Tamu Samaj UK is pleased to announced that the first phase of relief aid distribution to the people affected by earthquake was successfully completed. With short video coverage


तमु समाज युकेको पहिलो चरणको राहत बितरण कार्य सम्पन्न

पोखरा ३ आसर २०७२।
बेलायतमा बस्ने नेपाली समुदायको हित र मानबिय सेवाका कार्यमा लागि पर्ने उदेस्यका साथ सामाजिक भावना जागरण गराई नेपाली हरुको हित र आफ्ना सदस्यहरुलाई संगठित गराई समाजसेवा गर्ने गरि इ, स २००७ मा बेलायतमा तमु समाज युके नाममा सस्थाको स्थापना भएको थियो। स्थापनासंगसंगै देश र गाउँ घरमा थुप्रै सामाजिक काम गरि बेदेशमा कार्यरत रहेका गुरुङ जातिलाई समेटी आइरहेको अबस्थामा नेपालमा गत बैशक १२ र २९ गतेको भूकम्पमा परेका नेपाली हरुको घाउमा मलम लगाउने कार्य गर्न तमुसमाज युकेले नेपाल रेडक्रस सोसाइटी उपशाखा १०,११ संग समन्वोये गरि गण्डकी अन्चलका जिल्लामध्ये गोरखा, लम्जुङ् र कास्कीमागरि १५ लाख बराबरको राहत सामाग्री वितरण गर्न सहकार्य गरि गोरखामा ३ सय ८ परिवारलाई खाध्यान्न , लम्जुङ् मा २१२ परिवारलाई त्रिपाल र कास्की को लान्द्रुक गाँउमा ६५ घर परिवार लाई ३ वटा समुहमा बिभाजन गरि ४ लाख रुपैया नगदै वितरण गरि समाजको पहिलो चरणको राहत वितरण कार्य सम्पन्न गरेको उपशाखा १०,११ का विपद नगदै वितरण गरि समाजको पहिलो चरणको राहत वितरण कार्य सम्पन्न गरेको उपशाखा १०,११ का विपद ब्यबस्थापन समितिका सँयोजक रिता आचार्यले जानकारी दिनुभयो। कार्यक्रममा तमुसमाज युकेका उपाध्यक्ष शिवचन्द्र गुरुङ को प्रमुख अतिथ्यतामा सम्पन्न राहत वितरण कार्यक्रमा युके देखि गाउँ गाउँसम्म राहत वितरण गर्ने प्रतक्ष नेपाली र भुकम्प पिडितको समस्या बुझन अबसर पाउदा दुख र हर्ष दुवै लागेकोमा उपशाखा १०,११ ले यस कार्यमा बिशेष भूमिका निर्बाह गरि सहयोग गरेकोमा धन्यवाद दिनुहुदै आउदा दिनमा समेत नेपालीलाई पर्ने हरेक समस्यामा सहयोग गर्ने तयार रहेको बताउनु भयो।

समाधान दैनिक पत्रिका बाट संक्षेपमा शाभार गरिएको।

Previous तमु समाज यु के को राहत वितरण कार्यक्रम को दोस्रो दिन लम्जुङ्ग जिल्ला को बन्सार हिले टक्सार गा बि स मा सम्पन्न। with short video coverage.
Next Help for Nepal (Nepal Earthquake Victims donation collection updated list of donors as of 20 June 2015)