तमु समाज युकेको साधारणसभा तथा बुद्ध जयन्तीसम्बन्धी तयारी बैठक सम्पन्न


तमु समाज युकेको १५औं बार्षिक साधारण सभा तथा २५६६ औं बुद्ध जयन्ती सम्बन्धी तयारी बैठक सम्पन्न !

तमु समाज युकेले यहि १९ मार्च २०२२ शनिवारको दिन माथि उल्लेखित दुई वटा कार्यक्रमहरुको तयारीको लागि बैठक सम्पन्न गरेको छ। उक्त बैठक समाजको वेम्बली स्थित बारहम पार्क स्थित आफ्नै समाज घरमा समाजको अध्यक्ष श्री शिव कुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको हो। बैठकलाई महासचिव श्री धरमबल गुरुङले सञ्चालन गरेको थियो भने वरिष्ठ उपाध्यक्ष श्री हर्क बहादुर गुरुङले स्वागत मन्तब्य राखेका थिए।अध्यक्ष  श्री शिव कुमार गुरुङले हालै सम्पन्न युक्रेनी शरणार्थीहरुको लागि राहत संकलन अभियानको परोपकारी सोच र समाजले त्यस सम्बन्धमा गरेको निर्णय बारेमा स्पष्ट पार्नु भयो भने कोषाध्यक्ष श्री खेम बहादुर गुरुङले समाजले त्यस अभियानबाट संकलन भएको रकमको विवरण सुनाउनु भयो।

त्यसपछि एजेण्डा अनुसार बुँदागत छलफल गर्दै कोषाध्यक्ष श्री खेम बहादुर गुरुङले समाजको कोष सम्बन्धि प्रतिबेदन प्रस्तुत गर्नु भयो र समाजको कोष बढाउनमा आमा समुहको अहम भूमिका रहेको तथ्य बताउनु भएको थियो। बैठकले धर्म तथा संस्कृति सचिब श्री हरिमान गुरुङको संयोजकत्वमा २१ मे २०२२ को दिन २५६६औं बुद्ध जयन्ति कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। यसैगरि  ५ जुन २०२२ आईतबारको दिन १५औं वार्षिक साधारण सभा राख्ने निर्णय पनि गरियो।

बैठकमा  समाजको वेम्ब्ली स्थित बारहम पार्कमा रहेको समाज घर र रुईस्लिप रोड ग्रिनफोर्डमा रहेको समाज घरको अवस्थाको वारेमा अध्यक्ष शिव कुमार गुरुङले बृस्तित जानकारी दिनुको साथै समाज घरहरुको व्यवस्थापन सम्बन्धमा छलफल गरि बिभिन्न निर्णयहरु गरेको थियो।

बैठकमा अध्यक्ष श्री शिव कुमार गुरुङले आउँदो ५ जुन २०२२ को दिनमा हुने वार्षिक साधारण सभाको तयारी स्वरुप अ-आफ्नो प्रतिवेदनहरु पेश गर्न तयारीको लागि  महासचिव, कोषाध्यक्ष, आमा समुह, युथ ग्रुप, सबैलाई आवश्यक निर्देशन पनि दिनु भयो। त्यस्तै बैठकले गहन छलफलबाट यो वर्षमा गरिने कार्यक्रमहरुको मितिहरु( Forecast of events) पनि तयार पारेको छ। बैठकको लागि आमा समूहको अध्यक्ष श्रीमती उमा देवी गुरुङ र कार्यसमितका सदस्य श्रीमती भद्र गरुङले स्वादिष्ट चिया खाजाको व्यवस्था गर्नु भएको थियो। अन्तमा अध्यक्ष श्री शिव कुमार गुरुङले समाजको कोष बृध्दि गर्नुमा आमा समुहले  खेलेको  महत्वपूर्ण भुमिकाको दिल खोलेर प्रशंसा गर्दै त्यसको लागि र स्वादिष्ट चिया खाजा व्यवस्थापनको लागि धन्यबाद दिनु भयो  र अन्तमा बैठकमा उपस्थित सबैजना कार्यसमितिका पदाधिकारिज्युहरु,  सल्लाहकारज्युहरु र आजीवन सदस्यहरु सबैलाई धन्यबाद दिदै दिउँसो झण्डै दुई बजे तिर आरम्भ भएको बैठक बेलुका ६:३० बजे अन्त भएको घोषणा गर्नु भएको थियो।

टिपोट कर्ता:

नारायण सिंह गुरुङ

मिडिया सेक्रेटरी

Previous लन्डन बरो अफ ब्रेन्टको सिभिक रिमेम्बरेन्स सर्भिसमा तमु समाज युकेको सहभगिता।
Next Tamu Samaj UK raised £2062.00 to support war-torn Ukraine for humanitarian purposes.