्त गरेकोमा खुशि ब्यक्त गर्दै प्रशिक्षण बाट धेरै राम्रा अनुभवहरु बटुलेको बताएका थिए।वहाँले आगामि दिनहरुमा पनि यस्तै प्रकारका प्रशिक्षणहरुमा समयको अनुकुलता अनुसार सहयोग तथा सेवा गर्न सदा तयार रहेको प्रतिबद्धता पनि जहेर गर्नुभएको थियो।

मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि काउन्सिलर सकिब बटले कार्यक्रममा उपस्थित भई नेपाली मुलका जेष्ठ नगरिक आमा दिदि बहिनिलाई भाषा प्रशिक्षण पुरा गरेको  प्रमाणपत्र बितरण गर्न पाउदा अत्यन्तै हर्षित हुदै आयोजक तमु समाज युकेले गरेको उदाहरणिय कार्यको प्रशंसा गर्दै सबैलाई हार्दिक बधाई तथा धन्यबाद दिएका थिए।बेलायतमा सामाजिक अन्तरघुलन संग संगै दैनिक जिवन पद्धतिलाई सहज बनाउन अत्यन्तै महत्वपुर्ण रहेको अंग्रेजी भाषा प्रशिक्षण बाट जेष्ठ नगारिक हरुले ठुलो लाभ लिएको बताउदै अगामि दिनहरुमा पनि समाजले आयोजना गर्ने यस्तै प्रकारका सबै महत्वपुर्ण कार्यक्रमहरुमा आफ्नो सकेको सहयोग रहने प्रतिबद्धता पनि ब्यक्त गर्नु भएको थियो।

कार्यक्रमको अन्तमा सभापति तथा उपाध्यक्ष शिव कुमार गुरुङले धन्यबाद मन्तव्य राखेका थिए। उपाध्यक्ष गरुङले प्रशिक्षणको शुभा-आरम्भ र समापन दुबै कार्यक्रममा आफु सहभागि बन्ने अवसर प्राप्त गरेकोमा अत्यन्त खुशि ब्यक्त गर्दै बिगत एकाईस (२१) हाप्ता प्रत्येक शुक्रबार आरम्भ देखि समापन सम्मा अंग्रेजि भाषा कक्षामा सहभागि बनि, अंग्रेजि भाषाको धेरै ज्ञान हाँसिल गरि अंग्रेजि भाषा बुज्न र बोल्न धेरैहद सम्म सहज र सक्षम बन्नुभएका र  काउन्सिलर सकिब बटज्युको बाहुलि बाटा प्रमाण पत्र पनि ग्रहण गर्नु भएका सबै प्रशिक्षार्थि तथा जेष्ठनागरिक आमा दिदिबहिनिहरुलाई हार्दिक बधाई तथा धन्यबाद दिएका थिए।

यसैगरि भाषा प्रशिक्षणको समय अवधिमा अंग्रेजी भाषाको अतिरिक्त रोड सेफ्टि, स्वास्थ्य खाना र स्वास्थ्य जीवनसैली कसरि जिउन सकिन्छ भन्ने बिषयमा पनि ज्ञान हाँसिल गरेको बताउदै रोड सेफ्टि कक्षा संचालन गर्ने सल्लाहकार लेप्टेनेन्ट रि. थम प्रसाद गरुङ र स्वास्थ्य खान पिन र स्वास्थ्य जिवन शैलि कसरि जिउने भन्ने बिषयमा जानकारि दिनुहुने सुश्री मोनिका गरुङलाई पनि धन्यवाद ब्यक्त गरेका थिए।

धन्यवाद ज्ञापनकै क्रममा उपाध्यक्ष गुरुङले अंग्रेजि भाषा प्रशिक्षक बिसु गिरि, प्रशिक्षणका संयोजक तथा कम्युनिटि सेन्टरका प्रबन्धक बाबु राम गरुङ र सह प्रबन्धक द्वय याम बहादुर गुरुङ र ईमान घलेलाई पनि आभार सहित धेरै धेरै धन्यवाद ब्यक्त गरेका थिए। यसै गरि प्रशिक्षण संचालनमा सम्पूर्ण आर्थिक ब्यबस्थापनका महत्वपुर्ण पाटो संयोजन गर्न बिषेस भुमिका निर्बहा गर्नुहुने तमु समाज युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गरुङ र समाजका आर्थिक सल्लाहकार लेखनाथ घिमिरेलाई पनि आभार सहित हार्दिक धन्यवाद ब्यक्त गरेका थिए।

कार्यक्रमका सभापति तथा उपाध्यक्ष शिवकुमर गुरुङले धन्यबाद ज्ञापनकै क्रममा यस प्रारम्भिक अंग्रेजि भाषा प्रशिक्षणका लागि सम्पूर्ण आर्थिक सहयोग उपलब्ध तथा प्रायोजन गरिदिने नेसनल लट्रि फन्ड तथा बिग लट्रि फन्ड लाई बिषेश गरि आभार सहित हार्दिक धन्यवाद दिएका थिए। यसै गरि प्रशिक्षणको अवधिभर प्रत्येक हप्ता सुक्रबार र समापन कार्यक्रममा सुफथ मुल्यमा खाना उपलब्ध गराई दिने रारा केटर्सलाई पनि धेरै धेरै धन्यवाद ब्यक्त गरेका थिए।

अन्तमा उपाध्यक्ष गुरुङले यसरि सबै जेष्ठ नागरिकहरुको फुर्सदको समयालाई सकारात्मक पाटोमा सदुपयोग गरेर तमु समाज युकेको आयोजना र नेसनल लट्रि फन्डको प्रायोजनमा संचालित ज्ञानवर्दक अंग्रेजी भाषा शिक्षा प्रशिक्षण कार्यक्रम सफल बनाईदिनु भएकोमा तमु समाज युकेको तर्फ बाटा सबै सहभागि प्रशिक्षार्थिहरुलाई हार्दिक धन्यवाद ब्यक्त गरेका थिए।र यसरिनै अगामि दिनहरुमा पनि तमु समाज युकेलाई नेपाली मुलका हाम्रा जेष्ठ नागरिक तथा बाबा आमा दाज्युभाई दिदिबहिनिहरुलाई सेवा गर्ने अवसर पु:न प्राप्त होस भन्ने शुभेक्षा पनि प्रकट गरेका थिए।

औपचारिक कार्यक्रम सकिए पछि सबै उपस्थित प्रशिक्षार्थि, प्रशिक्षक तथा आतिथिहरु रारा केटर्सले तयार पारेका खान पिनमा सरिक भएका थिए।

Previous तमु समाज युकेको १२औं बार्षिक साधारण सभा २०१९ सम्पन्न।
Next लन्डनमा लेडिज नाईट तथा हरितालिका तीज २०१९ कार्यक्रम भब्यताकासाथ सम्पन्न।