तमु समाज युकेको १८औं वार्षिक साधारण सभा ३१ मे २०२५, शनिबारका दिन ह्यारो रोड, बारहम पार्क, वेम्बलीस्थित तमु समाज युकेको सामुदायिक भवनमा आयोजना हुने भएको छ।
उक्त साधारण सभामा कार्यसमितिका विभिन्न तहका पदाधिकारीज्यूहरु, संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, आमा समूहका अध्यक्ष ज्यू, पूर्व अध्यक्ष ज्यूहरु, युवा समूहका अध्यक्ष ज्यू ,तथा निवर्तमान अध्यक्ष ज्यू, आमा समूहका र युवा समूहका कार्यसमितिका पदाधिकारि ज्यूहरु तथा सम्पूर्ण आजीवन सदस्यज्यूहरु, युवा भाई बहिनीहरुलाई उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौं।
सभामा तमु समाज युकेको वर्षभरिका उपलब्धिहरुका बारेमा महासचिवद्वारा तयार पारिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरिनेछ। साथै, कोषाध्यक्ष तथा लेखा समितिले तयार गरेको लेखापरीक्षण प्रतिवेदन/ मौज्दात प्रतिवेदन पनि प्रस्तुत गरिने छ।
उक्त प्रतिवेदनहरुमाथि भएका आय–व्यय तथा समाजले गरेका सफलता र कमीकमजोरीहरुको समीक्षा, भावी योजनाको तयारी साथै तमु संस्कार, संस्कृति, भाषा, भेषभूषा र युवा पुस्तामा पुस्तान्तरण र सामाजिक सेवामा समाजले खेल्नुपर्ने भूमिकाका विषयमा आफ्नो महत्वपूर्ण राय, सल्लाह र सुझावहरु राखी समाजलाई सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं। सभाहुने मिति, समय र स्थान निम्न अनुसार छन।
मिति : ३१ मे २०२५
समय: बिहानको १० बजे देखि सुरुहुनेछ।
स्थान: तमु समाज युके सामुदायिक भवन बारहम पार्क वेम्बली सडबरि
660 Harrow Road Barham Park Wembley Sudbury
HA0 2HB
साथै, सभालाई भव्य र सभ्य तरिकाले सफल पार्न सबैको सहयोग र सहभागिता अपेक्षित छ।
बिन्दु कुमारी गुरुङ घले
अध्यक्ष, तथा कार्यसमितिका पदाधिकारि तमु समाज युके